site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी समीक्षा
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कांग्रेसले कार्कीलाई काँध नथाप्ने
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
लोकमानसिंह कार्कीलाई महाभियोग लगाउन नेकपा (एमाले) तथा नेकपा (माओवादी केन्द्र)का सदस्यले प्रस्ताव पेस गरेसँगै नेपालको राजनीतिमा नयाँ तरंग आएको छ । हिजो दिनभर अख्तियार दुरुपयोग अनुसन्धान आयोगका हाल निलम्बित प्रमुख आयुक्तलाई कुन दलले समर्थन गर्छ र कुनले गर्दैन भन्ने चर्चा चलिरह्यो । कार्कीमाथि महाभियोग लगाउने प्रस्ताव पेस हुनेबित्तिकै संसद् स्थगित भयो र नेपाली कांग्रेस तथा माओवादी केन्द्रको बैठकमा यही विषयमा कुरा चल्यो । आजका दैनिक पत्रिकाले कुन समाचारलाई महत्व दिएका छन् ?, समाचार कसरी सम्प्रेष्तित गरेका छन् भन्ने हेरेपछि कुन पत्रिकाको झुकाव कतातिर छ भन्ने सहजै बुझ्न सकिन्छ । 
आज कान्तिपुरले मुख्य समाचारको शीर्षक नै ‘कार्कीलाई जोगाउन सकिन्न : देउवा’ राखेको छ । कान्तिपुरमा कुलचन्द्र न्यौपानेले प्रेषित गरेको समाचारअनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कार्कीको विरोध गरेको देखिन्छ । शाही आयोगले जसरी मनपरी ढंगले समानान्तर सरकार चलाएको, कर्मचारीतन्त्रमा आतंक मच्चाएको र जतिपल्ट सम्झाउँदा पनि नमानेको कारण कार्कीलाई सम्झाउन नसकिने देउवाको धारणा समाचारबाट बाहिर आएको छ । सो समाचारअनुसार कांग्रेसका युवा नेताहरू गगन थापा तथा विश्वप्रकाश शर्माले कुनै पनि हालतमा कार्कीको समर्थनमा नेपाली कांग्रेस उत्रन मिल्दैन भनेर केन्द्रीय समितिको बैठकमा सशक्त ढंगले विचार प्रस्तुत गरेका छन् । गगन थापाले कार्कीको नियुक्तिका बेला गरेको भुल सच्याउने उपयुक्त अवसर आएको विचार प्रस्तुत गरे भने विश्वप्रकाश शर्माले महाभियोगको पक्षमा निर्णय लिन नसके नेपाली कांग्रेसलाई ठूलो राजनीतिक क्षति हुने बताए ।
कान्तिपुरले अर्को सबैलाई चासो भएको समाचार पनि प्रथम पृष्ठमा प्रकाशित गरेको छ – त्यो हो अब कार्कीको सर्वोच्चमा भएको मुद्दाको अवस्था के हुन्छ ? कान्तिपुरका कृष्ण ज्ञवालीले लेखेको समाचारअनुसार महाभियोगले उनको कार्य क्षमताको आधारमा निर्णय लेला तर अदालतले भने योग्यता परीक्षणको कानुनी व्याख्या गर्ने र योग्यता नपुगेको भए परमादेश जारी गर्ने हो । त्यसैले महाभियोगको प्रस्ताव जसरी अघि बढेको भए पनि सर्वोच्चको मुद्दा रोकिने अवस्था देखिँदैन ।
आज नागरिकले ब्यानर हेडलाइन बनाएर त्यसको महाभियोगको पक्षमा उभिन कांग्रेसमा दबाब भन्ने शीर्षक राखेको छ । नागरिकले देउवाको अन्य भनाइसहित थप एक भनाइ पनि राखेको छ । देउवालाई उद्धृत गर्दै एउटा स्रोतले भन्यो, कार्कीले आफूलाई शाही शासनकै बेला पटक पटक दुःख दिएको र अख्तियार प्रमुख भएपछि उनलाई यस्तो कार्य नगर्न सम्झाएको बताएका थिए । 
राजधानी दैनिकले पनि महाभियोगमा देउवा सहमत भन्ने ब्यानर समाचार प्रकाशित गरेको छ । समाचारअनुसार नेपाली कांग्रेस दलभित्र केही अप्ठेरो भए पनि आफूले केन्द्रीय समितिबाटै महाभियोग अनुमोदन गराउने निर्णय गर्छु भनेर प्रधानमन्त्री पुष्पकमल दाहाललाई देउवाले बताएका थिए । त्यस्तै राजधानीले एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको विचार प्रस्तुत गर्दै महाभियोग प्रस्ताव सोची, विचारी आवश्यकताका आधारमा ल्याइएको र अब एमालेसँग यस विषयमा ‘ब्याक गियर’ छैन भनेको समाचार प्रकाशित गरेको छ ।
गोरखापत्रको मुख्य समाचारअनुसार महाभियोग प्रस्तावसम्बन्धी छलफल आइतबार हुने बुझिएको छ । यो प्रस्ताव अघि कसरी बढाउने भनेर प्रमुख दलबीच छलफल गर्न संसद्को बैठक तीन दिनका लागि स्थगित गरिएको र अब आइतबार दलहरू एउटा धारणासहित अघि बढ्ने देखिएको छ । 
कमाण्डर पोष्टले पनि देउवाको भनाइलाई मुख्य समाचार बनाएको छ । तर हिमालय टाइम्सले ‘महाभियोगबारे कांग्रेसमा मतभेद’ शीर्षक राखेर समाचार बनाएको छ । यो समाचारको मुख्य जोड कांग्रेसमा यस विषयमा मतभेद छ भन्नेमा रहेको छ । अन्नपूर्ण पोस्टले संसद् किन स्थगित भयो भन्ने मुख्य समाचार बनाएको छ भने नयाँ पत्रिकाले महाभियोगबारे दलका नेताले के के भने भन्ने विषयमा समाचार बनाएको छ ।
पूर्व राजाको समाचारको महत्व
आजका दैनिक पत्रिका अध्ययन गर्दा पूर्व राजाको समाचारलाई कसले कति महत्व दिन्छ भनेर जान्न पनि मद्दत पुग्छ । साथै कसले कस्तो शीर्षक राखेर कसरी प्रस्तुत ग¥यो भनेर पनि अध्ययन गर्ने अवसर जुटेको छ ।
आजको अन्नपूर्ण पोस्ट तथा नयाँ पत्रिकाले पूर्व राजाको समाचारलाई क्रमशः पाँच कोलम र तीन कोलमको दोस्रो मुख्य समाचार बनाएका छन् । अन्नपूर्ण पोस्टले समाचार शीर्षक माथिको इन्ट्रोमा “हिन्दु अधिराज्यको एजेन्डासहित अन्तर्राष्ट्रिय महासम्मेलन” राखेर पत्रिकाको वैचारिक अडान पनि देखाएको छ । अझ पशुपतिमा भएको कार्यक्रमको समाचारको बीचमा टुँडिखेलमा राष्ट्रपति विद्या भण्डारीले वैदिक सभ्यताको वकालत गरेको र त्यसले अप्रत्यक्षरूपमा हिन्दु एजेन्डा बोकेको सन्देश दिने भनेर पत्रिकाले समाचारलाई विचारमा परिणत गरेको छ ।
नयाँ पत्रिकाले तीन कोलमको दोस्रो मुख्य समाचारमा ‘धर्म राजनीतिमा पूर्वराजा ज्ञानेन्द्र’ भन्न शीर्षक दिएर पूर्व राजाले बोलेको निषेधको राजनीतिले विद्रोह जन्मिने चेतावनीलाई सब हेडलाइन बनाएर कलर बक्स पनि बनाएको छ । देशमा भएको चरम बाह्य हस्तक्षेपमाथि जनताले प्रश्न गर्ने बेला आयो भनेर ज्ञानेन्द्र शाहको भनाइलाई पनि नयाँ पत्रिकाले बक्स समाचार बनाएको छ ।
हिमालय टाइम्सले पूर्व राजाको समाचारलाई प्रथम पृष्ठमा चार कोलम र करिब आधा पेजको एन्कर बनाएको छ । राजधानीले यो समाचारलाई तीन कोलमका एन्कर बनाएको छ । गोरखापत्र तथा कमाण्डर पोष्टले यो समाचारलाई मुख्य तस्विर मुनिको एक कोलमस्थान दिएका छन् ।
 
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक ५, २०७३  १०:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC