खेल शुरु हुन बाँकी समय

VS

खेल शुरु हुन बाँकी समय

VS

खेल शुरु हुन बाँकी समय

VS

खेल तालिका

View Full Fixture

मोरक्को

मोरक्कोको
मोरक्कोले अहिलेसम्म ४ पटक विश्वकप खेलिसकेको छ भने यो उसको लागि पाचौँपटक हो । सन् १९७० मा मेक्सिकोमा सम्पन्न भएको विश्वकपमा पहिलो पटक सहभागिता जनाएको मोरक्कोले अहिलेसम्म एक पटक मात्रै अन्तिम १६ मा पुगेको थियो ।
आफ्नो पहिलो विश्वकपमा मोरक्कोले जर्मनीसँग २–१ र पेरुसँग ३–० गोलले पराजित भएको थियो भने बुल्गेरियासँग १–१ गोलको बराबरी खेलेको थियो । सन् १९८६ मा भएको विश्वकपमा भने मोरक्को प्रिक्वाटरफाइनलसम्म पुगेको थियो । समूह एफ को विजेता बन्दै अन्तिम १६ मा पुगेको मोरक्कोले इंग्ल्याण्ड र पोल्याण्डसँग बराबरी खेलेको थियो भने पोर्चुगललाई ३–१ गोलअन्तरले पराजित गरेको थियो । यद्यपी मोरक्को अन्तिम १६ मा जर्मनीसँग १–० गोलले पराजित भएको थियो । मोरक्कोको अहिलेसम्मको यो सबैभन्दा ठूलो उपलब्धि पनि हो ।
त्यसो त मोरक्कोले सन् १९९४ र १९९८ को विश्वकप खेलेपनि समूह चरण पार गर्न सकेन । मोरक्कोको यो पाचौं विश्वकप हो । मोरक्को समूह बी मा रहेको छ । यो समूहमा स्पेन, पोर्चुगल र इरान रहेको छ ।
मोरक्को टिम
गोलरक्षकः माउनिर एल काजोयु, यासिने बाउनोउ, अहमद रेडा ताग्नाओती
डिफेन्डरः मेहन्दी बेनाटिया, रोमायन साएस्, म्यानुअल डा कोस्टा, नाबिल दिरार, असरफ हाकिमि, हम्जा मेन्डेल
मिडफिल्डरः म्बारेक बोओस्सोफा, करिम अल अहमदी, युस्सुफ आइट बेन्नास्सर, सोफ्यान अम्रावत, युनेस बेल्हान्डा, फाइकल फजेर, अमिने हारित
फरवार्डः खलिद बाओताइब, अजिज बहाउज, यूव इल काबी, नोर्दिन अमरावत, मेहदी कुर्सेला, हाकिम जिएच, युसुफ इन नेसर्री

 

प्रतिकृया दिनुहोस

ताजा भिडियो