site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
अनिद्रा नै मेरा अम्मलहरू
भोक नै मेरा नशा
सोचाइ नै मेरा खुराकहरू
तिर्खा नै मेरा पेसा
आँसु नै मेरा अधिकारहरू
हाँसो नै मेरा बेकार
आशा नै मेरा पुकारहरू
निराशा नै मेरा साकार
दुखाइ नै मेरा अनुभवहरू
तड्पाइ नै मेरा संघर्ष
थकाइ नै मेरा विचारहरू
भोगाइ नै मेरा निष्कर्ष
बाधा नै मेरा नाशोहरू
समस्या नै मेरा पाशो
चिन्ता नै मेरा स्रोतहरू
तनाव नै मेरा चासो
कर्जा नै मेरा रगतहरू
व्याज नै मेरा पसिना
दैव नै मेरा वर्षाहरू
दशा नै मेरा असिना
यात्रा नै मेरा काँडाहरू
पैदल नै मेरा पीडा
इच्छा नै मेरा पंक्षीहरू
मजवुरी नै मेरा पिंजडा
सत्यता नै मेरा विशेषताहरू
इमान्दारिता नै मेरा जुक्ती
स्तव्ध नै मेरा कैदहरू
आवाज नै मेरा मुक्ती
अटल नै मेरा क्रान्तीहरू
धैर्यता नै मेरा नारा
मलामी नै मेरा जन्तीहरू
मौनता नै मेरा सारा
छट्पटाइ नै मेरा मलमहरू
मुर्छीत नै मेरा राहत
टुहुरा नै मेरा दिनहरू
आमा नै मेरा रात
हानी नै मेरा पागलपनहरू
बानी नै मेरा विश्वास
बल्झाइ नै मेरा साहसहरू
डसाइ नै मेरा आँट
बर्बराउनु नै मेरा रचनाहरू
गुन्गुनाउनु नै मेरा गित
ढुक्ढुकी नै मेरा तालहरू
मुटु नै मेरा संगीत
दुनियाँ नै मेरा परायहरू
एकान्त नै मेरा प्रिय
समाज नै मेरा व्यर्थहरू
अज्ञात नै मेरा अर्थ
संसार नै मेरा शत्रुहरू
शून्य नै मेरा मित्र
बेहोसी नै मेरा मन्त्रहरू
होस नै मेरा शूत्र
ताना नै मेरा कोपिलाहरू
चाहना नै मेरा फूल
धुन नै मेरा धिक्कारहरू
इच्छा नै मेरा भुल
फुल्ने नै मेरा रहरहरू
भुल्ने नै मेरा मन
शोक नै मरा शक्तीहरू
वेदना नै मेरा धन
जुन्कीरी नै मेरा अप्सराहरू
जून नै मेरा महल
बादल नै मेरा सपनाहरू
आकाश नै मेरा पहल
जीवन नै मेरा मृत्युहरू
जीवन नै मेरा व्यथा
जिउनु नै मेरा पीडाहरू
जुनी नै मेरा कथा
 
निर्मल बेहोसी
हाल– ग्वाङ्जौ चीन
NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक ६, २०७३  १०:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC