स्पेन

स्पेन
एजेनसी । स्पेनको विश्वकपमा इतिहास भने पुरानै छ । इटालीमा सम्पन्न भएको दोस्रो विश्वकप सन् १९३४ देखि सहभागिता जनाएको स्पेनले अहिलेसम्म १ पटक मात्रै विश्वकपको उपाधि उचालेको छ ।
विश्वकपमा पहिलो पटक स्पेनले सहभागिता जनाउँदा स्पेनले आफ्नो उपस्थिती बलियो देखाएको थियो । विश्वकपको पहिलो खेलमा ब्राजिललाई ३—१ गोल अन्तरले पराजित गरेको थियो । क्वाटरफाइनलमा इटालीसँग १—० गोलले पराजित भएपछि खेलबाट बाहिरिएको थियो ।  सन् १९३८ मा विश्वकपमा भने स्पेन छनोट हुन सकेन । दोस्रो विश्व युद्धको कारण १२ वर्षपछि सन् १९५० मा ब्राजिलमा सम्पन्न विश्वकपमा स्पेन चौथो भएको थियो ।
स्पेनले समूह चरणमा अमेरिकालाई ३—१ ले, चिलीलाई २—० ले र इंग्ल्याण्डलाई १—० गोलअन्तरले पराजित गरेको थियो ।
फाइनल राउण्डमा भने स्पेन उरुग्वेसँग २—२ गोलको बराबरीमा रोकिएनपनि ब्राजिलसँग ६—१ र स्वीडेनसँग ३—१ गोलअन्तरले पराजित भएको थियो । सन् १९५४ र १९५८ को विश्वकपमा भने स्पेन छनोट हुन सकेन । सन् १९६२ र १९६६ मा समूह चरणबाटै बाहिरिएको स्पेन १९७० र १९७४ मा पुनः छनोट हुन सकेन ।
सन् १९८२ को विश्वकप भने स्पेनले पहिलो पटक आयोजना गर्न पाए । आफ्नै भूमिमा भएको विश्वकपमा स्पेन दोस्रो चरणभन्दा माथि पुग्न सकेन । सन् १९८६ को विश्वकपमा भने स्पेनले क्वाटरफाइनलसम्मको यात्रा तय ग¥यो तर क्वाटरफाइनलमा बेल्जियमसँग पेनाल्टी सुटआउटमा ५–४ ले हार्दै विश्वकपबाट बाहिरिएको थियो ।
सन् १९९० मा अन्तिम १६ सम्म पुगेको स्पेनको विश्वकप यात्रा सन् १९९४ को मा भने फेरी क्वाटरफाइनलमै सीमित बन्यो । यसबेला स्पेन क्वाटरफाइनलमा इटालीसँग २–१ गोलको सिकार बनेको थियो ।
१९९८ को विश्वकपमा समूह चरणबाटै बाहिरिएको स्पेन २००२ को विश्वकपमा फेरी क्वाटरफाइनल मै पराजित हुन पुगेको थियो । यसपटक भने आयोजक दक्षिण कोरियासँग पेनाल्टी सुटआउटमा ५–३ गोलअन्तरले पराजित हुँदै स्पेन क्वाटरफाइनलबाट बाहिरिएको थियो । सन् २००६ मा जर्मनीमा भएको विश्वकप समूह चरण पार गर्न नसकेको स्पेन अन्ततः २०१० को भने उपाधि चुम्न सफल भयो । यस पटक भने फाइनलमा नेदरल्याण्ड्सलाई १–० गोलअन्तरले पराजित गर्दै स्पेनले इतिहास रचेको थियो । यो खेलमा नायक बनेका थिए सन्यासको संघारमा रहेका आन्ड्रेस इनिएस्टा । उनकै गोलमा स्पेनले उपाधि चुमेको थियो ।

सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपमा भने स्पेन समूह चरणबाटै बाहिरिएको थियो ।

स्पेनिस टोली
गोलकिपरः  डेभिड डि गेय, केपा एरिजोलागा, पेपे रिना
डिफेन्डरः डेनी कार्भजल, एल्भारो ओड्रिओजोला, जेरार्ड पीके, सर्जिओ रमोस, नाचो फर्नान्डेज, सेसर एज्पिलिक्युटा, जर्डी अल्वा, नाच मोनरियल
मिड्फिल्डरः सर्जियो बस्वेट्स, साउल निगुएज, आन्ड्रेस इनिएष्ट्रा, थिएगो अल्बान्टारा, इस्को, मार्को एसेन्सिओ, डेभिड सिल्भा र कोके
फरवार्डः लुकास भिक्वेज, डिएगो कोष्टा, रड्रिगो, लेगो एस्पास

 

प्रतिकृया दिनुहोस

ताजा भिडियो