site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
जसको नसामा चित्रकला बग्छ
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
वैशाख १२ गतेको दिन थियो । बादलले चारैतिर ढाकेकाले अन्धकार थियो । एक्कासि जमिन हल्लिन थाल्यो । वरपरका सबै भूकम्प आयो भन्दै भागाभाग गर्न थाले । डा. रामकुमार भौकाजी पनि सुरक्षित स्थान खोज्दै भाग्न थाले । शनिबार भएकाले उनी पाटन कृष्ण मन्दिर छेउकै तीन तले घरमा कलासम्बन्धी छलफलमा व्यस्त थिए ।
“सिकाएजस्तो गर्न नसकिँदो रहेछ,” उनले अनुभव सुनाए, “चित्र र पोस्टरमार्फत भूकम्पबाट बच्ने तरिका सिकाएका थियौं, आफैंलाई पर्दा नसकिने रहेछ ।”
उनले टेबुल, पलङमुनि, घरको ढोका, झ्याल र कुनामा लुक्नुपर्छ भन्ने सिकाएका थिए । उनैले त्यो कुरा अपनाउन सकेनन् । जसोतसो ढोकाको दलिनसम्म समाउन पुगे । तर, दलिनमाथिको गारोले थिच्ला भन्ने डर थियो । घर बलियो भएकाले बाँचे । भूकम्प रोकिएपछि उनी बाहिर आए । हत्तपत्त बानेश्वरको घर र आफन्त सम्झिए । दौडिएर पुगे । घर र आफन्त सबै सुरक्षित पाएपछि सन्तोषको सास फेरे ।
आफ्नै आँखाअगाडि लडेको कृष्ण मन्दिरले उनको मन अशान्त थियो । पुराना र ऐतिहासिक सम्पदालाई उनी निकै माया गर्छन्, त्यसैले पनि आँखैअगाडि ढलेको मन्दिर देख्दा चित्त दुखेको थियो । चित्र बनाएर बस्ने ठाउँ थियो उनको त्यो । 
भूकम्प गएपछि घरमा बस्न नसकेर सबै घरबाहिर थिए । कोही उद्धारमा खटिएका थिए त कोही पाल टाँग्नमा व्यस्त । कोही राहत बाँड्दै थिए त कोही खानेकुराको जोहो गर्न जुटेका थिए ।
रामकुमारलाई भने कसरी र कहाँ गएर चित्र बनाउने होला भने चिन्ताले सताइरहेको थियो । चिन्ता हटाउनकै लागि उनले १३ गतेबाटै ठाउँ खोज्न थाले । भक्तपुरको लुगु भन्ने ठाउँबाट सुरु गरे । मान्छे मरेको, ढलेको घरमा पुरिएका मान्छेको शव खनेर निकालेको, रोइरहेको आदि दृश्य देखे । यी दृश्य देखेपछि उनको ब्रस अघि बढ्न सकेन । भन्छन्, “चित्र बनाउन पनि मुड चाहिन्छ, राम्रो वातावरण हुनुपर्छ, जुन भूकम्पको बेला थिएन । चित्र बनाउन सकिनँ अनि उद्धार तथा राहत वितरण र सूचना संकलन गर्न थालें ।” 
पत्रकारसमेत जान नसक्ने अवस्था थियो । उनले राष्ट्रिय समाचार समितिलाई सूचना दिएर सहयोग गरे । समाचार एजेन्सीले पनि उनीबाटै थप सूचना माग्न थाल्यो । करिब एक हप्तासम्म उनले यस्तै काम गरे र चित्र बनाउन उपयुक्त स्थान खोजिरहे । छैटाैं दिनबाट उनी चित्र बनाउनकै लागि भनेर कस्सिए । भूकम्प रोकिएकै थिएन । बेलाबेला परकम्प गइरहन्थे तर पनि उनले चित्र बनाइरहे । भूकम्पले क्षतिग्रस्त भएका मठमन्दिर, मानवीय संवेदना बोकेका दृश्यलाई कैद गर्दै उनले करिब सयवटा चित्र बनाइसकेका छन् । परकम्प जाँदा आफूले बनाइरहेको चित्र समाउँदै भाग्थे । 
कलमले नापेर चित्र बनाउँदा अलि समय लाग्ने भएकाले उनले रंगकै भरमा जस्ताको तस्तै पेन्टिङ उतार्ने प्रयास गर्थे । साँखु, सुन्दरीजलको बीपी संग्रहालय, बसन्तपुर दरबार स्क्वायर, चाँगुनारायण, स्वयम्भू तथा जिल्लामा गएर पनि चित्र बनाए । आफूले बनाएको चित्र संग्रह गरेर पुस्तक निकाल्ने योजना छ उनको ।
भौकाजीले चित्र बनाएको देखेर मान्थेहरू हाँस्ने गर्थे । कतिपयले त पागल पनि भने । ‘काम नपाएको भए राहत बाँडे भइगो नि, किन चित्र बनाएर बस्छस् ?’ भनेर अत्तो थाप्ने पनि थुप्रै थिए । उनले परिवारबाट समेत सहयोग पाएनन् । तर पनि चित्र बनाउने कामलाई निरन्तरता दिए । 
चित्रकला विद्यालय भत्किँदा 
शंखमूलमा विष्णुको मन्दिर छ । मन्दिर पूर्ण रूपले क्षतिग्रस्त अवस्थामा छ । जुनसुकै बेला माटोमा मिल्न सक्छ, जहाँ बसेर उनले विदेशी तथा स्वदेशीलाई चित्रकला सिकाउँथे । त्यसैले उनी त्यो मन्दिरलाई चित्रकला विद्यालय भन्छन् । अझै पनि उनी त्यस ठाउँमा बसेर चित्र बनाउने गर्छन् । मन्दिर बनाउन पहल गर्दा पनि कसैले नसुनिदिएको उनको गुनासो छ । 
सेनाले लखेटे 
भूकम्पको समय त्यसै पनि असुरक्षित नै हुन्छ । ऐतिहासिक सम्पदाको सुरक्षा दिन बसेका पहरेदार सेनाले सुरक्षाको कारण देखाउँदै उठाएर भगाएको अनुभव उनीसँग छ ।
काष्ठमण्डपको चित्र बनाउने भनेर उनी वसन्तरपुर गए । त्यहाँ समूह–समूहका क्याम्प देखे । त्यहाँ गएर चित्र बनाउने अनुमति मागे तर पाएनन् ।
“म यहाँ बसेर चित्र बनाउन सक्छु ?” उनले सोधे भद्र भएर । 
तर, उनीहरूले ठाडै अस्वीकार गर्दै ‘सक्दैनस्’ भने । उनले प्रहरीलाई पनि अनुरोध गरे, त्यहाँबाट पनि अनुमति पाएनन् । 
केही समयपछि उनले हनुमानढोकाको अगाडि बसेर चित्र बनाउन प्रयास गरिरहेका थिए । सुरक्षाको कारण देखाउँदै सेनाले उनलाई त्यहाँबाट पनि उठाएर भगाए । उनी लुकी–लुकी सेना नभएको मौका छोपेर चित्र बनाउँथे ।
चित्रप्रतिको मोह 
त्यतिबेला हुलाक सञ्चारमाध्यमको एकमात्र स्रोत थियो । चिठी पठाउँदा खाममा टिकट टाँस्नुपथ्र्यो । तर, गाउँमा हुलाक टिकट पाउनै मुस्किल । टिकटलाई ६ पैसा पथ्र्यो । उनले काठमाडौंबाट टिकट मगाएर र त्यसको कपी बनाए । खाममा टाँसे र मामाघरमा चिठी पठाए । उनको त्यो कामबारे हुलाकले पत्तै पाएन, बरु छाप लगाएर मामाघरमा चिठी पुर्याइदियो । हुलाकीले पनि चाल पाएनन् । उनी हौसिए र त्यसरी नै चिठी पठाउन थाले । यो क्रम लामो समयसम्म चल्यो । त्यतिबेला उनी ६ वर्षको मात्रै थिए । उनलाई अचेल बल्ल लाग्छ– त्यो गलत काम थियो । यस्तो विगत सम्झेर उनी अहिले हाँस्छन् । 
३ कक्षामा विज्ञान विषयको परीक्षा दिन हलमा बसिरहेका थिए । सबै परीक्षार्थीले शान्त भएर प्रश्नको उत्तर लेखिरहेका थिए । तर, उनी चित्रमात्रै बनाइरहेका थिए । चित्रबाटै सबै प्रश्नको उत्तर दिए, जसले गर्दा उनी फेल भए । उनले ३ कक्षा दोहोर्यानुपर्यो । त्यति गर्दा पनि उनले परिवारबाट गाली पाएनन्, बरु पढ्नुपर्छ, डाक्टर बन्नुपर्छ भनेर बुबाले सम्झाए । त्यतिबेलाको सिस्टम के राम्रो रहेछ भने ६० नम्बर ल्याएपछि कक्षा बढाउन पाइन्थ्यो । उनले इख लिएर पढे अनि ६० नम्बर ल्याएर एकै पटक ५ कक्षामा भर्ना भए ।
विद्यालयमा नाटक प्रतियोगिता हुन्थ्यो कृष्ण जन्माष्टमीका दिन । प्रतियोगितामा उनले पोस्टर बनाउने काम गर्थे । कथाले मागेअनुसार जोडीका पोस्टर बनाउँथे उनी । यसले उनको करिअरको पहिलो ढोका खोलिदियो । उनको काम देखेर साथीले हौस्याए । उनी पनि मख्ख पर्थे ।
डाक्टर बनाउने सपना 
आमाबुबाको सपना छोरालाई डक्टर बनाउने थियो । राम्रै परिवारमा जन्मिएकाले शिक्षाप्रति परिवार निकै सचेत थियो । उनी पनि पढाइमा अब्बल थिए । रामेछापको सानीटार बजारमा उनको जन्म भएको थियो । गाउँको अनकन्टार ठाउँमा जन्म भए पनि उनको बाल्यकाल सुखद् बित्यो । उनका बुबाको डक्टर बनाउने सोच थियो । तर, उनको सोख चित्रकलामा थियो । 
डक्टर बनेर बिरामीको सेवा नगरे पनि आफ्नो नामको अगाडि पीएचडी डक्टरको नाम लेखाउन उनी सफल भए ।
हिमगंगा प्राथमिक विद्यालयबाट उनले औपचारिक शिक्षा लिए । खासगरी आफ्नै छोराछोरीलाई पढाउन भनेर उनकै बुबाले स्कुल खोलेका रहेछन् । उनलाई डक्टर बनाउने भनेर घरमै शिक्षक राखेर पढाइन्थ्यो । तर, उनले कहिल्यै पनि त्यतातिर ध्यान दिएनन् ।
गाउँमा बसेर छोराको पढाइ बिग्रने डरले बुबाले उनलाई दार्जिलिङ पठाउने सोच बनाए । त्यही सोचअनुरूप उनलाई २०१८ मा काठमाडौं ल्याइयो । सानै भएकाले बाहिर नपठाउने निधो परिवारले ग¥यो । काठमाडौंमै राम्रो विद्यालय मानिने सेन्ट जेभियर्समा इन्ट्रान्स दिए । तर, ठूलो भएको भन्दै स्कुलले भर्ना लिन मानेन । अन्य विद्यार्थीको तुलनामा उनी अग्ला थिए । त्यसपछि उनले पद्मोदयमा पढ्न थाले । त्यतिबेला पद्मोदयलाई राम्रै विद्यालयको रूपमा गनिन्थ्यो । उनले ०२५ सालमा प्रथम श्रेणीमा एसएलसी पास गरे । त्यसपछि उनी कहिल्यै दोस्रो भएनन् ।
आमाबुबाको चित बुझाउनका लागि नेपाली विषय लिएर महेन्द्र रत्न क्याम्पसमा पढ्न थाले । तर, उनको इच्छा चित्रकला पढ्ने थियो । यसका लागि उनीसँग पैसा थिएन, परिवारको सहयोग थिएन । उनले ललितकला क्याम्पसमा छात्रवृत्ति पाए र आईए पढ्न थाले । चित्रकला पढेर बाहिर जाने सोचअनुरूप फ्रेन्च भाषाको कक्षा पनि लिए ।
हातमा सीप चाहिन्छ, बाँचिन्छ भन्ने लाग्थ्यो उनलाई । आफूलाई सीपमा सिद्धहस्त बनाउन जुटे । ५ वर्ष पढ्दा उनले राम्रो नम्बर ल्याए । रसियामा कला विषय पढ्न सरकारी छात्रवृत्ति पनि पाए । दरबारबाट सिफारिस गरिएको विद्यार्थी पठाउने भनेर आदेश आएको थियो । उनी त्यसको विरोधमा उत्रिए । धेरै पहल गर्दा मात्रै रसियन दूतावासले उनको माग सुन्यो । ‘जसको सिफारिस आए पनि तिमी पढ्न जान्छौ, एक हप्तामा तयार भएर बस’ भनियो । उनले शिक्षा मन्त्रालयका सचिवलाई सुनाए । दूतावासको निर्णय सुनेपछि मन्त्रालयले उनलाई नै सिफारिस गरेर पठायो ।
उनी रसिया जाँदा एक वर्ष ढिला भइसकेको थियो । एउटा सेमेस्टरमात्रै पढ्न पाए । भाषा पनि सिक्नुपर्ने थियो । उनले रोजेको विश्वविद्यालय पढ्न पाउने भए । उनले लेनिनग्राद स्टेट युनिभर्सिटी पढ्ने निधो गरे । तर, शिक्षा मन्त्रालयका कर्मचारीले मस्को स्टेट आर्ट इन्स्टिच्युट राम्रो हो भनेपछि त्यहीँ गए । करिब १२ वर्षको बसाइपछि चित्रकलाविद् बनेर उनी नेपाल फर्किए ।
भौकाजीले आफ्नो पूरै जिन्दगी चित्रकलाको उत्थान तथा सम्वद्र्धनमा बिताएका छन् । उनले युरोपियन शैलीमा पेन्सिलले नापेर स्कुले विद्यार्थीलाई चित्रकला सिकाउँदै आएका छन् । द राइजिङ क्रिएटर र नेपाल एसिया सुकिराभो आर्ट क्लबको सहयोगमा उनले १८ सय बालबालिकालाई चित्रकला सिकाइसकेका छन् । उनले बनाउने अधिकांश चित्रमा राष्ट्रियताको झल्को पाइन्छ । जस्तोसुकै विषयवस्तु भए पनि उनको कलर र कम्पोजिसनमा राष्ट्रियता झल्किन्छ । उनका अनुसार ब्राइटनेस र न्यानोपन नै चित्रकला हो ।
उनले आफ्नै खर्चमा नेपाली कला तथा संस्कृति संरक्षणको अनुसन्धान पनि गर्दै आएका छन् । उनले ‘माई नेपाल सिरिज’ सुरुवात गरे । हालसम्म करिब ४५ पटक चित्रकला प्रदर्शनी गरिसकेका छन् । उनीसँग ‘माई नेपाल’का २ हजार चित्र छन् ।
 
NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक ६, २०७३  १०:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC