साहित्य
काठमाडौं । लोकदोहोरी गीत ‘बाध्यतामा परदेश पस्या छु’ बजारमा आएको छ । गायिका मुना थापा मगर र दीपक सुनुवारको स्वर रहेको गीतमा परदेशीएका नेपालीको बाध्यात्मक कथालाई मार्मिक शब्द र लयमा प्रस्तुत गरिएको छ ।
परदेशीएको श्रीमानमा विदेशमा बस्दा श्रीमतीको पीडामा हुने छट्पटाहट र गाउँमा श्रीमतीले विदेशीएको श्रीमानको अभावमा जिउनु पर्ने बाध्यात्मक अवस्थालाई गीतमा चित्रण गरिएको छ । स्वर्ग तुल्य गाउँलाई छाडेर केही कमाउने आशमा ऋण लिएर विदेशिने नेपाली कसरी दलालको पञ्जामा पर्छन् भन्ने कारुणीक कथालाई गीतमा उतारिएको छ ।
गीतमा मुना भन्छिन्, ‘तिमी गयौ पदेशको खाडीमा, म छु याता फाटेको साडीमा, बाध्यतामा भयौ परदेशी, काटेकी छु दिनरात पियार मेलापात गर्दै गामवेशी ।’ जवाफमा दीपक सुनुवार मुनलाई भन्छन् ,‘पलपल झल्को आइरहन्ह सानु, भनेकी थियौ छाडेर नजानु, बाध्यतामा परदेश बस्या छु स्वर्ग जस्तै गाउँघरलाई छाडेर मत यहाँ रुदै बस्या छु ।
मोहनराज गुरुङ र श्यामकुमार दर्लामी मगरको शब्द रहेको गीतमा लय संकलन कमल सरगमले गरेका छन् । गीतलाई बिन्ध्यवासिनी मयुजिक प्रालिले बजारमा ल्याएको छ ।
प्रकाशित मिति: बिहीबार, कात्तिक ४, २०७३ १९:११
प्रतिक्रिया दिनुहोस्