site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
कांग्रेस र माओवादीको अनिर्णयले अन्योल, महाभियोग प्रस्ताव आज संसद्मा पेस गर्ने तयारी
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । व्यवस्थापिका–संसद्मा दर्ता भएको महाभियोगको प्रस्तावका विषयमा कांग्रेस र माओवादी केन्द्रले निर्णय नगर्दा संसद्को कार्यसूची अन्यौलमा परेको छ । बिहीवार नै महाभियोग प्रस्ताव व्यवस्थापिका– संसद्मा पेस गर्ने कार्यसूची तय भएको थियो । तर सभामुख ओनसरी घर्तीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन दिन संसद्को बैठक स्थगित गरिदिन आग्रह गरेका थिए । 
त्यसपछि सभामुख घर्तीले सूचना टाँस गरेर  संसद्को बैठक स्थगित गर्न सचिवालयलाई निर्देशन दिएकी थिइन् । संसद्को बैठक आज विहान ११ बजेका लागि बोलाइएको भए पनि अहिलेसम्म कांग्रेस र माओवादी केन्द्रले निर्णय गर्न सकेका छ्रैनन् ।  कांग्रेसले केन्द्रीय समितिको बैठक जारी रहेको भन्दै निर्णय गर्न सकेको छैन भने माओवादी केन्द्रले निर्णय गर्ने अधिकार अध्यक्ष दाहाललाई दिएको छ ।
प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति देउवाबीच शनिबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता गरेर आइतबार बिहान बस्ने बैठकमा प्रस्ताव पेस गरेर सभामुखले छलफलको मिति र समय तय गर्ने भन्ने बारेमा छलफल भएको बालुवाटार स्रोतले जानकारी दिएको छ ।
तर यस्तो महत्वपुर्ण विषय संसद्मा प्रवेश गर्दा पनि सभामुखले प्रमुख सचेतकहरुसँग छलफल नगरेको भन्दै कांग्रेसले असन्तुष्टि जनाएको छ ।
“यस्तो महत्वपूर्ण विषय संसद्मा पेस भएको छ,” कांग्रेस प्रमुख सचेतक चिनकाजी श्रेष्ठले बाह्रखरीसँग भने, “तर अहिलेसम्म सभामुखले छलफल समेत गर्नुभएको छैन । किन ?”
उनले संसद्को सम्भावित कार्यसूचीमा राखिएकाले आजको संसद्को बैठकमा महाभियोग प्रस्ताव पेस हुन सक्ने बताए ।
सभामुख घर्तीका प्रेस सल्लाहकार वविन शर्माले पनि आजको बैठकमा महाभियोग प्रस्तावका विषयमा सभामुखले छलफलको मिति र समय तय गर्ने जानकारी दिए ।
 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक ७, २०७३  ०७:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC