खेल शुरु हुन बाँकी समय

VS

खेल शुरु हुन बाँकी समय

VS

खेल शुरु हुन बाँकी समय

VS

खेल तालिका

View Full Fixture

ब्राजिल

ब्राजिल
एजेन्सी । ब्राजिल आफैँ फुटबलको बादशाहको रुपमा परिचित छ । अहिलेसम्म ब्राजिलले ५ पटक विश्वकपको उपािध उचालेको छ ।
अहिलेसम्म विश्वकपको उपाधि उचाल्नेमा ब्राजिलपछि जर्मनी र इटालीले समान ४–४ पटक जितेका छन् । त्यस्तै, अजेर्जेन्टिना र उरुग्वेले समान २—२, स्पेन, फ्रान्स र इंग्ल्याण्डले १—१ पटक विश्वकप जितेका छन् ।
ब्राजिलले विश्वकपको २१ औं संस्करणसम्म आइपुग्दा सन् १९५८, १९६२, १९७०, १९९४ र २००२ गरी ५ पटक विश्वकपको उपाधि उचालेको छ । सन् १९५० मा ब्राजिलले विश्वकप आयोजना गर्ने अवसर पाएको थियो । जुन विश्वकपमा उरुग्वेसँग २–१ ले पराजित हुँदै उपाधि रक्षा गर्ने अवसर गुमाएको थियो ।
विभिन्न समयमा ब्राजिललाई विश्वकपको उपाधि दिलाउन स्टार खेलाडीहरुले उत्कृष्ट योगदान दिएका थिए । विश्वकप १९५८ मा पेलेले ६ गोल गरे भने अर्का स्टाइकर भाभाले ५ गोल गर्दै ब्राजिललाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए ।
ब्राजिलले अहिलेसम्म सबै विश्वकप खेलेको छ । जसमा अहिलेसम्म ब्राजिल ११ पटक सेमिफाइनल पुगेको छ । ५ पटक विश्वकप जित्दा २ पटक उपविजेता, २ पटक तेस्रो र २ पटक नै चौथो भएको छ । त्यस्तै, ९ पटक भने विश्वकपको समूह चरणबाटै बाहिरिएको छ ।
ब्राजिलको बर्तमान राष्ट्रिय टिममा युवा खेलाडी धेरै छन् । यसवर्ष ब्राजिलियन स्टाइकर नेयमारलाई मुख्य खेलाडीका रुपमा हेरिएको छ ।
ब्राजिल विश्वकपका लागि कोस्टारिका, सर्बिया र स्वीट्जरल्याण्डसँगै समूह ‘ई’ मा छ ।

ब्राजिल टिम
गोलरक्षक – एलिसन, एण्डर्सन, कासिओ
डिफेन्डर – डानिलो, फाग्नर, मार्सेलो, फिलिप लुइस, थिएगो सिल्भा, माक्र्युइनहोस, मिरान्डा, पेड्रो गेरोमेल
मिडफिल्डर – कासेमिरो, फरनान्डिन्हो, पाउलिन्हो, फ्रेन्च, रेनाटो अगस्टो, फिलिप कोन्टिन्हो, विलियन, डुग्लस कोस्टा
फरवार्ड – नेयमार, टाइसन, गाब्रिएल जिसस, रोबर्टो फिरमिनो

 

प्रतिकृया दिनुहोस

ताजा भिडियो