फ्रान्स

फ्रान्स
एजेन्सी । फ्रान्सले अहिलेसम्म १ पटक मात्रै विश्वकप फुटबलको उपाधि उचालेको छ तर, फ्रान्स आफैँमा कमजोर टिम भने होइन । फ्रान्सले अहिलेसम्म १४ पटक विश्वकप खेलिसकेको छ भने यो रसिया विश्वकप फ्रान्सको १५औं विश्वकप हो ।
सन् १९३० मा सुरु भएको पहिलो विश्वकपदेखि नै सहभागिता जनाउँदै आएको फ्रान्सले यो विश्कप भने समूह चरण पार गर्न सकेको थिएन । फ्रान्सको लागि अविस्मरणीय र ऐतिहासिक विश्वकप भनेको सन् १९९८ मा फ्रान्समै भएको विश्वकप हो । पहिलो पटक विश्वकपको आयोजना गरेको फ्रान्सले विश्वकपको उपाधि उचाल्दै ऐतिहासिक सफलता पाएको थियो । जुन सफलताको खरेडीमा अहिलेपनि फ्रान्स छ ।
त्यसबेला फ्रान्सले फाइनलमा ब्राजिललाई ३–० गोलअन्तरले पराजित गर्दै विश्वकपको उपाधि उचालेको थियो । फ्रान्स त्यो सहित गरेर २ पटक फाइनलमा पुगेको छ । सन् २००६ मा जर्मनीमा भएको विश्वकपको फाइनलमा फ्रान्स पुगेको थियो तर विश्वकपको उपाधि दोस्रो पटक उचाल्ने फ्रान्सको सपना इटालीले चकनाचुर बनाएको थियो । यो विश्वकपमा इटालीसँग फ्रान्स पेनाल्टी सुटआउटमा ५–३ ले पराजित भएको थियो ।
फ्रान्स सन् १९५८ र १९८६ मा दुई पटक विश्वकपको तेस्रो भएको छ । त्यस्तै, सन् १९८२ को विश्वकपमा पनि फ्रान्स सेमिफाइनल पुग्दै चौथो भएको थियो ।
अहिले फ्रान्स निकै शसक्त टिमको रुपमा देखिएको छ । फ्रान्सका अनुभवी खेलाडीको कारण यो विश्वकपमा उसको उपस्थिति राम्रो हुने अनुमान छ ।
फ्रान्सको टिम
गोलरक्षकः ह्युगो लोरिस, स्टेभन मानडेन्डा, आल्फोन्से आरेओला
डिफेन्डरः लुकाज हेर्नान्डेज, प्रेस्नेल किमपेम्बे, बेन्जामिन मेन्डी, बेन्जामिन पाभार्ड, आदिल रामी, जिब्रिल सिडिबे, स्यामुएल उम्तिती, राफाएल भरने रहेका
मिडफिल्डरः न्यूगोलो कान्टे, ब्लाइसे मातुइडी, स्टेभन न्युजोन्जी, पाउल पोग्बा, कोरेन्टिन टोलिसो
फरवार्डः औसमाने डम्बेले, नबिल फेकिर, ओलिभियर गिराउड, एन्टोइनी ग्रिज्म्यान, थोमस लेमार, किलियन बाप्पे, फ्लोरियन थाउभिन

 

प्रतिकृया दिनुहोस

ताजा भिडियो