site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सेञ्चुरीलाई कर्पाेरेट क्रिकेट उपाधि
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
काठमाडौं । सेञ्चुरी बैंकले तेस्रो संस्करणको सेञ्चुरी बैंक कर्पोरेट सुपर सिक्सेस क्रिकेटकोे उपाधि जितेको छ । आइतबार भएको फाइनल खेलमा नेपाल एसवीआई बैंकलाई ६ विकेटले पराजित गर्दै सेन्चुरीले उपाधि जितेको हो । 
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा एसवीआईले दिएको ५६ रनको लक्ष्य सेञ्चुरीले ३ ओभर ५ बलमा एक विकेट गुमाएर पूरा गर्यो । सेञ्चुरीको जितमा देवेश डंगोलले १० बलमा ३४ रनको योगदान दिए । यस्तै सुवास शर्माले पनि १८ रनको महत्वपूर्ण पारी खेले । यसअघि टस जितेर ब्याटिङ रोजेको एसवीआईले ५ ओभरमा २ विकेट गुमाएर ५५ रन जोडेको थियो । उसका लागि ओपनर मोनिस श्रेष्ठले सर्वाधिक ३६ रन जोडेका थिए । 
प्रतियोगिताको म्यान अफ द सिरिज सेञ्चुरी बैंकका सुरज तिमल्सिना घोषित भए । उनले ३२ इन्चको एलईडी टिभीसहित १० हजार पुरस्कार हात पारे । उनी उत्कृष्ट फिल्डरसमेत चुनिए । त्यस्तै उत्कृष्ट ब्याट्सम्यान आईसीएफसीका अरविन्द राना चुनिए । उनले प्रतियोगितामा सबैभन्दा धेरै सर्वाधिक २०६ रन बनाएका थिए । उत्कृष्ट बलरमा सिभिल बैंकका राज श्रेष्ठ, उत्कृष्ट विकेट किपर एसवीआई बैंकका साकार श्रेष्ठ चुनिए । 
एसएस इभेन्टको आयोजनामा कात्तिक तीन गतेबाट सुरु भएको प्रतियोगितामा १९ कर्पाेरेट टिमको सहभागिता थियो ।
 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक ७, २०७३  १८:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC