site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
थ्रीस्टारले जित्यो बोर्डोलोई ट्रफीको उपाधि
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
काठमाडौँ । रुस्लान थ्रीस्टार क्लबले भारतको गुवाहाटीमा भएको ६४ औ संस्करणको बोर्डोलोई ट्रफीको उपाधि जितेको छ । शुक्रबार राति भारतको ईस्ट बंगाल फुटबल क्लबलाई अतिरिक्त समयमा २–१ गोल अन्तरले पराजित गर्दै थ्री स्टारले उपाधि जितेको हो ।
गुवाहाटीको नेहरू स्टेडियममा एक गोलले पछि परेको स्थिती उल्ट्याउदै थ्रीस्टारले उपाधि जितेको हो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि थपिएको अतिरिक्त समयको आठौ मिनेटमा विमल घर्तिमगरले गोल गर्दै थ्रीस्टारलाई जित दिलाएका हुन् । मध्य भागबाट बल अघि बढाउदै विमलले गरेको कडा प्रहार गोलमा परिणत भयो ।
हारको नजिक पुगेको थ्रीस्टारका लागि निर्धा्रित समयको अन्तिम मिनेटमा देबेन्द्र तामाङले गोल गर्दै टोलीलाई खेलमा फर्काएका थिए । रेजिन धिमालको फ्रि-किकमा देबेन्द्रको सटिक प्रहार गोलमा परिणत भयो । त्यसअघि खेल सकिन ७ मिनेट बाकी छदा ईस्ट बंगालले युरोपेली खेलाडी एडिलेजाले हेड मार्फत खेलमा अग्रता लिएको थियो ।
जितपछि टिमका प्रशिक्षक मेघराज केसीले भारतको भुमीमा आएर अन्तराष्ट्रिय प्रतियोगिता जित्न पाएकोमा खुसी ब्यक्त गरे । “दक्षिण एसियाकै पुरानो तथा शसक्त टिमलाई हराउदै उपधि जित्यौ, नेपाली क्लब फुटबलमा कसैले सोच्नै नसक्ने कुरा प्रमाणित गरेर ईतिहास रचेका छौ,”  उनले भने । सन २०१० को प्रतियोगितामा उपविजेतामा सिमित बनेको थ्रीस्टारले केसीकै प्रशिक्षणमा यसपटक उपाधि उचालेको हो ।
घरेलु दर्शकको साथ पाएको थ्रीस्टारले उत्कृष्ट प्रर्दशन गर्यो । बल पोजिसन आफ्नो पक्षमा राख्दै थ्रीस्टारले पहिलो हाफमा राम्रा आक्रमण बुन्यो । सुनिल वलले पाचौ मिनेटमा गरेको प्रहार पोष्ट नजिकैबाट बाहिरिएको थियो । १२ औ मिनेटमा विजय गूरुङको उत्कृष्ट फ्रिकिकमा मार्टिन गोल गर्न चुके । ४३ औ मिनेटमा इस्ट बंगालका एडिलिजाको सटिक हेड थ्रीस्टारका एलन न्युपानेले उत्कृष्ट ढङगले बचाए । खेलको अन्तिम ९ मिनेट दुवै टोली १० खेलाडीमा सिमित बनेका थिए । विवादका कारण थ्रीस्टारका विजय गुरुङ र इस्ट बंगालका सामद अली रातो कार्ड खादै मैदान बाहिरिएका थिए ।  दोस्रो हाफमा पनि एकपछि अर्को आक्रमण बुनेको थ्रीस्टार गोल गर्न असफल रह्यो । २७ औ मिनेटमा रजिन धिमालको क्रसमा मार्टिनको प्रहार ईस्ट बंगालका डिफेन्डरले गोल लाईनबाट क्लियर गरेका थिए ।
ट्रफीसंगै थ्रीस्टारले १६ लाख रुपैया प्राप्त गर्यो । उपविजेता ईस्ट बंगालले ८ लाख रुपैयामा चित्त बुझायो । विजयी गोल गरेका थ्रीस्टारका विमल घर्तिमगर प्लेयर अफ दी फाईनल घोषित भए । डिफेन्डर विजय धिमाल प्रतियोगिताकै उत्कृष्ट खेलाडी चुनिए । थ्रीस्टारकै फरवार्ड मार्टिन ४  गोल गर्दै सर्वा्धिक गोलकर्ता घोषित भए ।
थ्रीस्टार समुह एको विजेता हुदै फाईनल यात्र तय गरेको थियो भने ईस्ट बंगाल पनि समुह बीको विजेताको रुपमा उपाधि भिडन्त पक्का गरेको थियो ।
NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज १५, २०७३  ०८:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC