site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
कांग्रेसले महाभियोगको पक्षमा मतदान गर्ने प्रष्ट संकेत,माओवादीको कार्यशैलीप्रति कांग्रेसमा आशंका
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । सरकारको नेतृत्व गरेको नेकपा माओवादी केन्द्रले सत्तारुढ कांग्रेसलाई जानकारी नै नदिई विपक्षी दलका सांसदहरुसँग मिलेर महाभियोग प्रस्ताव दर्ता गराएपछि कांग्रेस सशंकित बनेको छ ।
तर कांग्रेसका धेरैजसो नेताहरुले महाभियोगको पक्षमा मतदान गर्नुपर्ने बताएका छन् । 
बिहीबारदेखि काठमाडौंमा सुरु केन्द्रीय समितिको बैठकमा सभापति शेरबहादुर देउवाले विषय प्रवेश गराउँदै लोकमान सिंह कार्कीको शैली शाही आयोगको जस्तो भएको बताउँदै लोकमानलाई अब जोगाउन नसकिने धारणा राखेका थिए ।
कांग्रेसका एक केन्द्रीय सदस्यका अनुसार कार्कीले राजाकै पालामा जस्तैगरि निरंकुश शैली अपनाउन थालेका कारण उनको बहिर्गमन आवश्यक रहेको बताएका थिए ।
तर पार्टीको नेतृत्व गर्दै सरकारमा पुगेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधीले सत्ता साझेदार दल नेपाली कांग्रेसलाइ जानकारी नै नदिई प्रस्ताव दर्ता गराउनु आशंकाको विषय भएको बताएका थिए ।
“मैले प्रधानमन्त्रीसँग यसबारेमा जानकारी मागेको थिएँ,” मन्त्री निधिले केन्द्रीय समितिको बैठकमा भने,–“तर उहाँले पार्टीमा मलाई पनि जानकारी नगराई सांसदहरुले महाभियोग प्रस्ताव दर्ता गराएको भन्ने जानकारी गराउनुभयो । यो विषय गम्भीर छ । पहिले माओवादीको आधिकारिक धारणा के हो भन्ने बाहिर आउनुपर्छ । त्यसपछि कांग्रेसले निर्णय गर्छ ।”
उनले सरकारमा पनि महाभियोगको बारेमा धेरै छलफल नभएको बताए ।
त्यसैगरी बैठकमा कांग्रेस नेता डा. रामशरण महतले अहिले नै लोकमान सिंह कार्कीको पक्ष या विपक्षमा कांग्रेसले निर्णय गर्न नहुने धारणा राखेका थिए । उनले पनि माओवादीको कार्यशैलीप्रति आशंका व्यक्त गर्दै गम्भीर रुपमा सोँच्नुपर्ने बताएका थिए । 
तर केन्द्रीय सदस्यद्वय गगन थापा र विश्वप्रकाश शर्माले अहिले कांग्रेस यो प्रस्तावको विपक्षमा उभिए मुलुक ठुलो संकटमा फस्ने भन्दै महाभियोगको प्रस्तावको पक्षमा उभिनुपर्ने बताएका थिए ।
नेता थापाले राजनीतिक दलले गरेको अपराध र भुल सुधार्ने यो अवसर र मौका भएकाले यसबाट पछि फर्किन नहुने धारणा राखेका थिए ।
“कांग्रेस र माओवादीबीचको गठबन्धन हुँदा पनि दुई पार्टीबीच छलफल नभई प्रस्ताव आयो,” थापाको भनाई थियो,“त्यो प्राविधिक त्रुटी हो । तर  कांग्रेसले सधैं सत्यको पक्षमा भोट हाल्नुपर्छ ।  लोकमान सिंह कार्कीको ज्यादतीलाई अब स्थान दिनुहुँदैन ।”
अर्का सदस्य शर्माले अहिले एमालेको अगुवाइमा प्रस्ताव आयो भनेर पछि अट्ने अवस्था नरहेको भन्दै यो प्रस्तावको पक्षमा मतदान गरेर एमालेसँगको सम्बन्ध सुधार गर्नुपर्ने धारणा राखेका थिए ।
“लोकमान सिंह कार्कीलाई महाभियोग लगाउने प्रस्ताव एमालेको अगुवाईमा आयो भनेर नाक खुम्च्याउन हुँदैन,” शर्माको भनाई थियो, “यो पार्टीहरुले गरेको गलत निर्णय सच्याउने अवसर पनि हो । यो अवसरको सदुपयोग गर्दै अघि बढ्नुपर्छ ।”
शर्माले  गल्ती सच्याउने अवसर भन्दै पाँचवटा कारणसहित कार्कीलाई महाभियोग लगाउनैपर्ने बताएका थिए । “कार्कीले कानुनी राज्यको अवहेलना गरेका छन्,” शर्माले बाह्रखरीसँग भने “अहिले एमालेलाई हामीले सहयोग गरेर गएनौं भने दोष सबै हाम्रो टाउकोमा आउँछ । अर्को कुरा यो प्रस्ताव असफल भए कांग्रेसका कारण हुन्छ अनि गठबन्धन नै संकटमा पर्छ । प्रस्ताव पारित नभए एमालेसँगको दुरी झनै बढ्छ,जसले संविधान संशोधन हुन सक्दैन । संविधान संशोधन नहुने हो भने चुनाव झनै टाढा जान्छ । यसले मुलुक पछि पर्छ ।”
बैठकपछि कांग्रेस नेता दिलेन्द्र प्रसाद बडुले महाभियोग सम्बन्धी प्रस्ताव संसद्मा प्रवेश गरिसकेकाले केन्द्रीय समितिले पनि संसदीय दललाई आवश्यक निर्देशन दिन सक्ने बताएका थिए ।
 
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक ४, २०७३  २०:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC