site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा सूचीकृतमध्ये बैंकिङ क्षेत्रको नबिल बैंक सबैभन्दा बढी मूल्यवान कम्पनी भएको छ । नेप्सेमा सूचीकृत बैंक, वित्त, बिमा, होटल, उत्पादनमूलकलगायत २३१ मध्ये नबिल सबैभन्दा बढी मूल्यको कम्पनी हुन सफल भएको हो । गत बिहीबारसम्मको सेयर कारोबारका आधारमा नबिलको कुल बजार मूल्य १ खर्ब १० अर्ब ३७ करोड ६१ लाख रुपैयाँ छ । नबिलको प्रतिसेयर मूल्य १ हजार ७८५ रुपैयाँ छ । यस्तै, दोस्रो बढी मूल्यवान कम्पनीमा नेपाल टेलिकम छ । उसको बजार मूल्य १ खर्ब ४ अर्ब १० करोड रुपैयाँ छ । नेपाल टेलिकमको सेयर मूल्य ६९४ रुपैयाँ छ । ६ अर्ब रुपैयाँ बढीले नेपाल टेलिकमलाई नबिलले उछिनेको छ । त्यस्तै, बहुर्राष्ट्रिय स्ट्यान्र्डर्ड चाटर्ड बैंक नेपाल लिमिटेडको बजार मूल्य १ खर्ब ३ अर्ब ५५करोड २५ लाख रुपैयाँ छ । स्ट्यान्डर्डको सेयर मूल्य ३ हजार ६९३ रुपैयाँ छ । 
सेयर मूल्य युनिलिभर नेपाल लिमिटेड र राष्ट्रिय बिमा कम्पनी लिमिटेडको बढी भए पनि सबैभन्दा बढी मूल्यवान कम्पनीमा नबिल, टेलिकम र स्ट्यान्डर्ड चार्टर्ड भएका छन् । गत बिहीबारको सेयर कारोबार मूल्यअनुसार युनिलिभरको मूल्य प्रतिसेयर ३० हजार ८७० रुपैयाँ छ । यस्तै बिमा कम्पनीको १४ हजार ४०६ रुपैयाँ छ । 
त्यस्तै चौथोमा भारतको पञ्जाब नेसनल बैंकको लगानी रहेको एभरेष्ट बैंक छ । एभरेष्टको बजार मूल्य ९६ अर्ब ७४ करोड ७८ लाख रुपैयाँ छ । उसको सेयर भाउ ३ हजार ६८९ रुपैयाँ छ । पाँचौंमा स्टेट बैंक अफ इन्डिया मुख्य लगानी रहेको नेपाल एसबीआई बैंक छ । एसबीआईको मूल्य ७३ अर्ब ३२ करोड रुपैयाँ छ । एसबीआईको सेयर मूल्य १ हजार ८८९ रुपैयाँ छ ।  छैटौंमा पाकिस्तानको हबिब बैंकको मुख्य लगानीसमेत रहेको हिमालयन बैंक छ । यसको मूल्य ७२ अर्ब ७५ करोड ११ लाख रुपैयाँ छ । हिमालयनको सेयर मूल्य १ हार ६१७ रुपैयाँ छ । यस्तै साताैंमा नेपाल इन्भेष्टमेन्ट बैंक छ । यसको मूल्य ६९ अर्ब १३ करोड रुपैयाँ छ । नेपाल इन्भेष्टमेन्टको सेयर मूल्य ७९४ रुपैयाँ छ ।   
यस्तै आठौंमा सिद्धार्थ बैंकको मूल्य ४० अर्ब ७९ करोड ८० लाख रुपैयाँ छ । सिद्धार्थको सेयर मूल्य १ हजार ८० रुपैयाँ छ । नवांैमा कृषि विकास बैंक छ । उसको मूल्य ३९ अर्ब ५१ करोड ३८ लाख रुपैयाँ छ । बैंकको सेयर मूल्य ६९१ रुपैयाँ छ । १० औं स्थानमा चिलिमे जलविद्युत् कम्पनी लिमिटेड भएको छ । चिलिमेको मूल्य ३९ अर्ब ३० करोड ६३ लाख रुपैयाँ छ । चिलिमेको सेयर मूल्य १ हजार २५४ रुपैयाँ छ । चिलिमे बैंकिङ क्षेत्रबाहेक सबैभन्दा बढी मूल्य भएको उत्पादनमूलक कम्पनी हो । 
यस्तै एनआईसी एसिया बैंकको मूल्य ३७ अर्ब ७७ करोड रुपैयाँ छ । एनआईसीको सेयर मूल्य ६४८ रुपैयाँ छ । एनएमबी बैंकको ३५ अर्ब ८९ करोड ५३ लाख रुपैयाँ छ । एनएमबीको सेयर मूल्य ८ सय रुपैयाँ छ । नेपाल बंगलादेश बैंकको मूल्य ३५ अर्ब ५६ करोड ३७ लाख रुपैयाँ छ । नेपाल बंगलादेशको सेयर मूल्य ८८६ रुपैयाँ छ ।
यस्तै बैंक अफ काठमाण्डू लुम्बिनी लिमिटेडको मूल्य ३३ अर्ब ९१ करोड ४७ लाख रुपैयाँ छ । उसको सेयर भाउ ७४१ रुपैयाँ छ । सनराइज बैंकको मूल्य ३३ अर्ब २९ करोड १९ लाख रुपैयाँ छ । सनराइजको सेयर मूल्य ६२८ रुपैयाँ छ । सानिमा बैंकको मूल्य पनि ३३ अर्ब ४ करोड रुपैयाँ छ । सानिमाको सेयर मूल्य ६२६ रुपैयाँ छ । प्राइम कमर्सियल बैंकको मूल्य ३२ अर्ब २५ करोड रुपैयाँ छ । प्राइमको सेयर मूल्य ६५३ रुपैयाँ छ । माछापुच्छ«े बैंकको मूल्य ३१ अर्ब ९५ करोड ९७ लाख रुपैयाँ छ । माछपुच्छे«को सेयर मूल्य ८२७ रुपैयाँ छ ।   
बैंकिङ क्षेत्रमा सबैभन्दा कम मूल्यको कम्पनीमा नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंक छ । एनसीसीको मूल्य ७ अर्ब ३५ करोड २३ लाख रुपैयाँमात्र छ । एनसीसीको सेयर मूल्य ३६३ रुपैयाँ छ । सेयर भाउ कम भएका कारण बैंकको कुल मूल्य कम भएको हो ।
यस्तै उत्पादनमूलकतर्फ सरकारको समेत स्वामित्व रहेको जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेड (एचआईडीसीएल) को मूल्य २९ अर्ब ८० करोड रुपैयाँ छ । एचआईडीसीएलको सेयर मूल्य २९८ रुपैयाँ छ । यस्तै बहुराष्ट्रिय कम्पनी युनिलिभिर नेपाल लिमिटेडको मूल्य २८ अर्ब ४२ करोड २० लाख रुपैयाँ छ । सोल्टी होटल्स लिमिटेडको मूल्य २३ अर्ब ५३ करोड रुपैयाँ छ । सोल्टीको बजारमा सेयर भाउ ४४७ रुपैयाँ छ ।
नेप्सेका १० ठूला मूल्यवान कम्पनी 
नाम                                                     बजार मूल्य 
नविल बैंक                                             ११० अर्ब ३७ करोड
नेपाल टेलिकम                                       १०४ अर्ब १० करोड
स्ट्याण्डर्ड चार्टर्ड बैंक                              १०३ अर्ब ५५ करोड
एभरेष्ट बैंक                                            ९६ अर्ब ७४ करोड
नेपाल एसबीआई बैंक                              ७३ अर्ब ३२ करोड
हिमालयन बैंक                                       ७२ अर्ब ७५ करोड
नेपाल इन्भेष्टमेन्ट बैंक                              ६९ अर्ब १३ करोड
सिद्धार्थ बैंक                                           ४० अर्ब ७९ करोड
कृषि विकास बैंक                                    ३९ अर्ब ५१ करोड
चिलिमे जलविद्युत् कम्पनी लिमिटेड           ३९ अर्ब ३० करोड  
 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक ७, २०७३  १५:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC