खेल शुरु हुन बाँकी समय

VS

खेल शुरु हुन बाँकी समय

VS

खेल शुरु हुन बाँकी समय

VS

खेल तालिका

View Full Fixture

रसिया


एजेन्सी । पहिलो पटक विश्वकप फुटबलको आयोजना गर्न लागेको रसिया फुटबलमा अगाडि रहेको राष्ट्र होइन । न त रसियाले फुटबलको ठूला प्रतियोगिता नै जितेको छ, न फुटबलमा कुनै फड्को नै मारेको छ तर, यसपटक भने विश्वकप फुटबलको सफल आयोजना गर्दै इतिहास बनाउने सुरमा छ ।
यसअघिका विश्वकपमा रसियाको उपस्थिति निरासाजनक रहेको थियो भने कुनै खेलमा त सहभागिता मात्रै जनाएको जस्तो देखिएको थियो । तर, २०१८ को विश्वकप फुटबलको आयोजना गर्ने हिम्मत राख्दै फुटबलको कुम्भ मेला सफल पार्ने योजनामा देखिएको छ । यो रसियाको लागि ऐतिहासिक काम हुनेछ ।
७ पटक विश्वकप खेलेको रसिया सन् १९६६ मा इंग्ल्याण्डमा सम्पन्न भएको विश्वकपको सेमिफाइनलसम्म पुगेको थियो । त्यो पनि सोभियत संघको हैसियतमा रहँदै । त्यसपछिको विश्वकपका खेलमा भने रसियाले राम्रो प्रदर्शन गर्न सकेको छैन ।
सात पटक विश्वकपको यात्रा पार गर्दा रसिया तीन पटकसम्म क्वाटरफाइनल पुगेको छ ।
सन् १९५८ मा स्वीडेनले विश्वकप फुटबलको आयोजना गर्दा यसै विश्वकपदेखि रसियाले डेब्यु गरेको थियो । समूह चरणको खेलमा निकै दमदार प्रदर्शन गरेको त्यसबेलाको सोभियत युनियनले अष्ट्रियालाई २–० ले पराजित गरेको थियो भने प्ले अफको खेलमा इंग्ल्याण्डलाई १–० गोलले पराजित गर्दै सोभियत युनियन क्वाटरफाइनलमा आयोजक स्वीडेनसँग २–० गोलअन्तरले पराजित हुदै विश्वकपबाट बाहिरिएको थियो ।
त्यस्तै, सन् १९६२ मा  चिलीमा सम्पन्न भएको विश्वकपमा पनि सोभियत युनियन क्वाटरफाइनलसम्म पुगेको थियो । क्वाटरफाइनलमा चिलीसँग २–१ गोलअन्तरले पराजित हुदै बाहिरिएको थियो ।
सन् १९६६ को विश्वकपमा भने सोभियत युनियन सेमिफाइनलसम्म पुगेको थियो । सेमिफाइनलमा जर्मनीसँग २–१ गोलअन्तरले पराजित हुदै विश्वकपबाट बाहिरिएको थियो ।
सन् १९९१ मा सोभियत युनियन विघटन भएर रसिया भएको हो । १९९४ को विश्वकपमा समूह चरण पनि पार गर्न नसकेको रसियाले १९९८ को फ्रान्स विश्वकपमा भने छनोट हुन सकेन । सन् २००२ मा भएको विश्वकप खेलेको रसिया पुनः २००६ र २०१० मा छनोट हुन असफल बनेको थियो ।
सन् २०१४ को विश्वकप खेले पनि समूह चरण पार गर्न नसकेको रसिया २०१८ को विश्वकप भने आफैले आयोजना गर्दैछ ।

रसिया टिम
गोलरक्षकः इगोर एकिनफिभ, भ्यादिमिर गाबुलोभ, आन्ड्रेय लुनेभ
डिफेन्डरः भ्लादिमिर ग्रानट, फेदर कुड्र्रयासोभ, इल्या कुतेपोभ, आन्ड्रेय सेमेनोभ, इगोर स्मोलनिकोभ, सेर्जिई इग्नाशेभिच, मारियो फर्नान्डेज
मिडफिल्डरः युरी गाजिन्सकी, एलेक्जेन्डर गोलोभिन, एलन जागोएभ, एलेक्जेन्डर एरोखिन, युरी झिर्कोभ, दालेर कुजएभ, रोमन जोबनिन, एलेक्जेन्डर सामेडोभ, एन्टन मिरान्चुक, डेनिस चेरिसेभ
स्ट्राइकरः आर्टिम ज्युबा, एलेस्की मिरान्चुक, फेडर स्मोलोभ

 

प्रतिकृया दिनुहोस

ताजा भिडियो