खेल शुरु हुन बाँकी समय

VS

खेल शुरु हुन बाँकी समय

VS

खेल शुरु हुन बाँकी समय

VS

खेल तालिका

View Full Fixture

स्वीट्जरल्यान्ड

स्वीट्जरल्याण्ड
एजेन्सी । स्वीट्जरल्याण्ड विश्वकपका लागि नयाँ टिम होइन तर, रसिया विश्वकपमा स्वीजरल्याण्डका नागरिकको अपेक्षा भने ठूलो छ ।
दश पटक विश्वकप खेलेको स्वीजरल्याण्डले अहिलेसम्म खासै ठूलो उपलब्धी भने हासिल गर्न सकेको छैन । यो स्वीट्जरल्याण्डको ११औं विश्वकप हो । सन् १९३४ र १९३८ मा भएको विश्वकपमा लगातार दुई पटक क्वाटरफाइनलमा पुगेको स्वीट्जरल्याण्ड सन् १९५४ मा आफैले आयोजना गरेको विश्वकपको क्वाटरफाइनलमा पुगेको थियो ।
सन् १९३४ मा इटालीले आयोजना गरेको विश्वकपको समूह चरणको खेलमा स्वीट्जरल्याण्डले नेदरल्याण्ड्सलाई ३—२ गोलले पराजित गरेको थियो । क्वाटरफाइनल खेलमा स्वीट्जरल्याण्ड चेकोस्लोभाकियासँग ३—२ गोल अन्तरले पराजित भएपछि विश्वकपबाट बाहिरिएको थियो ।
सन् १९३८ मा फ्रान्सले आयोजना गरेको विश्वकपको क्वाटरफाइनल खेलमा स्वीट्जरल्याण्ड हंगेरीसँग २—० ले पराजित भएएको थियो ।
सन् १९५०, १९६२, १९६६ र २०१० मा स्वीट्जरल्याण्ड समुह चरणबाटै बाहिरिएको थियो ।
स्वीट्जरल्याण्ड अहिलेसम्म ३ पटक अन्तिम १६ बाट बाहिरिएको थियो । सन् १९९४, २००६ र २०१४ गरी तीन पटक अन्तिम १६ सम्म पुगेको थियो ।

विश्वकपको लागि स्वीट्जरल्याण्ड टिम
गोलरक्षकः रोमन ब्युर्की, युभोन मोभ्गो, यान्न सोम्मेर
डिफेन्डरः म्यानुअल अकाञ्जी, जोहान ड्युज्युरोउ, निको इल्भेडी, माइकल लाङ, स्टेफेन लिचेस्टेनर, ज्याक्युज फ्रान्कोइस मौबन्दजे, रिकार्डो रोड्रिग्युज, फासबयन स्चेअर
मिडफिल्डरः  भालोन बेह्रामी, बेलेरिम जेमाइली, गेल्सन फर्नान्डेज, रेमो फ्युलर, छेरदान साक्युरी, ग्रानिट हाका, स्टेभन जुबेर, डेनिस जाकारिया
फरवार्डः  जोसिप डर्मिक, ब्रिल इम्बोलो, मारियो गाभ्रानोभिच, हरिस सेफेरोभिक

 

प्रतिकृया दिनुहोस

ताजा भिडियो