site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
झन्डै ज्यान गएन मुक्तिनाथ यात्रामा !
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
जिप झ्याप्प रोकियो । टइइटटटटटटटटट..............। घुम्ती काटेर जिप उकालो चढ्दै थियो । स्टार्टै बन्द भयो । चालकले गियर बदलेर जिप स्टार्ट गर्ने कोसिस गरे । घर्‍यार्र घर्‍यार्र घररररर .............। तर, स्टार्ट भएन । साँझको साँढे ७ बज्दै थियो । चारैतिर अँध्यारो थियो । टाढा टाढासम्म पनि मानव बस्ती थिएन । हामी मुस्ताङ जिल्लाको लेतेमा थियौँ । दुवैतर्फ ठूला ठूला अजङ्गको पहाड । बीचमा कालीगण्डकी बगेको थियो । कालीगण्डकीको बा“या पट्टिको पहाडलाई फोरेर मोटरबाटो बनाइएको थियो । कच्ची अनि सा“घुरो सडक । सडकमा एकपटक एउटा मात्रै सवारी साधन गुडाउन मिल्ने । अर्को दिशाबाट आएको सवारीलाई साइड दिनु परेमा फराकिलो ठाउ“ खोज्नुपर्ने । गाडीको पांग्राले अलिकति पनि ट्रयाक छोडेमा सिधै कालीगण्डकीमा । 
 
चालकले कराए – ‘‘एक जना ओर्लिएर ओट राख्नुहोस त’’ । मेरो मन ढक्क फुल्यो । म र सुदीप चालकस“गैको सिटमा थियौँ । म ढोकाकै छेउमा थिए । त्यसैले छिटो ओर्लन सकेँ । मेरो मनले लख काटिसकेको थियो । तैपनि मनलाई बलियो बनाएँ । जिपबाट झरेर बाहिर ढुंगा खोज्न थालें । एक त अँध्यारो त्यसमा पनि मरुभूमि जस्तो ठाउँमा सुख्खा माटोबाहेक केही नभेटिने । न त रूखपात न त ढुंङगा नै । सुदीपले माबाइलको स्क्रिन अन गरेर उज्यालो देखाउनु भयो । मैले बल्लबल्ल दुईओटा ढुङगा भेटें । र जिपको पछाडिका दुई पांख्रामा लगेर ओट राखेँ । 
यतिकैमा चालकले भने – ‘‘लौ भयो, अब आउनुहोस्’’ । जिप स्टार्ट भयो तर मेरो मन भने मानेन । 
हामीले घा“सामा आएर जिप चढेका थियौँ मुस्ताङका लागी । घा“साबाट करिब १२ किलोमिटर हिँडेपछि नै जिप बिग्रियो । जिपको पांग्रालाई नियन्त्रण गर्ने नटबोल्ट ढुङगामा ठोकिएर भाँचिएछ । सा“झको ६ बज्दै थियो । त्यत्तिकैमा हामीस“गै छुटेको बस पनि आइपुग्यो । अनि जिप र बसका चालक दल मिलेर नटबोल्ट बनाए । करिब एक घन्टा समय खर्चिएपछि मोटरको मर्मत भयो । अनि हामी सोही जिपमा चढेर हिँड्यौ । एकपटक बिग्रिसकेकाले मनमा चिसो पसेको थियो । त्यतिबेला नै सन्जिपले भनेका थिए ‘‘यस्तो उकालोमा गाडीको इन्जिनको भर नै हु“दैन । कुनै पनि बेला ब्रेकफेल हुन सक्छ । त्यतिबेला ढोका खोलेर हामफाल्नुपर्छ । ज्यान जोगाउनुको अरु विकल्प नै हुदैन ।’’
अन्ततः लामो समयको योजनापछि २०७१ साल असोजमा मुक्तिनाथ दर्शनका लागि मुस्ताङ जाने हाम्रो निधो भएको थियो । घटस्थापनाको पर्सिपल्ट तृतियाको दिनदेखि काठमाडौंबाट हाम्रो यात्रा सुुरु भयो । यात्राको सुरुमा हामी दुई (सुदीप र म )बाट भएको थियो । तर, पोखरा पुगेपछि सन्जिप (दाजु)  र सुजन (भतिज) थपिए । पोखरा घरमा एकरात बसेपछि भोलिपल्ट हामी बिहानै ६ बजे सृजनाचोक पुग्यौँ । बिहान ६.३० को माइक्रोबस चढ्यौँ बेनीसम्मका लागि । बाटोमा सिमसिम पानी पर्दै थियो । बाटोमा पहिरो गएको खबर पनि सुनेका थियौँ । तर, लामो समयपछि बनेको योजना हामीले रद्द गर्न चाहेनौ । बिहान ९.३० मा बेनी बसपार्क पुग्यौँ  । बेनी पुग्दा भने घाम लागिसकेको थियो । बेनीबाट ११ बजेको बस चढेर घाँसातर्फ लाग्याँै । 
बसको सबै सिट भरिएका थिए । टिकट लिनेले सिट पाए । नजिककै पुग्नेहरू भने टिकट नलिकैन यात्रा गर्दै थिए । अधिकांशको हातमा समानका ठूलाठूला झोला थिए । दसंैको बेला बेनी बजारमा किनमेल गर्न आउनेको भिडले बस खचाखच भयो । छतमा उत्तिकै थिए । बेनीको गलेश्वर मन्दिर हु“दै बस अगाडि बढ््यो । कच्ची सडक  । बायाँपट्टि ठूलो पहाड । दाया“पट्टि अर्को अजंगको पहाड । अनि बीचमा कालीगण्डकी । गण्डकीको तिरतिरै हँुदै गुड्यौँ हामी । माटैमाटो भएको सडक केही दिनदेखि परेको पानीले हिलाम्मे भएको थियो । बाटोको हिलोमा बस आधा जति डुब्थ्यो । बीचमा भएको खाल्डोमा पांग्रा पर्दा बस कहिले दायाँ, कहिले बायाँ लच्किन्थो । दायाँ लच्किदा आँगै सिरिंग हुन्थ्यो । कालीगण्डकीमा खस्यो खस्यो जस्तो लाग्थो । तैपनि आँखा चिम्लदै तीन घन्टाको यात्रा तय गरी दाँबा पुगियो । 
उसो त बेनीदेखि सिधै जोमसोमसम्म एउटै बस पुग्ने रहेछ । तर, बीचबीचमा ठूलो पैरो गएकाले धेरै बस फेर्नु प¥यो । बसले दाबाँमा रोकिदियो । खोलाले गाडी गुड्ने सडक नै बिगारी दिएपछि बसले खोलावारि नै छाडी दियो । सहचालकले भने – ‘‘बस यहाँसम्म मात्रै हो, अब खोला पारी गएर अर्को बस चढ्नुपर्छ ।’’ हिउँदमा बस सोही खोला भएर नै जाने रहेछ । तर, वर्षामा आएको पानीको भेलले बाटो नै बिगारिदिएको रहेछ । हामीले जुत्ता, मोजा फुकाल्यौँ  । अनि एक अर्काको हात समाउँदै खोला तर्‍यौँ  । खोला पार अर्को बसले यात्रुलाई नै पर्खेको रहेछ । बस भरिनेबित्तिकै गुडी हाल्यो । बस गुड्नेबित्तिकै चालकले भने –‘‘एक जनाको भाडा रू ५० हो । अहिले नै सबैजनाले दिई हाल्नु है । झर्ने बेलामा हतार हुन्छ ।’’ 
मुस्किलले दुई किलोमिटरको दूरी पार गरेपछि  रूप्से झरनामा पुगेर बस रोकियो । झरनामा पानी बढेकाले बस गुड्ने बाटो बन्द भएको रहेछ । त्यसैले हामी पुनः अर्को बस चढ्नु पर्ने भयो । फेरि रू.५० तिरेर एक किलोमिटर जतिको यात्रा गर्‍यौँ । त्यसपछि भने बस चढी रहनुपर्ने झन्झट सकियो । विभिन्न चार स्थानमा ठूलो ठूलो पहिरो गएको रहेछ । त्यसैले करिब ५ किलोमिटर जति हिडेरै यात्रा गर्नुपर्ने भयो । करिब तीन घन्टा जति हिँडेपछि हामी घाँसा पुग्यौँ । 
मुस्ताङको प्राकृतिक सौन्दर्यले मलाई आकर्षित गरेको थियो तर, जाने कारण त्योमात्र थिएन । मुख्य कारण त धार्मिक आस्था नै हो । मेरो आमाबुबाले मुक्तिनाथको दर्शन गरेपछि हामी दाजुबहिनी जन्मिएका रे ! लगातार चार वटी छोरी जन्मिएपछि गाउँलेको मुख टाल्न मेरी आमाले छोरा पाउनै पर्ने भयो । त्यसैले आमाबुवा छोरा पाउने आर्शीवाद माग्न मुक्तिनाथको दर्शन गर्न जानु भएछ । तर, एउटा समान खरिद गर्दा अर्को सित्तैमा भनेजस्तै मेरी आमाले एउटा छोरा माग्दा भगवानले मलाई पनि सित्तैमा दिएका रे ! छोरा पाएपछि बुबाले छोरालाई लिएर मुक्तिनाथ दर्शन गर्न आउँछु भन्ने भाकल गर्नु भएको थियो रे । त्यसैले जहिलेदेखि हामी कुरा बुझ्ने भयौँ  त्यति बेलादेखि बुबाले यही कुरा दोहोर्‍याउनु हुन्थ्यो – तिमीहरूलाई मुक्तिनाथ भगवानको अगाडि लैजानु छ । तिमीहरू मुक्तिनाथका प्रसाद हौ । एकपटक मुक्तिनाथ पुग्नैपर्छ भन्नुहुन्थ्यो । तर, उहाँ जीवित नै रहदाँ यो इच्छा पूरा हुन सकेन । तै पनि बुबाआमाको भाकल पूरा गर्न र बुबाको श्राद्ध गर्न भनी हामी मुक्तिनाथ जाँदै थियौँ । 
‘‘ल ल भयो, बस्नु बस्नु’ चालकले भने । सुदीप जिपमा बस्नुभयो । म पनि बिस्तारै बसेँ र ढोका लगाउँदै थिएँ । चालकले गियर चेन्ज गर्‍यो । तर, फेरी स्टार्ट बन्द भयो । गाडी बिस्तारै तल झर्न थाल्यो । अब चाहिँ पक्कै केही गर्नैपर्छ । सन्जिपले बाटोमा भनेको याद आयो । उकालोमा भर नै हुँदैन । म तुरून्तै जिपको दायाँ साइडको ढोका खोलेर ओर्लिए । अनि सुदिपको हात पनि ताने । तर, दायाँ साइडमा अजंगको पहाड थियो । त्यसैले ढोका त खोले तर, म ढोका र पहाडको बीचमा चेपिएँ । जिप तल झर्दै जाँदा ढोकाले पनि मलाई घिसार्न थाल्यो । त्यत्तिकैमा सुदिपले जिपको ढोका बेस्मारी पछाडी धकेल्नु भयो । ढोका भाँचियो । र म बाहिर निस्किएँ । सुदिप पनि ढोकाबाट हामफाल्नु भयो । जिपको पछाडि सात जना यात्रु थिए । जिप बिस्तारै पछाडि सर्न थाल्यो । हामी गुहार माग्न थाल्यौँ । 
सन्जिप बाहिर निस्क – म कराए ।  जिप अनियन्त्रित भयो । ढल्ने पक्का भयो । जिपभित्र सुजन पनि थियो । मेरो दिमाग शून्य भयो । मलाई सन्जिप र सुजनलाई पनि बाहिर निकाल्नु थियो  । त्यसैले म जिपको बायाँ साइडमा बसेर धान्न थाले । त्यतिबेला मैले जिप धानेर धानिदैन भन्ने ख्याल नै आएन ।  तल सिधै कालीगण्डकी । म सन्जिप सन्जिप भन्दै थिए । सन्जिप झयालको छेउमा नै थिए । त्यसैले मलाई लाग्यो म जिपलाई धान्छु अनि सन्जिप ढोकाबाट निस्कन सक्छन् । सन्जिपभित्रबाट कराउन थाले – सानी, तिमी भाग, तिमी छोड, छोड........। कठै १५ दिन हिडेर मुक्तिनाथको दर्शन गरेर मेरी आमाले पाएको छोरा । ......त्यो अवस्था म कसरी हेर्न सक्थे र ? त्यतिबेलासम्म हामी पछाडिको बस पनि हामी भए नजिकै आइपुग्यो । बसको हेडलाइटले उज्यालो दियो । तर, कसैले केही गर्न सक्ने आँट भने देखाएनन् । सबै बसबाट ओर्लिएर हेरी रहे । म सबैसँग बिलौना गर्दै थिएँ । आखिर गर्न पनि के नै सक्थे र ? सब मूकदर्शक बनी रहे । तैपनि, म जिपलाई समात्दै थिए यत्तिकैमा मलाई पछाडिबाट कसैले तान्यो । अनि उता ठूलो आवाज आयो । ड्याम्प......डडडडड......। जिप पल्टियो । मेरो हात खुट्टा गले, अनि म भुईमा पछारिएँ । दिमाग शून्य भयो । मानिसहरू कराउन थाले । तर, आवाज टाढा कतैबाट आएजस्तो मधुरो लाग्यो । 
‘मुना मुना, कसैले आवाज दियो । आँखा हेर, उठ ! पानी झम्कियो कसैले । सुदीप कराउनु भयो : मुना, ऊ हेर सन्जिपलाई केही भएको छैन ।’ विश्वास लागेन । आँखा उघारें । नभन्दै सन्जिप टाउको समाउँदै आए । सुजन पनि खुट्टा समाउँदै आइपुग्यो । त्यसपछि म आफू बाँचेजस्तो लाग्यो । हामीले एक अर्कोलाई अँगालो हाल्यौँ । अनि रोयौँ । 
भगवानको दयाले भनौ वा चालकको होसियारीले जिप सडकमा नै बजारिएछ । चालकले जिपलाई पूरै मोडेर भित्तातिर ठोकाएछन् र जिप सडकमै पल्टाएछन् ।
अन्य याुत्रलाई बसका यात्रुले उद्धार गरे । समान पनि निकाली दिए । त्यसपछि सबैलाई बसमा चढाएर जोमसोमको अञ्चल अस्पताल पुर्‍याइदिए ।  हामीलाई भने सामान्य चोटपटक लागेकाले हामी होटलतिर नै लाग्यो । भोलिपल्ट थाहा भयो, पछाडिको सिटमा बसेका तीन महिलालाई गम्भीर चोट लागेको रहेछ । 
होटलमा खाना त खा तर रातभर निन्द्रा लागेन । भोलिपल्ट मुक्तिनाथ दर्शन गरेर सोही दिन घाँसा बास बस्न पुग्यौँं । अघिल्लो दिनको घटनाले प्रत्येक पल झस्काई रह्यो । दुर्घटनापछि ती चालकको माया लागेर आयो । भर्खरै २२/२३ वर्ष पुगेको हुनुपर्छ । जुँगाको रेखी भर्खरै बसेजस्ता थिए । तर, तिनले ठूलो बुद्धि र बहादुरीको काम गरे । उनी जिपलाई छोडेर हामफाल्न पनि सक्थे । त्यसो गरेको भए जिप सिधै काली गण्डकीमा खस्ने थियो । अरू जे सुकै भए पनि उनको ज्यान पक्कै बाँच्ने थियो । तर, उनले त्यसो गरेनन् । स्टेरिङलाई जति सक्दो घुमाए । अनि जिपलाई पहाडमा ठोकाएर हामीलाई पनि बचाए । 
भोलिपल्ट घाँसामा बास बस्दा अन्य चालकदलबीच हाम्रै दुर्घटनाको चर्चा हुँदैथियो । म होटलको अगाडिको पिँढीमा बसेको थिएँ । उत्ता चार जना मानिस कुरा गर्दै थिए : हिजो जिप ठूलो दुर्घटनाबाट बाँच्यो । केटी पनि धन्न बाँची । केटी आँटिली नै रहिछ । ढुगां खोजेर ओट राँख्दै थिई । उनीहरूको कुराले मलाई भने असहज लाग्यो । किनभने दुर्घटनाले मानसिकरूपमा म विक्षिप्तजस्तै बनेकी थिएँ । 
फर्किँदा हामी सबै चुपचाप थियौं । कोही कसैसँग बोलेनौ । डर सबैलाई लागेको थियो तर, कसैले व्यक्त गरेनन् । बेनी आइपुगेपछि मात्रै अब त बाँचियोजस्तो लाग्यो । 
समय र मौसमले साथ दिए मनांग पनि पुग्ने हाम्रो योजना थियो । तर, हामी मुक्तिनाथबाटै फर्कियौँ । जे सोचेर मुक्तिनाथ गएका थियौँ त्यो पूरा भएन । औचापरिक दर्शन गरेरमात्रै फर्कियौँ ।
 
 
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २, २०७३  १२:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC