site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
समयको उपेक्षा गर्नेहरूलाई समयले पनि छाडेर जान्छ । अनि धेरैले पछुतो गर्छन् भने केहीले गुनासो गर्छन् । ढाँटछलमा विश्वास गर्नेहरू उल्टै समयमाथि दोष दिएर दुनियाँ हसाउँछन् । अधिकांश राजनीतिक नेताहरूमा यही ढाँटछल प्रवृत्ति देखिन्छ । नेपालका नेताहरूमा त झन् ढाँटछल नै मूल प्रवृत्ति बनेको देखिँदै आएको छ । अहिलेको सरकार पनि यसको अपवाद छैन । सरकारले समय र कामको प्राथमिकताका बीचमा पटक्कै सन्तुलन मिलाएको देखिँदैन । अहिले गर्नुपर्ने मूल काममा संविधान संशोधन हो भन्नेमा विवाद हुँदैन तर त्यसबाहेक भूकम्पपीडितको पुनःस्थापना र स्थानीय तहको निर्वाचन पनि उत्तिकै महत्त्वपूर्ण विषय हुन् । दुर्भाग्य, सरकारले यी दुवै कामलाई उच्च प्राथमिकतामा राखेको देखिएन । न स्थानीय तहको निर्वाचनका लागि आवश्यक तयारी गर्न सरकार लागेको छ न भूकम्पपीडितको पुनःस्थापनामा नै विशेषगरी अत्यन्त प्रभावित भनिएका १४ जिल्लाबाहिरका पीडितलाई सहयोग उपलब्ध गराउने दिशामा नै सरकारले सिन्को भाँचेको छ । 
स्थानीय तहको निर्वाचनका लागि विशेषगरी कानुनी तथा भौतिक तयारी गर्न सरकारले सीमा र संख्याको टुंगो लागुन्जेल पर्खनुपर्दैन । सम्बन्धित सांसद्, निर्वाचन आयोगका पदाधिकारी तथा अन्य कर्मचारीले प्राविधिक र प्रशासनिक प्रकृतिको काम खुरुखुरु गरिरहन मिल्छ । त्यति कामका लागि जनशक्ति वा रकमको अभाव पक्कै छैन । अभाव सरकारको प्राथमिकता र तत्परताको मात्रै हो । भूकम्पपीडितका हकमा भने सरकारमा संवेदनशीलता नै देखिएन । साथै, पुनःनिर्माण प्राधिकरणको यान्त्रिक र आलटाले प्रवृत्तिले पनि पीडितहरूलाई थप सास्ती दिने काम गरेको छ । भूकम्प प्रभावित जिल्लाको मानवीय क्षतिका आधारमा अतिप्रभावित र प्रभावित भनेर वर्गीकरण गरियो । पहिलो त जिल्लागत वर्गीकरण नै गलत हो । जिल्लाको एउटा कुनै भागको कुनै एउटा गाउँ नराम्ररी ध्वस्त हुँदा पनि संयोगले मानवीय क्षति भएको रहेनछ भने त्यस्तो ठाउँलेसमेत पुनःनिर्माणमा प्राथमिकता नपाउने अहिलेको नीति र कार्यविधिनै खोटी देखिन्छ । उदाहरणका लागि भूकम्पको केन्द्र रहेको गोरखाको बारपाकको निकटवर्ती लमजुङ र तनहुँका गाउँहरूमा नुवाकोट वा धादिङका अधिकांश गाउँमा भन्दा भूकम्पबाट धेरै क्षति भएको छ । तर, त्यहाँका पीडितले अहिलेसम्म पहिलो वर्ष दिइएको केही रकमसमेत सबैले पाएका छैनन् । यो त एउटा उदाहरणमात्र हो ।
 
सम्झौता गरिएका पीडित परिवारले पैसा कति पाएका छन् र तिनको आवश्यकता कति पूरा भएको छ भनेर हेर्ने हो भने पुनःनिर्माण प्राधिकरणको प्रचार र यथार्थबीच कति अन्तर रहेछ भन्ने स्पष्ट हुन्छ । झन्, अहिलेसम्म उपेक्षित १४ जिल्लाबाहिरका पीडितको त कुरै भएन ! ती जिल्लामा व्यक्तिका घरमात्र हैन विद्यालय, स्वास्थ्य चौकीलगायत सार्वजनिक संरचना पनि भत्केका छन् । तिनको पुनःनिर्माणका लागि सरकारी नीतिमात्रै पनि उपयुक्त भएको भए अहिलेसम्म धेरै संरचना तयार भइसक्ने थियो । ससाना गैरसरकारी संस्थाहरूलाई एउटा एउटा विद्यालय नै बनाउन प्रेरित गरिएको भए धुर्मुस-सुन्तली फाउन्डेसनको जस्तै नभए पनि धेरै ठाउँमा प्रभावकारी काम हुन्थ्यो । तर, प्राधिकरण मूलतः नियन्त्रणकारी कार्यविधि बनाउन र सकेसम्म अड्को थाप्नमै व्यस्त भयो । सरकार परिवर्तनपछि त झन् प्रमुख कार्यकारी हटाउने र नहट्ने द्वन्द्वले कामले गति लिन सकेन । यो हिउँदमा पनि विशेषगरी १४ जिल्लाबाहिरका भूकम्पपीडितले सरकारी सहायता पाउने लक्षण छैन । एकीकृत वा नमुना बस्तीका सरकारी गफ अब सायद कसैले पनि पत्याउँदैन । त्यसैले ती जिल्लामा कम्तीमा पीडितहरूलाई बैंकबाट ऋण सहजरूपमा दिलाइदिए तिनले जसोतसो बस्ने उपाय गर्नेछन् । सरकार अलिकति पनि संवेदनशील र उदार हुने हो भने पहिचान गरिएका पीडितलाई ऋण दिन स्थानीय बैंकहरूलाई निर्देशन दिने र राज्य जमानी बस्ने गर्नसक्छ । यसमा सबैभन्दा बढी इच्छाशक्ति र सुझबुझको खाँचो हुन्छ । विडम्बना, सरकार र पुनःनिर्माण प्राधिकरणमा यी दुई गुण देखिँदैन । यस्तै, त्यहाँका निर्वाचित प्रतिनिधिहरूको मौन अर्को दुःखद प्रसंग हुनपुगेको छ ।  ती 'कम प्रभावित जिल्ला' नेपालको नक्सामै नभएजस्तो व्यवहार जनप्रतिनिधिसमेत गर्नु अत्यन्त पीडादायी विषय हो ।  भर नभए पनि सरकार १४ जिल्लाबाहिरका पीडितलाई पनि सहयोग उपलब्ध गराउन तत्काल अग्रसर हुने आशा गर्नु अन्यथा हुनेछैन ।      
  
NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक २२, २०७३  ०९:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC