खेल
मड्रिड । बार्सिलोनाका कप्तान आन्द्रेस इनिष्टा करिव दुई महिना मैदान बाहिर हुने भएका छन् । शनिबार राति ला लिगामा बार्सिलोनाले भ्यालेन्सियालाई ३–२ गोल अन्तरले हराएको खेलको १२ औं मिनेटमा भ्यालेन्सियाका खेलाडी इन्जो पेरेजसँग ठोकिदै घाइते भएका थिए । उनको घुँडाको लिगामेन्टमा चोट लागेको छ । उनले च्याम्पियन्स लिगको समूह चरणका बाँकी खेल गुमाउने सम्भावना छ । नोभेम्बर १ मा इंग्लिस क्लब म्यानचेष्टर सिटीविरुद्धको खेलमा भने उनी खेल्न नसक्ने पक्का भइसकेको छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक ७, २०७३ ०८:३९
प्रतिक्रिया दिनुहोस्