site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
कार्की निलम्बित, चाकरीबाज पत्रिका नांगिए
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्र्कीमाथि अख्तियार दुरुपयोग गरेको, आफ्नो शक्तिको दुरुपयोग गरेको र भ्रष्टाचार गरेको अभियोग लगाई संसद्मा महाभियोग प्रस्ताव दर्ता गरिएपछि उनी स्वतः निलम्बित भएका छन् ।
भ्रष्टाचार र अधिकार दुरुपयोग रोक्न बनेको संवैधानिक आयोगको प्रमुख नै भ्रष्टाचार र अख्तियार दुरुपयोगमा भएपछि त्यस्तो देशमा माफियातन्त्र, सिन्डिकेट, भ्रष्टाचार बढ्नु स्वाभाविक हुन्छ । मिडियासमेत शक्तिशाली भ्रष्टको पछि कुद्न थालेपछि जनतामा एक प्रकारको अन्योल व्याप्त हुन्छ । नेपालका ठूला भनिएका पत्रिका र ठूला गनिएका पत्रकारले समेत लोकमानको चाकरी गर्दा देशको पत्रकारितामै ठूलो धब्बा लागेको छ । तर, एकातिर धेरै पत्रिकाले लोकमानको समर्थन गरे पनि केही पत्रिकाले लोकमानले गरेका बदमासी र उनेका गलत कामको निरन्तर विरोध गरे । अन्ततः चाकरीबाज दैनिक पत्रिका तथा लोकमानकारिता गर्ने अन्य मिडियाले पनि लोकमान निलम्बनको समाचार प्रकाशित गरेर लाज पचाएका छन् ।
आजको नयाँ पत्रिकाले अख्तियार प्रमुखविरुद्ध महाभियोगको प्रस्ताव भनेर ठूलो समाचार बनाएको छ । नयाँ पत्रिकाले संसद्मा अब के हुन्छ र प्रक्रिया के छ भनेर एउटा बक्स बनाएको छ भने यसभन्दा अघि महाभियोग प्रस्ताव को कोविरुद्ध लागेको थियो र तिनको भाग्य के भएको थियो भनेर अर्को बक्स बनाएको छ । नयाँ पत्रिकाले महाभियोग प्रस्ताव अहिलेसम्म तत्कालीन सभामुख रामचन्द्र पौडेल तथा तत्कालीन उपसभामुख लीला श्रेष्ठ सुब्बाविरुद्ध लागेको तर पौडेलविरुद्ध महाभियोग पारित नभएको र श्रेष्ठले राजीनामा गरेको समाचार प्रकाशित गरेको छ । त्यस्तै नयाँ पत्रिकाले को को छन् महाभियोग सिफारिस समितिमा भनेर पनि नाम दिएको तथा महाभियोग प्रस्तावमा कुन कुन ठूला नेताले हस्ताक्षर गरे भनेर तिनको पनि नाम प्रकाशित गरेको छ ।
आजका सबै पत्रिकाले लोकमान कार्की निलम्बित भएको समाचारलाई मुख्य बनाए पनि कान्तिपुर एउटा यस्तो दैनिक बनेको छ जसले लोकमानको गलत कामको विरोध गर्न कहिले पनि छाडेन । त्यसैले आज मुख्य समाचार बनाउँदा केही पत्रिकाको साख गिरेको छ भने कान्तिपुरको निकै बढेको छ । नागरिकले पनि लोकमानविरुद्धको अभियानलाई एक हदसम्म निरन्तरता दिएको हुनाले नागरिकको साख पनि बढेको मान्न सकिन्छ ।
सबै पत्रिकाले आजको मुख्य समाचार लोकमानसिंह कार्कीको निलम्बनलाई बनाएका छन् । गोरखापत्रले मात्र कार्कीमाथिको महाभियोगको समाचारलाई प्रथम पृष्ठको मध्य स्थान दिएको छ ।
प्रधानमन्त्रीको सम्बोधन ओझेलमा
हिजो विकसित घटनाक्रमले गर्दा प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्मा गरेको सम्बोधन अधिकांश मिडियामा ओझेलमा परेको छ । गोरखापत्रलेमात्र सो सम्बोधनलाई मुख्य समाचार बनाएर प्रकाशित गरेको छ । प्रधानमन्त्री दाहालले संविधान संशोधनको मस्यौदा अन्तिम चरणमा पुगेको र अब सत्तापक्ष, प्रतिपक्ष तथा आन्दोलनरत पक्षसँग परामर्श गरी संशोधनको प्रस्ताव सरकारले तयार पार्नेे बताएका छन् ।
प्रधानमन्त्रीको सम्बोधनको विषयमा राजधानीले प्रथम पृष्ठमा दुईवटा समाचार प्रकाशित गरेको छ । एउटा समाचार प्रधानमन्त्रीको सम्बोधनका विषयमा छ भने अर्को समाचारमा एमालेका गोकर्ण विष्ट, कांग्रेसका धनराज गुरुङ तथा सद्भावनाका राजेन्द्र महतोले आफूलाई जानकारी नभएको भनेर राजधानीलाई बताएको समाचार प्रकाशित छ ।
ट्रेड युनियनका सदस्यलाई कामबिनै तलब
आजको नागरिकले प्रथम पृष्ठको मध्यभागमा प्रकाशित गरेको एउटा आर्थिक समाचार महत्वपूर्ण छ । यो समाचारमा अर्जुन सुवेदीले कसरी ट्रेड युनियनको नाममा दलीय राजनीतिमा आबद्ध २० जनाभन्दा बढी कर्मचारीले वर्षौदेखि कार्यालयमा हाजिरै नभई तलब सुविधा लिँदै आएका छन् भन्ने बयान गरेका छन् । वास्तवमा नेपालमा लगानी नआउनु र आएका लगानी पनि बिस्तारै सुक्दै जानुका पछाडि ट्रेड युनियन आन्दोलनको बदमासी पनि एउटा प्रमुख कारण हो । नागरिकले यो विषयलाई सही तवरले उठाएको छ ।
सम्पादकीय
आजका पत्रिकामध्ये राजधानी दैनिक र गोरखापत्रले मात्र प्रधानमन्त्रीको सम्बोधनमाथि सम्पादकीय लेखेका छन् । राजधानीले संविधान कार्यान्वयन र संविधान संशोधनका विषयमा सत्तापक्ष, विपक्ष र आन्दोलनरत दलसँग सरसल्लाह भएर अन्तिम मस्यौदा तयार भएको भनेर प्रधानमन्त्रीले बोलेको विषयमा संशय भएको बताएको छ । विभिन्न दलका नेताले आफूलाई संविधान संशोधनका विषयमा सल्लाह भएको केही थाहा नभएको भनेर बोलेको कुरालाई राजधानीले उठाएको छ । गोरखापत्रले भने सम्बोधन एकदम सारगर्भित भएको जनाएको छ ।
आजको नागरिक, कान्तिपुर तथा नयाँ पत्रिकाले आर्थिक विषयमा सम्पादकीय लेखेका छन् । नागरिकले सरकारले पूँजीगत खर्च बढाउन आर्थिक वर्ष सुरु हुनुभन्दा डेढ महिनाअघिनै बजेट ल्याए पनि विकास खर्च महिनाको एक प्रतिशतभन्दा बढी हुन सकेको छैन भन्दै यस्तो हुनु विडम्बना हो भनेको छ । नयाँ पत्रिकाले पूरक बजेट आउने विषयमा पनि स्वीकृत खर्च हुनसक्नुपर्ने तथा विकास खर्च बढ्नुपर्ने भन्दै सम्पादकीय टिप्पणी गरेको छ । कान्तिपुरले वाणिज्य बंैकहरूले समान दरमा कर्जाको ब्याज बढाएको विषयमा सम्पादकीय लेख्दै यसले साना बचतकर्ता र लगानीकर्ता लाभान्वित हुन नसक्ने र आर्थिक क्षेत्रमा संकट उत्पन्न हुने जोखिम बढाउने टिप्पणी गरेको छ ।
हिमालय टाइम्सले खाद्य पदार्थ तथा मिठाइबाट उपभोक्ताको स्वास्थ्य रक्षाका लागि सरकारका नियामक निकायहरू र उपभोक्तावादी संस्थाहरू सक्रिय हुनुपर्ने आवश्यकता औंल्याएको छ । कमाण्डर पोष्टले लोकमान प्रकरणमा तामेलदारको प्रसंग उठाएको छ भने अन्नपूर्ण पोस्टले नेपालका असुरक्षित सडकका विषयमा आवाज उठाएको छ ।
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक ४, २०७३  ०९:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC