site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

बेनी (म्याग्दी) । रोजगारी र व्यवसायका लागि प्रवासमा रहेका म्याग्देलीले जिल्लाका सबै बस्तीमा इन्टरनेट सुविधा विस्तार गर्न ५० लाख रुपैयाँ जुटाएका छन् ।

म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) अन्तर्राष्ट्रिय कार्यसमितिले जिविसले अघि बढाएको जिल्लालाई फ्रिवाइफाई बनाउने योजनामा वित्तीय व्यवस्थापनका लागि सहयोग जुटाएका हुन् । देशमै नमुनाका रुपमा म्याग्दीमा सञ्चालन हुन लागेको इन्टरनेट सेवा विस्तार योजनाका लागि हालसम्म रु ५० लाख जुटाइसकिएको मोनाका कोषाध्यक्ष चक्र थापाले जानकारी दिए ।

मोनाका पदाधिकारीका साथै केही देशबाट सहयोग प्राप्त भएको छ । सबै देशमा रहेका मोनाको कार्यसमितिमार्फत सहयोग सङ्कलन कार्यलाई निरन्तरता दिइएको छ । मोनाको विश्वका २२ देशमा राष्ट्रिय समिति गठन भएको छ । रु चार करोड लागत अनुमान गरिएको योजनाका लागि नेपाल ग्रामीण दूरसञ्चार प्राधिकरण कोषले ५० प्रतिशत लगानी गर्न सहमति जनाएको छ । वित्तीय स्रोत व्यवस्थापन भएको छ महिनाभित्र सबै बस्तीमा इन्टरनेट पु¥याउने गरी तयारी भएको छ । मोनाको पहलमा प्रवासी म्याग्देलीबाट स्थानीयस्तरमा सङ्कलन गर्नुपर्ने वित्तीय स्रोत व्यवस्थापनका लागि सहकार्य गरिएको जिविसले जनाएको छ । रासस 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक २१, २०७३  ०८:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC