अर्थ व्यवसाय
काठमाडौं । चालु आर्थिक वर्षको २ महिनामा नेपाल राष्ट्र बैंकले ६४ करोड अमेरिकी डलर रिजर्भ बैंक अफ इन्डियालाई बेचेको छ ।
राष्ट्र बैंकले उक्त रकम बराबरको डलर बेचेर ४२ अर्ब ८३ करोड ५६ लाख भारु किनेको छ । राष्ट्र बैंकका अनुसार साउनमा २६ करोड र भदौमा ३८ करोड डलर रिजर्भ बैंकलाई बेचेको छ । साउनमा १७ अर्ब ४३ करोड ७० लाख र भदौमा २५ अर्ब ३९ करोड ८७ लाख भारु खरिद गरेको राष्ट्र बैंकले जनाएको छ । भारतसँग भारुमा मात्र कारोबार हुने व्यवस्था अनुसार राष्ट्र बैंकले डलर बेचेर भारु किनेको हो । राष्ट्र बैंकले भारतबाट वस्तु तथा सेवा खरिद गर्न डलर बेचर भारु खरिद गर्दे आएको छ ।
राष्ट्र बैंकले गत वर्ष ३ अर्ब ४० करोड अमेरिकी डलर बेचेर २ खर्ब २५ अर्ब २४ करोड ४३ लाख रुपैयाँ भारु खरिद गरेको थियो । कुल व्यापार मध्ये भारतसँग मात्र ६५ प्रतिशत र बाँकी चीन र तेस्रो मुलुकमा हुने गरेको छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक ७, २०७३ १४:३२
प्रतिक्रिया दिनुहोस्