खेल शुरु हुन बाँकी समय

VS

खेल शुरु हुन बाँकी समय

VS

खेल शुरु हुन बाँकी समय

VS

खेल तालिका

View Full Fixture

उरूग्वे

विश्वकपमा उरुग्वे
एजेन्सी । सन् १९३० को पहिलो संस्करणको विश्वकप फुटबल आयोजना गरेको उरुग्वे पहिलो एतिहासिक विश्वकपको ट्रफि उचाल्दै इतिहास बनाएको थियो । अहिलेसम्म उरुग्वेले १२ औं पटकसम्म विश्वकप खेलिसकेको छ भने यो उरुग्वेको १३औं विश्वकप हो ।
पहिलो विश्वकपको उपाधि अर्जेन्टिनालाई ४–२ गोलअन्तरले पराजित गर्दै जितेको थियो । समुह चरणको खेलमा उरुग्वेले पेरुलाई १—० र रोमानियालाई ४—० गोल अन्तरले पराजित गर्दै सेमिफाइनल पुगेको थियो । सेमिफाइनलमा उरुग्वेले युगोश्लाभियालाई ६—१ गोलले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो ।
दोस्रो विश्व युद्धपछि पुन १९५० मा ब्राजिलमा भएको चौथो विश्वकपको उपाधि पुनः एक पटक उरुग्वेले जित्न सफल भयो । आयोजक ब्राजिललाई २–१ गोलअन्तरले पराजित गर्दै विश्वकपको ट्रफि चुमेको थियो ।
त्यसपछि उरुग्वेले सन् १९५४, १९७० र २०१० मा उरुग्वे सेमिफाइनल पुग्दै चौथो भएको छ भने १९६६ मा क्वारफाइनलसम्मको यात्रा उरुग्वेले गरेको छ । सन् १९८६, १९९० र २०१४ मा अन्तिम १६ मा पुग्न सकेपनि सन् १९६२, १९७४ र २००२ को विश्वकपमा भने उरुग्वे समूह चरणबाटै बाहिरिएको थियो ।
उरुग्वे अहिले निकै लयमा रहेको छ । लुईस स्वारेज, इडिसन काभनी जस्ता विश्व चर्चित खेलाडीको बाहुल्यता रहेको उरुग्वे बलियो टिम हो ।
उरुग्वेको टिम
गोलरक्षकः  मार्टिन क्याम्पाना, फर्नान्डो मुस्लेरा, मार्टिन सिल्भा
डिफेन्डरः मार्टिन कासिरेस, सेबास्टिएन कोएटेस, जोसे मारिया गिमिनेज, डिएगो गोडिन, म्याक्सिमिलिएनो परेइरा, ग्यासटन सिल्भा, गुइलेर्मो भारेला रहेका छन् ।
मिडफिल्डरः जियोर्जियन डी एर्रास्काएटा, रोड्रिगो बेनटान्कुर, डिएगो लाक्साल्ट, नाथिटन नान्डेज, क्रिष्टिएन रोड्रिगुएज, कार्लोस सान्चेज, लुकास टोरेइरा, माटिएस वेकिनो, जोनथान उरेटाविस्काया
फरवार्डः इडिसन काभनी, म्याक्सिमिलिएनो गोमेज, लुइस स्वारेज, क्रिस्थिएन स्टुएनी

 

प्रतिकृया दिनुहोस

ताजा भिडियो