साउदी अरब


एजेन्सी । साउदी अरब फुटबलमा एसिया महादेशको पावर हाउस जस्तै हो । विश्वकपमा साउदी अरबको उदय निकै पछि भएको हो ।
अमेरिकामा सम्पन्न सन् १९९४ को विश्वकपमा साउदी अरबले पहिलो पटक सहभागिता जनाएको थियो । विश्वकपमा डेब्यु गरेकै बेला साउदी अरब अन्तिम १६ सम्म पुग्न सफल भएको थियो । विश्वकपमा साउदी अरबको अहिलेसम्मको सबैभन्दा ठूलो सफलता नै त्यहि हो ।
त्यो विश्वकपमा साउदी अरबले समूह चरणको खेलमा बेल्जियमलाई १–० र मोरोक्कोलाई २–१ गोलअन्तरले पराजित गरेको थियो । तर नेदरल्याण्ड्ससँग २–१ गोलअन्तरले साउदी अरब पराजित भएपनि विश्वकपको प्रिक्वाटरफाइनलमा प्रवेश गरेको थियो ।
प्रिक्वाटरफाइनलको खेलमा स्वीडेनसँग ३–१ गोलअन्तरले पराजित हुँदै विश्वकपबाट बाहिरिएपनि मुस्लिम राष्ट्र साउदी अरबले उत्कृष्ट प्रदर्शन गर्दै सबैको ध्यान तानेको थियो ।
त्यसपछि सन् साउदी अरब लगातार तीन विश्वकपमा छनोट भएको थियो । सन् १९९८, २००२ र २००६ मा भएको विश्वकपमा साउदी अरब छनोट भएको थियो । यद्यपी यी तीन विश्वकपमा भने साउदी अरब समूह चरणबाटै बाहिरिएको थियो ।
त्यसपछिका २०१० मा दक्षिण अफ्रिकामा र २०१४ ब्राजिलमा भएको विश्वकपमा भने साउदी अरब छनोट हुन सकेन ।
साउदी अरबलाई फेरी एउटा राम्रो अवसर मिलेको छ । सन् १९९४ को आफ्नो इतिहासलाई तोड्ने । त्यसो त साउदी अरब समूह ए मा रहेको छ भने यो समूह तुलनात्मक रुपमा अन्य समूह भन्दा सजिलो छ । यो समूहमा आयोजक रसियासँगै साउदी अरब, इजिप्ट र उरुग्वे रहेका छन् ।
साउदी अरब
गोलरक्षकः मोहम्मद अल ओवाइस, यसेर अल मोासाइलिम, अब्दुल्लाह अल मायोफ
डिफेन्डरः मन्सौर अल हर्बी, यासिर अल शाह्रनी, मोहम्मद अल्बुर्याक, मोटाज हवसवी, ओसामा हवसवी, ओमर ओथम्यान, अली अल्बुलायी
मिडफिल्डरः अब्दुल्लाह अल्खैबरी, अब्दुलमलेक अल्खैबरी, अब्दुल्लाह ओतिफ, तेइसिर अल जासम, हुसेन अल मोह्वी, सलमान अल फराज, मोहम्मद कानो, हतन बाहेब्री सलेम अल दव्शरी, याहिय अल साह्री
फरवार्डः  मोहम्मद अल सह्लावी, मोहम्मद असेरी, फहाड अल मुवालाड

 

प्रतिकृया दिनुहोस

ताजा भिडियो