site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘पशुपतिप्रसाद’का नायक खगेन्द्रको अर्को चलचित्र ‘धनपति’को स्क्रिप्ट तयार
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । नेपाली कथानक चलचित्र ‘धनपति’ को स्क्रिप्टको पहिलो ड्राफ्ट तयार भएको छ ।
कलाकार तथा नाट्यकर्मी खगेन्द्र लामिछानेले स्क्रिप्टको पहिलो ड्राफ्ट तयार पारेका हुन् ।
उनले आइतबार बिहान ट्वीट गर्दै ‘धनपति’को स्क्रिप्टको ड्राफ्ट तयार भएको जानकारी गराएका हुन् । 
दिपेन्द्र के खनालले निर्देशन गर्ने चलचित्र ‘धनपति’ मा खगेन्द्र लामिछानेले लिड रोल गर्दैछन् । “कलाकार को–को राख्ने भन्ने विषमा सबै टुङो लागिसकेको छैन, तर ‘धनपति’को रोल भने खगेन्द्र जीले नै गर्दैहुनुहुन्छ,” निर्देशक खनालले भने,“अरु कलाकार को–को  लिने भन्ने विषयमा माइन्ड मेकअप गरेको छु तर, पछि परिवर्तन पनि गर्नुपर्ने हुनसक्छ त्यसैले अहिले सार्वजनिक नगरौं ।”
उनले सिनेमा एक जना हिरोइन भने नयाँ अनुहार खोजिरहेको भन्दै अडिसनबाट लिने सोच बनाइरहेको जानकारी दिए । नाचगानमा पोख्त भन्दा पनि कथा भन्नसक्ने नायिकाको खोजि गरिरहेको भन्दै उनले आर्यन फेस नै आफूले चाहेको बताए । 
चलचित्र कस्तो हुन्छ भन्ने प्रश्नमा खनाल भन्छन्,“सोसल ड्रामा नै हुन्छ । ‘पशुपतिप्रसाद’ जस्तै हो । तर, त्यो सानो विषमा सिमित थियो भने ‘धनपति’ अलि ब्रोड विषयमा हुन्छ ।” 
माघको पहिलो साताबाट छायांकन सुरु हुने चलचित्रको लोकेशन काठमाडौं र तराइका केही जिल्ला निर्देशक खनालले बताए । ‘धनपति’ २०७४ सालमा रिलिज गर्ने खनालले जानकारी दिए ।
    
 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक ७, २०७३  १२:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC