स्वीडेन

स्वीडेन
एजेन्सी । स्वीडेन विश्वकप खेल्ने राष्ट्रमध्येका पुरानो टिममै गनिन्छ । सन् १९३४ देखि विश्वकप खेल्न थालेको स्वीडेनले अहिलेसम्म ११ पटक विश्वकप खेलिसकेको छ भने यो स्वीडेनको १२ औं विश्वकप हो ।
स्वीडेनले पहिलो पटक विश्वकप सन् १९३४ मा खेलेको थियो । डेब्यु विश्वकपमा नै स्वीडेन क्वाटरफाइनलमा पुगेको थियो । तर क्वाटरफाइनलमा स्वीडेनको बाधक जर्मनी भएको थियो । सन् १९३८ र १९५० को विश्वकपमा भने स्वीडेनले सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो । १९३८ को सेमिफाइनलमा स्वीडेन हंगेरीसँग ५–१ गोलअन्तरले पराजित भएको थियो भने १९५० को विश्वकपमा उरुग्वेसँग ३–२ गोलअन्तरले पराजित भएको थियो ।
सन् १९५८ को विश्वकको आयोजना गर्ने सुनौलो अवसर पाएको स्वीडेनले यो विश्वकपमा भने फाइनलसम्मको यात्रा तय गरेको थियो । तर फाइनलमा ब्राजिलसँग ५–२ गोलअन्तरले पराजित हुदै स्वीडेनको उपाधि जित्ने सपना सकिएको थियो । त्यसपछि सन् १९९४ मा अमेरिकामा भएको विश्वकपमा स्वीडेनले सेमिफाइनसम्मको यात्रा पार गर्दै तेस्रो भएको छ ।
सन् १९९८ मा स्वीडेन विश्वकपमा छनौट हुन सकेन । त्यसैगरी, सन् २००२ र २००६ मा विश्वकपको अन्तिम १६ सम्म पुगेको थियो । यद्यपी सन् २०१० र २०१४ को विश्वकपमा भने स्वीडेन छनोट हुन सकेन ।
स्वीडेन टिम
गोलरक्षकः रोबिन ओल्सेन, कार्ल जोहान जोनसन, क्रिस्टोफर नोर्डफेल्डीट
डिफेन्डरः मकाइल लुस्टिग, भिक्टोर लिन्डेलोफ, आन्ड्रेस ग्रान्भिस्ट, मार्टिन ओल्सन, लुड्विग अगस्टिनसन, फिलिप हेलान्डेर, इमाइल क्राफ्थ, पोन्टुस जनसन
मिडफिल्डरः सेबस्टिएन लार्सन, अल्बिन एक्डल, इमाइल फार्सबर्ग, गुस्ताभ स्भेनसन्, ओस्कार हिल्जेमार्क, भिक्टोर क्लाइसन, मार्कस रोहडेन, जिम्मी डुर्माज
फरवार्डः मार्कस बर्ग, जोन गुइडेटी, ओला तोइभेनेन, इस्साक केइसे थेलिन

 

प्रतिकृया दिनुहोस

ताजा भिडियो