site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
काठमाडौं प्रहरी प्रमुख भन्छन्– दुई गुन्डा सुइँकिए, नसुध्रे अरुका पनि दिन आउँछन्
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । काठमाडौं प्रहरी प्रमुख एसएसपी विक्रमसिंह थापाले यो दसैंमा अन्य वर्षभन्दा अपराध निकै कम भएको र अब काठमाडौंमा गुन्डा तथा अपराधीको राज समाप्त भएको घोषणा गरेका छन् । 

“कानुन हातमा लिएर, मसल देखाएर जनता लुट्ने गुन्डानाइके चरीलाई सुइँक्याइयो, एरिया तोकेर आफ्नो किल्ला सम्झिने घैंटेलाई पनि सिध्याइयो । उनीहरुका गुरु दीपक मनाङ्गे जेलमा बाँधिएर बसेका छन् । अब गुन्डाका दिन गए,” ५ सयभन्दा बढी सहभागी एक सार्वजनिक कार्यक्रममा काठमाडौं प्रहरी परिसर प्रमुख थापाले भने । राजनीतिक आवरणमा उदाएको गुन्डा राजको अन्त्य भएको घोषणा गर्दै उनले हतियार र त्रास देखाएर अरुको पसिना चुस्नेहरू ठेगान लागिसकेको दाबी गरे । “अब केही चोरहरू बाँकी छन्, तिनका दिन पनि छिट्टै सकिँदैछन्,” उनले भने । एसएसपी थापा आइतबार बिहान काडमाडौंको नेपालटारमा भएको अन्तत्र्रिmया कार्यक्रममा बोल्दै थिए । 
दुई गुन्डा मारिएकाले धेरै गुन्डाहरू दुलामा पसेको भन्दै एसएसपी थापाले भने, “पहिलेको जस्तो राजनीतिक संरक्षणको आडमा जनतालाई लुट्ने आशा अब नगरे हुन्छ । दुला पसेका गुन्डा बाहिर निस्के भने तिनलाई छाडिँदैन ।”
केही समयअघिसम्म काठमाडौंका पार्किङदेखि विभिन्न ठेकापट्टामा गुन्डाहरूको हालीमुहाली हुन्थ्यो । साधारण व्यवसायीले सरकारी टेन्डर भर्नका लागि फर्म नपाउने र पाए पनि भरेर बुझाउन नसक्ने अवस्था थियो । कतिपय गुन्डाहरू व्यापारीलाई विभिन्न डरत्रास देखाएर सिधै लुट्न सक्रिय थिए । अहिले यस्तो असुरक्षाको वातावरणमा निकै कमी आएको प्रहरीको दाबी छ । चरी र घैंटे उपनाम राखेका दुई गुन्डा क्रमशः दिनेश अधिकारी र कुमार श्रेष्ठको प्रहरीको इन्काउन्टरमा मृत्यु भएको छ । गुन्डाका गुरु दीपक मनाङ्गे जेल परेपछि सुरक्षा अवस्थामा निकै सुधार आएको तथा गुन्डाहरूको भागाभाग भएको छ । 
तर, गुन्डागर्दी सम्पूर्ण रूपमा नसकिएको र पछिल्ला दिनमा अपराधीले शैली परिर्वतन गरेर अपराध कर्म गर्न सुरु गरेको बारे प्रहरीलाई थाहा भइसकेको छ भन्दै थापाले भने, “हामीलाई नयाँ अपराध शैलीको पनि जानकारी भइसकेको छ । तर, अझै सुध्रिन समय दिएका छौं । अटेर गरे उनीहरू पनि बाँकी रहँदैनन् ।” 
तिहार आएपछि विभिन्न क्लब र टोल सुधार समितिका नाममा कसैले चन्दा माग्यो र कसैले उपहार चिठ्ठा खेलायो भने प्रहरीलाई खबर गर्न पनि थापाले अनुरोध गरेका छन् । 
एसएसपी थापाका अनुसार अघिल्लो दसैंको भन्दा यो वर्षको दसैंमा काठमाडौंमा चोरी डकैतीका घटनाम कमी आयो । गएको वर्षको दसैंमा ५० वटा ठूला चोरीका घटना भएका थिए भने यो वर्ष ठूलो चोरीको घटना एउटामात्र भयो । नागरिकले ढुक्कले दसैं मनाउन पाउन् भन्नका लागि विगतका कमी कमजोरीलाई अध्ययन गर्दै वैज्ञानिक सुरक्षा व्यवस्था लागू गरेको प्रहरीले बताएको छ ।
NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक ७, २०७३  १४:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC