खेल शुरु हुन बाँकी समय

VS

खेल शुरु हुन बाँकी समय

VS

खेल शुरु हुन बाँकी समय

VS

खेल तालिका

View Full Fixture

जर्मनी

जर्मनी
एजेन्सी । जर्मनीलाई फुटबलमा बादशाह भनेर चिनिन्छ । जर्मनीले अहिलेसम्म ४ पटक विश्वकपको ट्रफी जितेको छ । यहि महिनादेखि रसियामा हुन लागेको २१ औं संस्करणको विश्वकपमा पनि जर्मनी उपाधिको दाबेदार राष्ट्रकै रुपमा परिचित छ ।
जर्मनीको आफुलाई सधै सशक्त टिमको रुपमा विश्वकपमा स्थापित गर्दै आएको छ । जर्मनीका खेलाडी अनुभवी र अन्तरर्नष्ट्रिय स्तरमा राम्रो प्रदर्शन गरेका क्षमतावान खेलाडीहरु छन् । सन् २०१४ को विश्वकपमा ह्याट्रिक गोल गर्दै उत्कृष्ट लयमा रहेका थोमस मुलर, एन्ड्रयु स्कुलर, म्यानुअल नेउर, मारियो गोमज लगायतका खेलाडी छन् ।

अहिलेसम्म जर्मनी ८ पटक फाइनलमा पुगेको छ भने ४ पटक उपाधि जित्दा ४ पटक उपविजेतामै चित्त बुझाएको छ । त्यस्तै, तेस्रो ३ र चौथो एक पटक भएको छ । सन् १९६६, १९८२, १९८६, २००२ मा जर्मनी उपविजेता बनेको थियो । सन् १९७०, २००६ र २०१० मा गरी तीन पटक तेस्रो भएको जर्मनी सन् १९५८ मा भने चौथो भएको थियो ।
अहिलेसम्मको विश्वकप फुटबलको इतिहासलाई हेर्ने हो भने पनि फाइनलमा सबैभन्दा बढी पुगेको देश हो जर्मनी ।
सन् १९३४ मा इटालीमा भएको दोस्रो विश्वकपदेखि जर्मनीले सहभागिता जनाउँदै आएको छ । यद्यपी दोस्रो विश्व युद्धको सिकार बनेको जर्मनीले सन् १९५० मा ब्राजिलमा भएको विश्वकप भने खेल्न पाएन । स्वीट्जरल्याण्डमा सन् १९५४ मा भएको विश्वकपको उपाधि जर्मनीले पहिलो पटक उचालेको थियो । त्यसबेला फाइनलमा जर्मनीले हंगेरीलाई ३–२ गोलअन्तरले पराजित गर्दै इतिहास रचेको थियो । सन् १९७४ मा पहिलो पटक विश्वकप फुटबलको आयोजना गर्ने अवसर जर्मनीले पायो । जुन विश्वकपको फाइनलमा नेदरल्याण्ड्सलाई २–१ गोलअन्तरले पराजित गर्दै दोस्रो पटक जर्मनीले ट्रफि भिञ्याएको थियो । इटालीमा सन् १९९० मा भएको विश्वकपको पनि उपाधि जर्मनीले जितेको थियो । फाइनल खेलमा अर्जेन्टिनालाई १–० गोलले पराजित गरेको थियो ।
तेस्रो पटक विश्वकपको उपाधि जर्मनीले जित्दा फाइनलमा सिकार भएको अर्जेन्टिना चौथो पटक जर्मनीले उपाधि जित्दा फेरी फाइनलमा अर्जेन्टिना नै सिकार बनेको थियो । त्यो पनि १–० गोलले नै । सन् २०१४ को विजेता जर्मनी यो पटक २०१८ को पनि उपाधि जित्ने लक्ष्यमा छ । उपाधि जर्मनीले जित्नु निकै कठिन छ तर असम्भव भने छैन ।
जर्मनी टिम
गोलकिपरः म्यानुअल नेउरे, मार्स एन्ड्रे टेरस्टेगेन र केभिन ट्रयाप
डिफेन्डरः माथियस गिन्टर, जोनस हेक्टर, जेरोमे बोटेङ, म्याट्स ह्युमेल्स, निक्लास सुले, जोस्हा किम्मिच, मार्भिन प्लटेनहार्ट र एन्टोनिओ रोडिगर रहेका छन् ।
मिडफिल्डर–फरवार्डः सामी खेडिरा,  जुलियन ड्राक्स्लर, टोनी क्रुस, टिमो वेर्नर, मेसुट ओजिल, मार्को रेयुस, थोमस मुलर, लियोन गोरेट्ज्का, सेबस्टाइन रुडी, जुलियन ब्रान्ड्ट, इल्की गोन्डगन र मारियो गोमेज

 

प्रतिकृया दिनुहोस

ताजा भिडियो