राजनीति
काठमाडौं । नयाँशक्ति नेपालले संविधान संशोधनमार्फत संविधाको स्वीकार्यता विस्तार गर्ने क्रममा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति कायम गर्नुपर्नेमा जोड दिएको छ ।
जनतामा देखिएको राजनीतिक अन्योल चिर्दै संविधानको सफल कार्यान्वयनको दौरानमा स्थिरता र विकासका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र समानुपातिक समावेशी प्रावधानका लागि पूर्ण समानुपातिक संसद्को प्रावधान पनि समावेश गराउन पुनःस्मरण गराएको हो ।
शुभदीपावली, छठ र नेपाल संवत् ११३७ का अवसरमा पार्टी प्रवक्ता खिमलाल देवकोटाले आज जारी गरेको प्रेस विज्ञप्तिमा नेपाली समाजका बाधा व्यवधान पार गर्दै सम्पूर्ण नेपालीकोे खुसियालीका निम्ति र नेपाली समाजको समृद्धिको प्रेरणा मिलोस् भन्ने कामना गरिएको छ । रासस
प्रकाशित मिति: सोमबार, कात्तिक १५, २०७३ १५:०९
प्रतिक्रिया दिनुहोस्