इंग्ल्याण्ड

इंग्ल्याण्ड
एजेन्सी । विश्वकपमा उपस्थिति दमदार बनाउन नसकेको इंग्ल्याण्डले विश्वकपको उपाधि १ पटक मात्र उचालेको छ । त्यो पनि ५२ वर्षअघि, सन् १९६६ मा आफ्नै भूमिमा भएको विश्वकप ।
फाइनलमा जर्मनीलाई ४–२ गोलअन्तरले पराजित गर्दै उपाधि चुमेको इंग्ल्याण्ड त्यसयता एक पटक मात्रै सेमिफाइनलमा पुगेको छ । सन् १९९० मा भएको विश्वकपको सेमिफाइनलसम्म पुगेपनि इंग्ल्याण्ड उही जर्मनीसँग पराजित भएको थियो ।
इतिहासमा इंग्ल्याण्ड अहिलेसम्म १४ पटक विश्वकप खेलेको छ । सन् १९५०, १९५४, १९५८, १९६२, १९६६, १९७०, १९८२, १९८६, १९९०, १९९८, २००२, २००६, २०१० र २०१४ मा गरी इंग्ल्याण्डले १४ पटक विश्वकप खेलेको छ । एक पटक विजेता बन्दा एक पटक चौथो र ५ पटक क्वारटफाइनलमा इंग्ल्याण्ड पुगेको छ ।
इंग्ल्याण्ड रसिया विश्वकपमा समुह ‘जी’ मा छ । समुह ‘जी’ मा इंग्ल्याण्डसँगै बेल्जियम, पानामा र ट्युनिसिया रहेका छन् ।

इंग्ल्याण्डको टिम
गोलकिपरः निक पोप, ज्याक बाटल्यान्ड, जोर्डन पिकफोर्ड
डिफेन्डरः जोन स्टोन, गरी काहिल, फिल जोन्स, ह्यारी मगुइरे, केल वाल्कर, ट्रेन्ट एलेक्जेन्डर आर्नोल्ड, एस्ले योङग, डानी रोज र किएरन ट्रिपर
मिडफिल्डरः इरिक डाएर, जोर्डन हेन्डरसन, डेले अलि, रुबेन लफ्टस चिक, जेसे लिन्गार्ड, रहीम स्टरलिङ र फाबियन डेल्फ
फरवार्डः ह्यारी केन, जेमी भार्डी, डानी वेलब्याक र मार्कस रासफोर्ड

 

प्रतिकृया दिनुहोस

ताजा भिडियो