site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
म चौतर्फि घेराबन्दीमा परें : प्रधानमन्त्री
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफू चौतर्फी घेराबन्दीमा परेको बताएका छन् । राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रममा प्रधानमन्त्री दाहालले पहिलो पटक प्रधानमन्त्री बन्दाको जस्तो अहिले स्वतन्त्रतापूर्वक काम गर्न नपाएको गुनासो गरेका हुन् । दोस्रोपटक प्रधानमन्त्री हुँदा हरेक दिन आफू खुकुरीको धारमा हिंड्नुपरेको प्रधानमन्त्री दाहालले गुनासो गरेका छन् । प्रधानमन्त्री दाहालले भने, “पहिलोपटक प्रधानमन्त्री हुँदा जस्तो अहिले स्वतन्त्रतापूर्वक काम गर्न पाएको छैन । तेस्रो दल भएर प्रधानमन्त्री भएकोले पनि होला अहिले मैले हरेक निर्णय गर्दा खुकुरीको धारमा टेकेर गर्नुपरेको छ ।” 
जटिल परिस्थितिमा आफू प्रधानमन्त्री बनेको उल्लेख दाहालले सबै राजनीतिक दल र शक्तिहरुलाई मिलाएर अघि बढ्नु नै सरकारको प्रमुख दायित्व भएको बताएका छन् । मुलुक अप्ठ्यारो परिस्थितिमा रहेको बताउँदै दाहालले राष्ट्रिय स्वाधिनता भन्दा भन्दै मुलुक नै विखण्डन हुने हो कि भन्ने चिन्ता लागेको बताए । उनले राष्ट्रिय स्वाधिनताको रक्षा गर्न पनि संविधानको फराकिलो स्वीकारोक्ति आवश्यक रहेको बताएका छन् । प्रधानमन्त्री दाहालले भने, “देश संकटमा फसेको छ । यसबाट पार पाउन संविधानको स्वीकारोक्ति फराकिलो बनाउनु आवश्यक छ । सरकारको लागि यो अहिलेको सबैभन्दा ठूलो चूनौती रहेको छ ।”
नेपालमा राजनीतिक घटनापछि परिवर्तनले स्थायित्व नपाउने गरेको दृष्टान्त दिदैं प्रधानमन्त्री दाहालले अहिले पनि राजनीतिक उपलब्धि संस्थागत नहुने हो कि भन्ने आफूलाई शंका लागेको बताए । दाहालले भने, “२००७, २०३६ र २०४६ सालमा राजनीतिक क्रान्ति भयो । क्रान्ति पछि हरेक पटक ठूला ठूला घटना भए र उपलब्धिहरु संस्थगात हुन सकेनन् । अहिले पनि मलाई प्राप्त उपलब्धि संस्थागत हुन नसक्ने हो कि भन्ने शंका लागेको छ ।”
दाहालले अन्तर्राष्ट्रिय मञ्चमा समेत आफूले राष्ट्रिय एकतालाई मजबुत पार्ने काम गरेको दाबी गरेका छन् । उनले भारत भ्रमणमा रहँदा, ब्रिक्सको बैठकमा जाँदा आफ्नो तागतले भ्याएसम्म राष्ट्रिय स्वाधिनता बचाउने काम गरेको दाबी गरेका हुन् । प्रधानमन्त्री दाहालले विगतमा बिग्रिएको विदेश नीति र धर्मराएको राष्ट्रिय एकतालाई मजबुत पार्ने काममा लाग्दा अन्य दलहरु आफूदेखि डराएको आरोप लगाएका छन् । दाहालले भने, “म प्रधानमन्त्री हुनु अघि विदेश नीति लडखडाएको थियो । राष्ट्रिय एकता धर्मराएको थियो । मैले राष्ट्रिय एकतालाई मजबुत पार्ने काम गरें । विदेश नीतिलाई सन्तुलित पार्ने काम गरें । म प्रधानमन्त्री भएएको पहिलो दिनदेखि नै सुरु गरेको मेरो यो अभियान केही दलहरुलाई चित्त बुझेको छैन । उनीहरु आत्तिएका छन् ।” 
 
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक ५, २०७३  १७:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC