मेक्सिको

मेक्सिको
एजेन्सी । पहिलो विश्वकपदेखि नै सहभागिता जनाएको मेक्सिकोको विश्वकपमा इतिहास पुरानो हो । तर, अहिलेसम्म मेक्सिकोले विश्वकपको उपाधि उचालेको छैन ।
२ पटक विश्वकपको क्वाटरफाइनलसम्मको अनुभव बटुलेको मेक्सिको राम्रो टिमकै रुपमा परिचित छ । सन् १९३० को पहिलो विश्वकपमा मेक्सिको समुह चरणबाटै बाहिरिएको थियो ।
२० विश्वकपको संस्करणसम्म आईपुग्दा मेक्सिकोले १५ पटक विश्वकप खेलको छ । जसमा सन् १९७० र १९८६ मा मेक्सिकोले विश्वकपको क्वाटरफाइनलसम्म पुगेको थियो । यो दुबै पटक क्वाटरफाइनल पुग्दा मेक्सिकोले दुबै विश्वकपको आयोजना गरेको थियो ।
मेक्सिकोेले पहिलो पटक सन् १९७० को विश्वकपको आयोजना गर्ने अवसर पाएको थियो । मेक्सिकोले एल साल्भाडोरलाई ४—० र बेल्जियमलाई १—० गोलले पराजित गरेको थियो भने समूह चरणकै अर्को खेलमा सोभियत यूनियनसँग गोरहित बराबरी खेलेको थियो । तर त्यो विश्वकपको क्वाटरफाइनलमा इटालीसँग ४—१ गोलले पराजित हुदै विश्वकपबाट बाहिरिएको थियो ।
सन् १९८६ मा दोस्रो पटक विश्वकपको आयोजना गरेको मेक्सिको यही विश्वकपको क्वाटरफाइनलसम्म पुगेको थियो । समुह चरणको खेलमा मेक्सिकोले बेल्जियमलाई २—१ र इराकलाई १—० गोलले पराजित गरेको थियो भने प्याराग्वेसँग १—१ गोलको बराबरी खेल्दै अन्तिम १६ मा पुगेको थियो ।
प्रिक्वाटरफाइनलमा मेक्सिकोले बुल्गेरियालाई २—० गोलले पराजित गर्दै क्वटरफाइनल प्रवेश गरेको थियो । क्वाटरफाइनलमा जर्मनीसँग ४—१ गोलले पराजित हुदै विश्वकपदेखि बाहिरिएको थियो ।
मेक्सिको टिम
गोलरक्षकः ग्युलिर्मो ओचोआ, अल्फ्रेड तलाभेरा, जेसुस कोरोना
डिफेन्डर— कार्लोस सल्सेडो, डिएगो रेएज, हेक्टर मोरेनो, ह्युगो अयला, इड्सन अल्भारेज, जेसुस गेलार्डो र मिग्युल ल्यायुन
मिड्फिल्डरः राफेल माक्यूज, हेक्टर हेरेरा, जोनाथन डोस सान्तोष, ग्योभानी डोस सान्तोष, आन्ड्रेस गार्डाडो, जाभियर अक्युनो, जेसस कोरोना
फवार्डः जाभिएर हेर्नान्डेज, राउल जिमिनेज, ओरिबे पेराल्टा, कार्लोस भेला, हिर्भिइङ लोजानो,  मार्को फाबियन

 

प्रतिकृया दिनुहोस

ताजा भिडियो