अष्ट्रेलिया

अष्ट्रेलिया
एजेन्सी । अष्ट्रेलियाको जति नाम छ त्यति विश्वकपमा उपस्थिति छैन । विश्वकपको २०औं संस्करणको समाप्तिसम्म अष्ट्रेलियाले ४ पटक विश्वकप खेलेको छ भने १ पटक मात्रै समूह चरण पार गरेको तितो इतिहास छ ।
एसिया महादेशबाट विश्वकप खेल्ने ५ राष्ट्रमध्ये एक हो अष्ट्रेलिया । अष्ट्रेलियाले सन् १९७४ मा जर्मनीमा भएको विश्वकपदेखि सहभागिता जनाएको हो । तर अष्ट्रेलियाले आफ्नो डेब्यु खेलमा समूह चरण पनि पार गर्न सकेन ।
पहिलो पटक विश्वकपमा १९७४ मा सहभागिता जनाएको अष्ट्रेलियाले दोस्रो पटक विश्वकपमा छनोट हुनका लागि ३२ वर्ष कुर्नु परेको थियो । अष्ट्रेलियाले सन् २००६ मा जर्मनीमा भएको विश्वकपमा दोस्रो पटक खेलेको थियो । यो विश्वकपमा भने जर्मनीले समूह चरण पार गर्दै अन्तिम १६ सम्म स्थान बनाएको थियो । तर प्रिक्वारफाइनलमा अष्ट्रेलिया इटालीसँग १–० गोलअन्तरले पराजित हुदै विश्वकपबाट बाहिरिएको थियो ।
अष्ट्रेलियाले सन् २०१० र २०१४ को विश्वकप खेलेपनि समूह चरणमै सीमित रहेको थियो ।
विश्वकपका लागि अष्ट्रेलिया टिम
गोलरक्षकः ब्राड जोन्स, म्याट रियान, डेनी भुकोभिक
डिफेन्डरः अजिज बेहिच, मिलोस डेगेनेक, म्याथ्यु जुर्मान, जेम्स म्यारेडिथ, जोश रिसडन, जोश रिसडोन, टे«न्ट साइनब्युरी
मिडफिल्डरः ज्याक्सन इर्भिने, माइल जेडिनक, रोवी क्रुशे, मेसिमो ल्युओङगो, मार्क मिलिगन, आरोन मोय, टोम रोजिक, टिम काहिल
फरर्वाडः डेनियल अर्जानी, टोमी जुरिक, माथ्यु लेक्की, एन्ड्रेव नबौट, डिमित्री प्याट्राटोस, ज्यमाइ म्याक्लेरेन

 

प्रतिकृया दिनुहोस

ताजा भिडियो