खेल शुरु हुन बाँकी समय

VS

खेल शुरु हुन बाँकी समय

VS

खेल शुरु हुन बाँकी समय

VS

खेल तालिका

View Full Fixture

पोल्याण्ड

पोल्याण्ड
एजेन्सी । सात पटक विश्वकप खेलेको पोल्याण्ड दुई पटकको विश्वकपमा सेमिफाइनल प्रवेश गरेको छ । सन् १९३८ को विश्वकपमा पहिलो पटक छनौट भएको पोल्याण्ड सन् १९७४ र १९८२ गरी दुई पटक तेस्रो भएको छ ।
पोल्याण्ड १९३८ मा फ्रान्सले आयोजना गरेको विश्वकपमा पोल्याण्ड पहिलो राउण्डबाट बाहिरिएको थियो । त्यसपछि पोल्याण्ड सन् १९७४ मा जर्मनीले आयोजना गरेको विश्वकपमा तेस्रो भएको थियो ।
समुह चरणको पहिलो खेलमा पोल्याण्डले अर्जेन्टिनालाई ३—२ गोलले पराजित गरेको थियो । पोल्याण्डले हाइटीलाई ७—० गोलले पराजित गर्यो भने समुह चरणको अन्तिम खेलमा पोल्याण्डले इटालीलाई २—१ गोलले पराजित गर्दै दोस्रो राउण्डमा प्रवेश गरेको थियो ।
दोस्रो राउण्डको पहिलो खेलमा पोल्याण्डले स्वीडेनलाई १—० ले पराजित गरेको थियो । दोस्रो खेलमा पोल्याण्डले युगोस्लाभाकियालाई २—१ गोलले पराजित गर्यो भने दोस्रो राउण्डको अन्तिम खेलमा जर्मनीसँग १—० गोल अन्तरले पराजित भएपछि तेस्रो स्थानका लागि भएको खेलमा ब्राजिललाई १—० गोलले पराजित गर्दै तेस्रो भएको थियो ।
सन् १९८२ स्पेनले आयोजना गरेको विश्वकपमा पोल्याण्ड ट्रफि उचाल्ने दाउमा  थियो तर, सेमिफाइनलमा इटालीसँग पराजित भएपछि पोल्याण्डको सपना त्यही तुहिएको थियो । विश्वकपको तेस्रो स्थानका लागि भएको खेलमा पोल्याण्डले फ्रान्सलाई ३—२ गोलले पराजित गरेको थियो ।
सन् १९८६ मा मेक्सिको मा भएको विश्वकपमा पोल्याण्ड अन्तिम १६ सम्म पुगेको थियो । अन्तिम १६ मा पोल्याण्ड ब्राजिलसँग ४—० ले पराजित भएपछि १९८६ को विश्वकपबाट बाहिरिएको थियो । सन् २००२ र २००६ को विश्वकपमा छनौट भएपनि समुह चरणबाट बाहिरिएको थियो ।

विश्वकपका लागि पोल्याण्ड टिम
गोलरक्षकः बार्तोज बाएलकोस्की, लुकाज फाबिन्स्की, भोइचेक स्टेन्थ्या
डिफेन्डरः जन बेडनारेक, बार्तोस ब्रेस्जिनस्की,  थियागो चओनेक, कामिल गिल्क,  आर्तुर जेद्जेज्याक, माइकल पाज्डान, लुकाज मिनजास्केक
मिडफिल्डरः जाकुब बिलासजास्कोस्की, जासेक गोराल्स्की, कामील ग्रोसिक्कि, गर्जगोरिज क्रइचोवाएक, रफाल कुर्जवा, कारोल लिनेटी, सलावमिर पेस्जिको, मेसिइज युबस, पोट्रिर जिलिस्की
फरवार्डः दवाड कोवानाच्की, रोवर्ट लाबोन्दोस्की, आर्किड्युज मिलिक, लुकाज टेओडोजेक

 

प्रतिकृया दिनुहोस

ताजा भिडियो