सर्बिया

सर्विया
सर्वियाको विश्वकप इतिहास युगोस्लोभाकियासँग जोडेर हेर्न सकिन्छ । लामो समय युरोपियन देश युगोस्लाभाकियाको पूर्ण प्रभावमा थियो सर्विया । युगोस्लाभाकिया सन् १९३० को पहिलो विश्वकपदेखि नै खेल्न थालेको हो ।
पहिलो विश्वकपमा युगोस्लोभाकिया सहभागि हुँदा सन् १९६२ मा सेमिफाइनल  प्रवेश गरेको थियो । सम्म पुगेको थियो भने विश्वकपका सन् १९३० देखि सन् १९९० सम्मका ७ विश्वकप संस्करण सर्बीयाले युगोस्लोभाकियासँग हुँदा नै खेलिसकेको थियो ।
सन् १९९२ मा युगोस्लाभाकियाबाट सर्बीया र मोन्टेनेग्रो छुट्टीएपछि सर्बीया मोन्टेनेग्रो नाम राखेर एकता भएको थियो ।
सर्विया मोन्टेनेग्रोले सन् १९९८ फ्रान्सले आयोजना गरेको विश्वकपमा सहभागि भएको थियो । सन् २००६ को जर्मनीले आयोजना गरेको विश्वकपमा छनौट भएपनि सर्विया सर्विया मोन्टेनेग्रो समुह चरणबाटै बाहिरिएको थियो ।
सर्बिया आफै स्वायत्त भएपछि सर्बियाले सन् २०१० दक्षिण अफ्रिकाले आयोजना गरेको विश्वकप खेलेको थियो भने समुह चरणबाटै बाहिरिएको थियो । सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपमा छनौट हुन नसकेको सर्विया रसिया विश्वकपमा भने राम्रो प्रदर्शन गर्ने दाउमा छ ।

विश्वकपको लागि सर्विया टिम
गोलरक्षकः भ्लादिमिर स्टोज्कोभिक, पेड्र्याग राजकोभिक, मार्को मिट्रोभिक
डिफेन्डरः एलेक्सजेन्डर कोलारोभ, ब्रानिस्लाभ इभानोविच, दुस्को तोसिक, एन्टोनियो रुकाभेना, मिलोस भेलज्काविच, मिलन रोडिक
मिडफिल्डरः नेमाञ्जा माटिक, लुका मिलिभोजेभिक, सेर्गेज मिलिनकोभिक सेभिक, मार्को ग्युजिक, आडम ल्जाजिक, दुसान टाडिक, फिलिप कोस्टिक, एन्ड्रिज जिभकोभिक, नेमन्जा राडोन्जिक
स्ट्राइकरः एजेक्जेन्डर मिट्रोभिक, एलेक्जेन्डर प्रिजोभिक, लुका जोभिक

 

प्रतिकृया दिनुहोस

ताजा भिडियो