site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नेपाल प्रवासी तराई–मधेस मञ्च कतारको अध्यक्षमा अहमदीन खान चयन
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
काठमाडौं । तराई मधेस लोकतान्त्रिक पार्टीको भ्रातृ संगठन नेपाल प्रवासी तराई–मधेस मञ्च कतारको प्रथम अधिवेशनले मो. अहमदीन खानलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । कात्तिक पाँच गते सम्पन्न सो अधिवेशनले उपाध्यक्षमा उपेन्द्र गोदान, महामन्त्रीमा चन्द्रबीरकुमार यादव, सह–महामन्त्रीमा राम गुप्ता, कोाषाध्यक्षमा यासिन राइनलाई निर्वाचित गरेको छ ।  अधिवेशनको उद्घाटन गर्दै तमलोपाका उपाध्यक्ष बृषेश चन्द्रलालले समानता, स्वशासन, जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्वले मात्र राष्ट्र बलियो हुने धारणा राखेका थिए । उनले मधेसी जनतामाथि विभेद राख्नेहरुले नै जनताको मनोविज्ञानमा विभाजनको रेखा कोरी राष्ट्रियतालाई कमजोर पारेको आरोप लगाएका थिए । 
अधिवेशनले २६ जना सदस्यलाई समेत निर्वाचित गरेको छ । निर्वाचित हुनेहरुमा अब्दुल सलामुद्दीन खान, शिवकुमार महतो, राजीव चौधरी कुर्मी, मो. मुजाहिद, दिवाकर झा, सुरेन्द्र कुमार दास, राजकिसोर साह, शयाम कुमार साह, कुशेशर साफी, बिशनु लोहिया चन्द्रभान कुहार, हबिब राइन, शेख मोकादाम, राम अशीष गुरमैता यादव, राम बालक रोहिता, हुसैन कासिम राइन, संयोगी कापर, रोहित भण्डारी, होरिल यादव, मो. अजमल मियाँ, मो. मुदासर, तेजीलाल मण्डल, सुरेश प्रसाद यादव, राम कुमार महतो तथा श्यामानन्द झा रहेका छन् ।
अधिवेशनले प्रदीप कुमार यादवको संयोजकत्वमा ६ जनाको सल्लाहकार समिति गठन गरेको तमलोपाले जनाएको छ । प्रथम अधिवेशनले मो. अब्दुल हाई खान र मो. होसामुद्दीन खानसम्मिलित अनुशासन समिति समेत गठन गरेको छ । उनले मधेसी जनतामाथी विभेद गर्नेहरुले जनतामा विभाजनको विउ रोपेको आरोप लगाएका थिए । 
 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक ७, २०७३  १३:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC