इजिप्ट

इजिप्ट
एजेन्सी । विश्वकप फुटबलमा इजिप्टको इतिहास निकै लामो छ । सन् १९३४ मा इटालीमा भएको दोस्रो विश्वकप देखि नै इजिप्टले सहभागिता जनाउन थालेको हो । तर, इजिप्टले अहिलेसम्म २ पटक मात्रै विश्वकप खेलेको छ भने यो उसको तेस्रो पटक हो ।
आफ्नो पहिलो विश्वकपमा नै हंगेरीसँग ४–२ गोलअन्तरले पराजित हुदै विश्वकपबाट बाहिरिएको थियो । त्यसपछि इजिप्टले सन् १९९० मा इटालीमा भएको विश्वकप खेल्यो ।
२ पटक विश्वकप खेली सकेको इजिप्टले दुबै विश्वकपमा जित हात पार्न सकेन । सन् १९९० को विश्वकपमा भने इजिप्टले दुई खेलमा बराबरी र एक खेलमा हार ब्यहोरेको थियो । इंग्ल्याण्डसँग १–० गोलले पराजित भएको इजिप्ट नेदरल्याण्ड्ससँग १–१ गोलको बराबरी र रिपब्लिक अफ आयरल्याण्डसँग गोलरहित बराबरी खेलेको थियो । यो विश्वकपमा इजिप्टले समूह चरण पार गर्न सकेन ।
रसिया विश्वकपमा भने इजिप्टलाई निकै लयमा रहेको टिम भनेर चिनिएको छ । इजिप्टको मुख्य हतियार भनेकै मोहम्मद सलाह हो । निकै लयमा रहेका सलाहकै उत्कृष्ट प्रदर्शनले इंग्लिस क्लब लिभरपुललाई च्याम्पियन्स लिगको फाइनलमा पु¥याएका थिए । उनले आफ्नो टिम इजिप्टलाई पनि सकरात्मक नतिजा दिन सक्छन् ।

इजिप्ट टिम
गोलरक्षकः इशेम अल हदीरी, मोहम्मद इल शनिवा, शेरिफ एक्रामी
डिफेन्डरः अहमद फाथी, साद समीर, ऐम्यान अश्रफ, महमुद हम्डी, मोहमद शाफी,
अहमत हिगाजी, अलि जबर, अहमद एल्मोहामेडी, उमर गैबर
मिडफिल्डरः टरेक हमेद, अब्दल्लाह एल शैद, सम मोर्सी, मोहम्मद एल्नेनी, रमदान सोभी, महमोद हसन
फरवार्डः मोहम्मद सलाह, मारवान मोहशेन, मोहमौद शिकबाला, अमर वार्दा, मोहमौद खह्रबा

 

प्रतिकृया दिनुहोस

ताजा भिडियो