site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कम्युनिष्ट स्कुलिङ नै कारबाहीको हल्ला सुनेपछि पार्टी छाडें भन्ने रहेछ
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
केही महिनाअघि औपचारिक रूपमा घोषणा गरेर निर्वाचन आयोगमा दर्ता भएको नयाँ शक्ति नेपालबाट मुमाराम खनाल बाहिरिएपछि फेरि चर्चामा आएको छ । पार्टीले स्पष्टीकरण सोधेको बताए पनि खनालले भने आफैं बाहिरिएको बताएका छन् । जुन तामझामका साथ घोषणा भयो, त्योअनुसार पार्टी अगाडि नबढेको पनि टिप्पणी भइरहेको छ । पार्टीबाट मुमारामको बहिर्गमन, पार्टीको आगामी रणनीति आदि विषयमा बाह्रखरीका लागि सन्तोष दाहालले नयाँ शक्ति नेपालका प्रवक्ता खिमलाल देवकोटासँग गरेको कुराकानी ।   
 
नयाँ शक्ति अभियानको रूपमा आएको झन्डै एक वर्ष र निर्वाचन आयोगमा दल दर्ता भएको पनि ६ महिना पुग्न आँट्यो । तर, यहाँहरूले जुन तामझामका साथ पार्टी गठन गर्नुभयो, त्यो भावनाअनुरूप पार्टी अघि बढ्न सकेन, किन ?
त्यस्तो हैन । हामीले आठ महिनाजति अभियान चलायौं । त्यो अभियानको उत्कर्ष बिन्दुमा पुगेपछि नै जेठ ३० गते हामीले पार्टी घोषणा गर्‍यौं र असार २६ गते निर्वाचन आयोगमा दल दर्ता गर्‍यौं । त्यसपछि हामीले भेला पनि गर्‍यौं । भेलापछि तीनवटा दस्तावेजहरू सांगठनिक, राजनीतिक र आर्थिक समृद्धिको खाका तयार गरी व्यापक छलफल गर्‍यौं । यसलाई महाधिवेशनमा छलफलमा लैजान पनि उपयुक्त बनाउन केही परिमार्जन गर्ने काममा हामी व्यस्त भयौं । 
पहिलोपटक हामी पूँजीवादी धार र समाजवादी धार दुवैले समाजको समस्या र जनताको अपेक्षा पूरा गर्न सक्दैन र विकल्पको रूपमा हामीले तयार पारेका ती खाकामा छलफल गर्‍यौं । त्यो विचारलाई अगाडि बढाउन संगठन आवश्यक छ । संगठन बनाउन हामीले अलि बढी समय खर्च गर्‍यौं । दल दर्ता भएको तीन महिनामा प्रत्येक वडामा संगठन विस्तार गर्‍यौं । 
तपाईंले पुँजीवादी र समाजवादी दुइटा धारले समस्या समाधान नगर्ने र तपाईंहरूले ल्याएको खाका नै वैकल्पिक धार हो भन्दै हुनुहुन्छ । तर, बुद्विजीविहरूले त नयाँ शक्ति पार्टी विचारविहीन पार्टी भन्दैछन् । के उहाँहरूले आरोप लगाएजस्तै विचारधारा विहिन भएकोले नै यहाँको पार्टीमा नेताहरूले पार्टी छाड्ने क्रम सुरु भएको हो ?
त्यस्तो हैन । कसैले छोड्नुभएको छैन र त्यो विचार नभएको कारणले पनि हैन । हामी विचारविहीन छौं भन्ने सत्य होइन । हामीले पुँजीवाद र समाजवादी विचार असफल भएर ती विचारले समाजको समस्याको समाधान र जनताको अपेक्षा पनि पूरा गर्न सकेन । यसैले अहिलेको वस्तुगत आधार नै ती दुइटा विचारको विकल्प नै हाम्रो विचार हो । अहिलेका पुराना दलहरू कि विचारविहीन छन् कि त पूरा नहुने पूराना विचार बोकेर हिँडेका छन् र असफल हुनका निम्ति अगाडि बढेका छन् । वैकल्पिक विचार अँगालेर सफल हुने दिशामा हामी अघि बढेका छौं । 
मुमाराम खनाललाई नयाँ शक्तिले किन निष्कासन गरेको हो ?
हामीले मुमारामजीलाई निष्कासन गरेको कुनै निर्णय नै भएको छैन । अनुशासनलाई कडा बनाएका छौं पार्टीभित्र । आन्तरिक रूपमा अनुशासन आयोग छ । बाहिर सदाचार आयोग छ हामीसँग । त्यसपछि लोकपाल पनि छ । यी तिनवटै निकायले सबै नेतालाई चेक गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो । पार्टीभित्र उहाँको बारेमा अनुशासन उल्लंघनका केही प्रश्न उठे । यसबारेमा उहाँलाई अनुसन्धान आयोगले स्पष्टीकरण मागेको थियो । स्पष्टीकरण मागेको दिन उहाँले म बिरामी छु, केही दिनपछि दिन्छु भन्नु भएको थियो । हामीले त्यसपछि कसैलाई आयोगले स्पष्टीकरण सोधेको छ, अनुसन्धानमा सहजताको लागि उहाँलाई केही समयको जिम्मेवारीबाट अलग गरौं भन्यौं । हामीले गरेको निर्णय यत्ति हो । तर, यही निर्णयलाई उहाँले मलाई पार्टीबाट निष्कासन गरेको बुझ्नुभयो । हाम्रो गलत कम्युनिष्ट स्कुल के छ भने कसैले कारबाही स्वीकार गर्दैन । कसैले कारबाही गर्‍यो भने कारबाही गर्नुअघि मैले पार्टी छोडेको हुँ भन्छ । हो त्यो पुरानो ह्याङओभर उहाँमा देखियो । 
उसो भए मुमाराम खनालले के कारणले पार्टी छोडेर हिँड्नुभएको हो ?
हाम्रोमा सकारात्मक कुराको चर्चा नहुने र नकारात्मक कुराको बढी चर्चा हुने गरेको छ । नकारात्क कुरा भएन भने पनि नकारात्मक कुरा बनाएर भएपनि चर्चा गर्ने हाम्रो समाजको ग्रन्थि बनेको छ । बितेको एक वर्षमा नयाँ शक्तिका बारेमा कुनै नकारात्मक आलोचना भएन किनकि हामीले पनि कसैको आलोचना गरेनौं । तर, केही न केही त नकारात्मक झिक्नैपर्छ भनेर हाम्राविरुद्व नकारात्मक कुरा झिकेका हुन् । यसैको परिणामको रूपमा मुमाराम खनालजीको प्रसंग आएको हो । तर, मुमारामजीको प्रसंग जुन हिसाबले आयो त्यो हिसाबले आउनुपर्ने प्रसंग होइन । एक लाख पार्टी सदस्यको उहाँ एक जना हो । यसले धेरै अर्थ राख्दैन । 
तपाईंहरूको पार्टीभित्र कम्युनिष्ट विचारधारा र प्रजातान्त्रिक विचारधाराबीच कुरा मिल्न सकेको छैन । मुमारामजीले पनि पार्टी छोड्ने बेला नयाँ शक्ति नयाँ विचारको होला भनेर लागें तर यो त नयाँ शक्ति नभई माओवादीको अर्काे गुट रहेछ भनेर आरोप लगाउनुभएको छ ।
सबैभन्दा पुरानो माओवादी मुमारामजी हो । पुरानो माओवादी हुँदा बाबुरामजीको सबैभन्दा नजिक भएको पनि उहाँ नै हो । बाबुरामको नजिक भएर धेरै गुट बनाउन योगदान गर्ने मध्येका एक नम्बरमा पर्ने उहाँ नै हो । उहाँले नै यो पुरानो माओवादीको गुट बन्ने भो, बाबुरामको गुट बन्ने भो भनेको कुरा बिल्कुल पत्यार लाग्दैन । बिल्कुल हुँदै हुँदैन । त्यो कुरा दुनियाँले पत्याउँदै पत्याउँदैन । उहाँ युद्धभरिको माओवादी हो । शान्ति प्रक्रियामा आएपछि पार्टीले निष्कासन गरेको हो । त्यतिखेर बाबुरामको सबैभन्दा नजिकको मान्छे हो उहाँ । त्यसकारण उहाँको कुराको चर्चा नगरौं । त्यो असत्य हो । बरु उहाँलाई अनुशासन आयोगले स्पष्टीकरण नै मागेपछि कारबाही नै गर्ने हो कि भनेर सुरक्षित हुनको निम्ति पार्टी छाडेको हुन सक्छ । तर, उहाँले टेलिभिजनतिर राजीनामा दिएँ भन्दै हिँड्नुभएको छ । पार्टीमा राजीनामा दिनुभएको छैन । 
उहाँले पार्टींभित्रको कुन अनुशासन उल्लंघन गर्नुभयो ?
त्यो पार्टीभित्र गोप्य छ । बाहिर बोल्न मिल्दैन । 
नयाँ शक्ति पार्टी अब कसरी अघि बढ्छ ?
आजसम्म दुनियाँमा कसैले अबलम्बन नगरेको विधि हामी अवलम्बन गर्दैछौं । प्रत्यक्ष लोकतन्त्रको विधि हो । पार्टीभित्र प्रत्यक्ष निर्वाचनमा हामी जान्छौं । जिल्लाको नेतृत्व जिल्लाका पार्टी सदस्यले भोट हालेर छनोट गर्छन् । केन्द्रमा देशभरिका पार्टी सदस्यले भोट हालेर छनोट गर्छ । पार्टीको संगठनलाई हामी यसरी नयाँ तरिकाले बढाउँछौं । 
संसदीय प्रणाली असफल सिद्व भएको छ । थ्रेसहेल्ड बिनाको मिश्रित निर्वाचन प्रणालीले स्थायित्व प्रदान गर्न सक्दैन । स्थायित्वबिना आर्थिक समृद्धि सम्भव छैन । प्रत्यक्ष कार्यकारिणी शासन पद्वति आवश्यक छ । देशभरि संविधान संशोधन गरी प्रत्यक्ष निर्वाचित कार्यकारिका लागि सचेतना कार्यक्रम आयोजना गर्छाैं ।
 
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक ५, २०७३  १०:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC