प्रवास
नागोया, जापान । जापानको नागोयास्थित मेजो युनिभर्सिटीमा आयोजित ‘मेजो इन्टरनेशनल फोरम’मा केञ्जो टाँगेको गुरुयोजना र लुम्विनीमा आध्यात्मिकता (केञ्जो टाँगेज मास्टरप्लान एण्ड स्प्रिच्युवालीटी इन लुम्विनी नेपाल) विषयमा डा. हिमलाल घिमिरेले कार्यपत्र प्रस्तुत गरेका छन ।
सन १९७८ मा जापानी प्रा. केञ्जो टाँगेले सो गुरुयोजना तयार पारेका थिए । समग्र नेपालको पर्यटकीय आकर्षणहरु, सामाजिक तथा साँस्कृतिक विषयहरुको जानकारीसहित गुरुयोजना र लुम्विनीमा आध्यात्मिकता सम्बन्धी सो प्रस्तुतिमा मेजो यनिभर्सिटीका विद्यार्थी रेशम उप्रेतीले साथ दिएका थिए । नेपाल र जापानको दौत्य सम्बन्धको ६० बर्षको अवसरमा जापानमा नेपाल र लुम्विनीको प्रबद्र्धन गर्न यो प्रस्तुती निकै सान्दर्र्भिक भएको र यस्ता अन्तर्राष्ट्रिय सम्मेलनहरुले नेपाल, लुम्विनी, सगरमाथा लगायत नेपाली संस्कृति र गौरबका कुराहरुलाई विश्वसामु परिचित गराउन सक्ने डा. घिमिरे बताउँछन ।
प्रकाशित मिति: बुधबार, कात्तिक ३, २०७३ ०९:३५
प्रतिक्रिया दिनुहोस्