दक्षिण कोरिया

दक्षिण कोरिया
एजेन्सी । दक्षिण कोरिया विश्वकपमा सहभागि एसिया महादेशका पाँच राष्ट्र मध्ये एक हो । दक्षिण कोरियाले अहिलेसम्म ९ पटक विश्वकप खेलिसकेको छ भने यो १०औं पटक हो ।
दक्षिण कोरियाले सन् १९५४ मा स्वीट्जरल्याण्डमा भएको विश्वकपमा पहिलो पटक सहभागिता जनाएको थियो । पहिलो विश्वकपको समूह चरणबाटै बाहिरिएको दक्षिण कोरियाले अर्को विश्वकप खेल्न ३२ वर्ष कुर्नु परेको थियो ।
दक्षिण कोरियाले सन् १९८६ देखि २०१४ सम्म लगातार विश्वकप खेल्दै आएको छ । सन् १९८६, १९९०, १९९४ र १९९८ को विश्वकप खेलेको दक्षिण कोरिया समूह चरणबाटै बाहिरिएको थियो ।
सन् २००२ मा भने जापानसँग मिलेर दक्षिण कोरियाले पहिलो पटक संयुक्तरुपमा विश्वकपको आयोजना गर्ने अवसर पाएको थियो । यही विश्वकपमा दक्षिण कोरियाले ऐतिहासिक सफलता हात पारेको थियो । समूह चरणको खेलमा पोल्याण्ड र पोर्चुगललाई पराजित गरेको दक्षिण कोरियाले अमेरिकासँग भने १–१ गोलको बराबरी खेलेको थियो ।
प्रिक्वाटरफाइनलमा इटालीलाई २–१ गोलअन्तरले पराजित गरेको दक्षिण कोरियाले क्वाटरफाइनलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ५–३ ले पराजित गर्दै सेमिफाइनल पुगेको थियो । तर सेमिफाइनलमा भने दक्षिण कोरिया जर्मनीसँग १–० गोलले अन्तरले पराजित हुदै उपाधि भिडन्तबाट बाहिरिएको थियो । तेस्रो स्थानको लागि भएको खेलमा पनि दक्षिण कोरिया टर्कीसँग ३—२ गोलले पराजित भएको थियो ।
सन् २००६ मा जर्मनीमा भएको विश्वकपमा दक्षिण कोरिया समुह चरणबाटै बाहिरिएको थियो भने २०१० को विश्वकपमा अन्तिम १६ सम्म पुगेको थियो । ब्राजिलमा भएको २०१४ को विश्वकपमा पनि दक्षिण कोरिया समूह चरणबाटै विदा भएको थियो ।

दक्षिण कोरिया टिम
गोलरक्षक— किम सेयुङ ज्यु, किम जिन हिएओन, छ्यो ह्युन वो
डिफेन्डर— किम योङ ग्वोन, जङ ह्युन सो, जङ सेउङ ह्युन, युन योङ सन, अह बान सुक, किम मिन वु, पार्क जोहो, होङ चुल, गो यो हान, ली योङ

मिडफिल्डर ः के सुङ युएङ, जङ वो योेङ, जु से जोङ, को जा चेओल, ली जेई सुङ, ली सेयोङ वो, मोन सेओन मिन
फवार्ड— किम शिन वोक, सोन हेङ मिन, ह्वाङ हि चान

 

प्रतिकृया दिनुहोस

ताजा भिडियो