अर्जेन्टिना

अर्जेन्टिना
८८ वर्षे विश्वकपको इतिहासमा अर्जेन्टिनाले सन् १९७८ र सन् १९८६ मा गरी दुई पटक विश्वकपको उपाधि उचालेको छ । विश्वकपमा दुई पटक अर्जेन्टिनाले विश्वकप जित्दा तीन पटक उपविजेता बनेको छ ।
तीन पटक उपविजेता हुँदा दुई पटक फाइनलमा जर्मनीसँग अर्जेन्टिना पराजित भएको छ । त्यस्तै, एक पटक भने सन् १९३० मा भएको विश्वकपमा उरुग्वेसँग पराजित हुँदै उपविजेतामा चित्त बुझाएको अर्जेन्टिनासँग तितो इतिहास छ । विश्वकपको २१ औं संस्करणसम्म आइपुग्दा १८औं पटक अर्जेन्टिना विश्वकपमा सहभागि भईसकेको छ । अर्जेन्टिनाको यो १९ औं सहभागिता हो ।
अर्जेन्टिनाले पहिलो पटक सन् १९७८ मा विश्वकपको आयोजना गर्ने अवसर पाएको थियो । यही विश्वकपको उपाधि अर्जेन्टिनाले उचाल्दै आफ्नो इतिहास बनाएको थियो । सन् १९८६ मा मेक्सिकोमा भएको विश्वकपको उपाधि जर्मनीलाई पराजित गर्दै अर्जेन्टिनाले दोस्रो पटक उपाधि उचालेको थियो ।

अर्जेन्टिना टिम
गोलरक्षकः सर्जियो रोमेरो, विलि कबाल्लेरो र फ्रान्स्को अर्मानी
डिफेन्डरः जाभियर मासिरानो, गाब्रिएल मेर्काडो, निकोलस ओकामेन्डी, फेड्रिको फजियो, मार्कुस रोजा, निकोलस ताग्लियाफिको, मार्कुस अकुना र क्रिस्टियन अन्सल्डी
मिडफिल्डरः म्यानुएल लान्जिनी, म्याक्सीमिलानो मेजा, लुकास बिग्लिया, इभर बेनेगा, जियोभानो लो सेल्सो, एन्जल दि मारिया, क्रिस्टियन पाभोन र इडुर्वाडो साल्भियो
फरवार्डः कप्तान लियोनल मेस्सी, सर्जियो अग्युरो, पाउल डिबला र गोन्जालो हिगुईन

 

प्रतिकृया दिनुहोस

ताजा भिडियो