site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
पोखरामा जब मलाई ‘बलात्कार’ प्रयास भयो...
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
आजकल जीवन फिरफिरे छ । जाँड पिएको मानिसले मरिलानु के छ यार, आजै खाने हो भनेर एक माना कोदोको जाँड थप्न विनम्र अनुरोध गरेजस्तै म आफूलाई विनम्रताको अन्तिम बिन्दुमा पुर्याएर बडो शालिन बनाउन खोज्छु । घुमौं, फिरौं नाफाको जिन्दगी त हो भन्ने लाग्छ । म मरेर गएको भए न मेरो बिहे हुन्थ्यो, न सन्तानको मुख देख्न पाइन्थ्यो । कम्तिमा श्रीमती र सन्तानको मुख देख्न पाएकोमा आफूलाई महान तथा गौरवशाली ठान्छु ।
एकबारको जुनीमा ‘अम्मल’ भन्ने जिनिस पनि अचम्मै रहेछ । घरबाट निस्केर हिँडेपछि हिँडेको–हिँड्यै । पहिले–पहिले गएको ठाउँमा फेरि पुग्न मन लाग्छ । मागेरै खाने बानी लागेजस्तो साथमा एक सुका पैसा भएन भने पनि खानाबिना मरिँदैन भन्ने लाग्छ । यदि खानाबिना मरेछु भने मेरो लाश गिद्धले खाए पनि हुन्छ, गिद्द त अघाउँछन् । गत हप्ता पोखराको एकजना प्रिय तथा पुराना मित्रले भने, “ए गिद्ध ! फर्किने बेलामा मेरो घरमा पस है ।”
लामो समयपछि कसैले मेरो घरमा बस्न आइज भनेर अनुरोध गरेको थियो । हर्षविभोर भएर आँखामा आँशु नै आउलाजस्तो भयो । भाउ नखोजिकन आउँछु भनिदिएँ । खासमा घरदेखि राजधानी फर्किंदा पोखरा छिचोल्नुपर्छ । त्यही समयलाई मौकाको रूपमा सदुपयोग गर्न एकदिन पोखरा बस्ने निधो गरें । मित्रले खानपिन राम्रै गराउँछन्– त्यो पेय पदार्थ होस् वा मसलन्द । विगतका अनुभवले पनि मलाई यो कुराको यथार्थबोध गराएको त छँदैथियो । म उत्साहित भएर पोखरा रोकिएँ ।
मित्रको घर लेकसाइडमा छ । पहिले त हैसियत समान थियो । उबेलामा दुई कप चिया पनि उधारै बजाइन्थ्यो । कुनै लाज शरम लाग्थेन । अहिले मित्र धेरै माथि पुगेछन् । हिमाल देखिनेतिर आफू सुत्ने झ्याल फर्काएका छन् । लाग्यो– दुई नम्बरी धन्दाले कहाँको मानिसलाई कहाँ पु¥याउँदो रहेछ । बाहिर सडकमा निस्कँदा लाज होला भनेर साथीको मान राख्न आधा नेपाली र आधा इंगलिसमा वार्तालाप गरेजस्तो नाटक गरें ।
त्यतिखेर म शाकाहारी भइसकेको थिइनँ । सबै प्रजातिका जनावरको सिकार खान दियो उसले । नाइँनास्ती गर्ने कुरै थिएन । मित्रले माया गरी खान दिएको चिज नाइँनास्ती गर्ने प्रसंग पनि आएन । कोपनहेगनमा निर्मित बियरहरू यति धेरै पिएँ, मानौं पेटमा सानोतोनो समुद्र नै खडा हुँदैछ । खडा त के के हुँदैछ– जे होस् हुँदैछ । फेरि झम्म परेपछि मित्रको रुने बानी, मेरोचाहिँ जोसुकैसँग भए पनि मोबाइलमा गफिन पर्ने ।
कोपनहेगनको करिब एक दर्जन पेय पदार्थको भाँडो रित्तो बनेपछि मलाई जोडसँग पिसाब लाग्यो । झोलामा रहेको पैसा निकालेर म रिचार्ज कार्ड किन्न निस्कन्छु भनेर निस्कें, पिसाब नि फेरें । मित्र के वेदनाको गहिराइमा पुगेर रोएको हो, थाहा थिएन । दुई नम्बरी मान्छेको पनि पीडा हुँदोरहेछ । भावना हुँदोरहेछ । मन दुख्ने कुरा सम्झिनको लागि संस्मरण हुँदोरहेछ । जे होस्– ऊ रोइरहेको थियो ।
रिचार्ज कार्ड किन्न रातको ११ बजे म बाहिर निस्किएँ । लेकसाइडमा प्रायः विदेशी गोराहरूको भीड हुन्छ । पैसावाला नेपाली नि रमाइलो गर्न जान्छन् त्यहाँ । लेकसाइड घर भएका कोही चिनारू छन् भने केवल भाइसाथीको नाताले संयोगवश, आक्कलझुक्कल हामी पनि पुगिन्छ, पैसा लाग्दैन । रिचार्ज कार्ड किन्न १११ भन्दा धेरै पसल पुगे हुँला, तर पाउन सकिनँ । शायद त्यो रिचार्ज कार्ड किन्नको लागि उपयुक्त स्थान थिएन ।
कपडा पसलको भाइले अलि पर पाइन्छ भनेपछि म त्यो अलि परको खोजीमा गएँ, धेरै परसम्म । अन्ततः १०० रुपैयाँको रिचार्ड कार्ड हातमा पर्यो । खुसीले गद्गद् भएँ । रिचार्ड कार्ड खल्तीमा राखेर फर्कंदै थिएँ किनभने मोबाइल मित्रकै घरमा थियो । मित्र रोइरहेका थिए । मेरो थिम, विम्ब अझै बाँकी थियो । पेय पदार्थ र शिकार त त्यो मित्रको घरमा कहिल्यै सकिँदैन । पहिल्यैदेखि थाहा भएको कुरा हो यो । 
म सडकमा आफ्नै सुरमा हिँडिरहेको थिएँ । अचानक अप्रत्याशित आवाज आयो, “कम अन बेबी कम अन ।”
वरिपरि अरु खितितिती हाँसेको आवाज पनि सुनियो । यो आवाज महिला–पुरुष मिश्रित थियो । ‘कम अन बेबी कम अन’ भन्ने आवाज पोर्न मुभीमा सुनेको थिएँ । नेपालमा पँुजीवादी व्यवस्था आए पनि दुई–चार खेपजति यो चलचित्र हेरेर ‘नजरअन्दाज’ गरेको छु मैले ।
अरे यार ! यो रातमा सडकको बीचमा कसले भन्दैछ ‘कम अन बेबि कम अन ?’
म उनीहरूतिर गएँ । मुहार उज्यालो बनाउँदै गएँ । शरीरमा एक किसिमको फुर्तिफार्ति देखियोस् भनेर आफूलाई तयार गरें । अनि भनें, “हु आर यु गाइज ?”
आम्मामामा ... ! पोखरामा भैंसी पनि अंग्रेजी बोल्छ भन्थे कुनै जमानामा, साँचो रहेछ । उनीहरू त फरर अंग्रेजी  बोल्न थाले । त्यसपछि मेरो अंग्रेजी लवजको स्वतः निधन भयो ।
“के काम छ मसँग ? किन बोलाएको मलाई ?” मैले सोधें ।
एकजना मेरो अगाडि आए । म उनलाई के भनूँ ! अनुहार पुरुषको जस्तै थियो, स्वर र कपडा महिलाको । मैले केही अनुमानै गर्न सकिनँ ।
तिनको नाम रहेछ रुवी । रुवीले एक्कासि मेरो कमिज तानिन् र आफ्नो शरीरतिर मेरो छाती झुकाइन् । र, फेरि लामो सास तानिन् ।
“अरे यार के गरेको यस्तो ? छोड मलाई, जे पायो त्यही यार !” म झर्किएँ ।
त्यसपछि रुवीका साथीहरू आए । ६ जनाजति साथी मेरो वरिपरि थिए । यस्तो लाग्थ्यो, म अपहरणमा पर्दैछु वा यौन दुव्र्यवहार भोग्नको लागि तयारी अवस्थामा छु ।
रुवीका साथीहरूले मलाई पालैपालो समात्न थाले । कसैको मुख मेरो मुखमा जोडिन आएको हुन्थ्यो । कसैले पाखुरा तानिरहेका हुन्थे । कसैले संवेदनशील अंगमा हात पुर्याइसकेका हुन्थे । कसैले कपाल तानिरहेका हुन्थे । कसैले साप्रा समातिरहेका थिए । एकजनाले त खल्तीमा भएको मेरो रिचार्ड कार्ड थुतेर आफ्नो मोबाइलमा रिचार्ज गरिसकेको थियो ।
वरिपरि कोही थिएनन्, अँध्यारो थियो । मेरो होश ठाउँमा थिएन । संसार सकिएझैं लाग्यो । आफ्नो घरमा बस्न बोलाएको मित्रलाई सम्झें । घरपरिवार र अरु साथीभाइलाई सम्झें । जीवनमा गरेका राम्रा–नराम्रा काम सम्झें । छोराछोरीलाई सम्झें । बाबा–आमालाई सम्झें । मलाई लाग्यो– यिनीहरूले मलाई मार्छन् । युवाहरूले महिलालाई बलात्कार गरेपछि मारेका कैयौं उदाहरण छन् ।
आङ सिरिंग भयो ।
मेरो माथिका सम्पूर्ण लुगा फुकालिए । बिजुलीको खम्बामा बलिरहेको उज्यालोका कारण गन्जी अलिपरको क्षितिजमा नजर आएको थियो । जुत्ता अलि वर देखिन्थ्यो । अब उनीहरुको भौतिक हमला थियो कम्मरभन्दा मुनि । म एकपालि जोडले चिच्चाएँ, “गुहार ! ए कोही छ ?”
म चिच्चाइरहें ।
मेरो चिच्याहट कसैले सुनेन । नजिकै पुरानो बस थियो । झाडीजस्ता रुखहरू थिए । चकमन्न अँध्यारो । लगभग मध्यराति । अनि सुनसान सडक ।
मलाई लाग्यो– म जसरी पनि उनीहरूबाट उम्किनै पर्छ । अप्राकृतिक यौनलाई म हृदयदेखि नै घृणा गर्छु । तिनको नितम्बमा आगो लगाउन मन लाग्छ ।
“तिमीहरू को हौ ?” मैले सोधें ।
उनीहरूको उत्तर सुनेर म लल्याकलुलुक भएँ ।
मैले अहिलेसम्म समलिंगी समुदायलाई उच्च सम्मान गरेको छु । कतिपय अवस्थामा तिनको हक र अधिकारको सन्दर्भमा लेखेको छु, बोलेको छु । तिनलाई बोलाउन प्रयोग हुने कतिपय तुच्छ शब्दको घनघोर विरोध गर्छु । ती पनि मानिस हुन्, जनावर होइनन् भन्छु ।
तर, त्यो रात पोखरामा ममाथि जनावरको व्यवहार भयो । म चिच्याएँ, कराएँ, विन्ती गरें– छाड्नुहोस् भनेर । तर, मेरो याचनालाई सुनेनन् । बरु खित्का छाडेर हाँसे, फोहोरी शब्द बोले । मलाई चुम्बन गरे । अरु धेरैथोक गर्ने प्रयास गरे ।
मेरो एकमात्र संकल्प थियो– उनीहरूको प्रयास असफल बनाउँछु । म बलात्कार हुन चाहन्नथें । 
मेरो केही सिप लागेन । संवेदनशील अंगमाथि हमला हुँदै गयो । दुव्र्यवहारको अन्तिम अवस्थामा मैले बल निकालें र लड्ने निधो गरें । हरेक चिजको सीमा हुन्छ, अब सीमा रहेन । न रह्यो बाँस, न बज्यो मुरली । अब बाँस र मुरलीको विरासत जोगाउने कि सुम्पिने भन्नेमा पुगें म । तिनले ममाथि गरेको अपमानजनक आनन्दको खातिर बलि चढ्नुपर्ने भयो कि चढाउनुपर्ने भयो । 
एकजना थिई फुच्ची–फुच्ची । जिउडाल महिलाझैं सर्लक्क परेको तर स्वरचाहिँ पुरुषको । निकै उखरमाउलो भएको थियो उनलाई । एक ‘किक’ निधारमा हान्देको, ड्यांगै ढली । एकछिनपछि पानी, पानी भनी । त्यसको मुखमा एक दिएँ फेरि । त्यसपछि जुरुक्कै उठेर गई । मैले सम्झेसम्म पछाडि नफर्केर दौडिरहेकी थिई ।
(कतिपय सम्बोधनको कुनै लिंग हुँदैन ।)
अब बाँकी रहे पाँच जना । एकजनाको नितम्बमा एक लात हानिदिएँ । बत्तिँदै धेरै पर पुग्यो, त्यसपछि फर्केर अगाडि बढेन । उसको फोन भुइँमा खसेको थियो, लिन पनि आएन । दुई जना आफैं होपलेस भए, हतार गर्दै भागे । बाँकी २ जनालाई म माया गरेरै भए पनि भगाउन सक्थें । तिनलाई भौतिक हमला गरिनँ ।
मैले ती दुईलाई सोधें, “तिमीहरुको घर कहाँ हो ?”
“तनहुँ,” लुछोवाला महिलाको स्वरमा बोलिन् ।
मैले सोधें, “अनि यहाँ के गर्छौ त ?”
गाउँमा सबैले घृणा गरेपछि सहर पसेका रहेछन् । साथीभाइ र परिवारले नै सम्मान नगरेपछि उनको आफ्नो कोही भएन । सबैदेखि दूर भए । अनि पोखरा आए । पोखरा आएर यस्तै धेरै समलिंगी साथीसँग मिलन भयो । अनि सुरु भयो शरीर बेचेर शरीर पाल्ने पेसा ।
दुईजना मसँग रुन थाले । जब साथमा साथीहरू हुन्छन्, हरेक कुरामा जोश आँउछ । जब एक्लै भइन्छ, रुन मन नै लाग्छ । ती दुई जना निरीह भएर रोइरहेका थिए । आफ्नो गल्तीको पश्चाताप भएर होइन, अब मैले गोद्छु भनेर ।
माया पलाएर आयो । संसार जतिसुकै स्वार्थी भए पनि मानवीयताको नाता त छ नि ! सम्झाइबुझाइ गरेर तिनलाई आफ्नो बासस्थानतर्फ जाऊ भनेर विनम्रतापूर्वक आग्रह गरें । मलाई बलात्कार गर्ने असफल प्रयास गरेकोमा उनीहरूले दुःख व्यक्त गरे । सडकको गन्जी र जुत्ता संकलन गरें । जतनका साथ जिप्पर जाँच गरें । बलात्कारको सिकारमा बालबाल बाँचें भन्दै फिस्स मुस्कुराएँ ।
लामो संघर्षपछि मित्रको घरमा आइपुग्दा उज्यालो हुनै लागेको थियो । निद्राबाट ब्युँझेर मित्रले सोधे, “पुलिसले लगेको थियो र ?”
 

 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक ६, २०७३  ०८:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC