खेल शुरु हुन बाँकी समय

VS

खेल शुरु हुन बाँकी समय

VS

खेल शुरु हुन बाँकी समय

VS

खेल तालिका

View Full Fixture

सेनेगल

सेनेगल
एजेन्सी । अफ्रिकन मुलुक सेनेगलको रसिया विश्वकप दोस्रो हो । यसअघि सन् २००२ मा विश्वकप फुटबल खेलेको सेनेगल क्वाटरफाइनलसम्म पुगेको थियो ।
सेनेगलले आफ्नो डेब्यु विश्वकपमा नै तहल्का मचाएको थियो । जापान र दक्षिण कोरियाले संयुक्तरुपमा आयोजना गरेको विश्वकपको क्वाटरफाइनलसम्म पुग्नु सेनेगलको लागि इतिहासकै ठूलो उपलब्धि थियो ।
समुह चरणको पहिलो खेलमा फ्रान्सलाई १—० गोलले पराजित गरेको सेनेगलले दोस्रो खेलमा डेनमार्कसँग १—१ को बराबरी खेलेको थियो । समुह चरणको अन्तिम खेलमा उरुग्वेसँग भने ३—३ गोलको बराबरी खेल्दै अन्तिम १६ मा प्रवेश गरेको थियो । अन्तिम १६ को खेलमा सेनेगलले स्वीडेनलाई २—१ गोलले पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेको थियो । क्वाटरफाइनल खेलमा सेनेगल टर्कीसँग १—० गोलले पराजित भएपछि विश्वकपको अगाडीको यात्रा समाप्त भएको थियो ।
१६ वर्षपछि पुनः विश्वकप खेल्न लागेको सेनेगल २००२ कै जस्तो दमदार प्रदर्शन गर्ने लक्ष्यमा रहेको छ ।

सेनेगल
गोलरक्षकः खाडिम डियाए, अब्दौलाय डियलो, अफ्रेड गोमिस
डिफेन्डरः कारा मोबोड्जी, कालिडौै कौलिबाली, मौसा वेग, सालिउ किस, युसौफ सबाली, लमिन गासामा
मिडफिल्डरः बडौ डियाए, इड्रिसा गुएई, चेइखौ कौयट, चेख डोय, सलिफ सेन, अफ्रेड डियाए
फरवार्डः मौसा सोव, सडिओ मान, कैटा बाल्डे डिएओ, मौसा कोनट, इस्माइला सर, डिएफ्रा सखो, माम बिराम, बए नियाङ

 

प्रतिकृया दिनुहोस

ताजा भिडियो