इरान

इरान
एजेन्सी । इरानले अहिलेसम्म विश्वकप फुटबल ४ पटक खेलिसकेको छ भने यो पाचौ पटक हो । तर, इरानले अहिलेसम्म समूह चरण पनि पार गर्न सकेको छैन ।
रसिया विश्वकपमा इरान एसियाबाट छनोट हुने पाँच राष्ट्रमध्ये एक हो । इरानले सन् १९७८ मा अर्जेन्टिनामा भएको विश्वकप खेलेको थियो । त्यसबेला समूह चरणबाटै बाहिरिएको इरानले स्कटल्याण्डसँग १–१ गोलको बराबरी खेलेको थियो भने बाँकी सबै खेल हारेको थियो ।
त्यसपछि इरानले सन् १९९८, २००६ र २०१४ मा भएको विश्वकप खेलेको छ । तर, इरानको नतिजा भने निराशाजनक नै रहेको छ ।
इरान टिम
गोलरक्षकः अलिरेजा बेइरनभण्ड, मोहम्मद रसिद मजहेरी, अमिर अब्जेजाह
डिफेन्डरः मजिद होसेइनी, रामिन रजाईन, मोहम्मद रेजा खानजदेह, मोर्टेजा पौरालिगान्जी, पेजम्यान मोन्टाजेरी, मिलाद मोहम्मद, रौज्बेह चश्मी
मिडफिल्डरः सेइड इत्जतोलही, मसुद सोज्जेइ, मेहादी तारबी, ओमिद इब्राहिम, इसान हाजि सफि, करिम अन्सारिफर्ड, बाहिद अमिरी
फरवार्डः अलिराज जहानबाख, मेहदी टर्मी, सरदार अज्मुन, रजा घाउन्जाजाड, सामान घोडोस, असचन देज्गाह

प्रतिकृया दिनुहोस

ताजा भिडियो