काठमाडौं । दी गार्जियनले शनिवार जनाएअनुसार वाल स्ट्रिट जर्नलको सम्पादकीय समूहले पनि अमेरिकी राष्ट्रपति निर्वाचनमा डेमोक्रेटिक उमेदवार हिलारी क्लिन्टनलाई समर्थन गरेको छ । यसअघि दी न्यु योर्क टाइम्सको सम्पादकीय समूहले क्लिन्टनका पक्षमा मत व्यक्त गरेको थियोवाल स्ट्रिट जर्नलका अनुसार "निर्वाचनले (क्लिन्टनको जित) मात्र अत्यन्त अस्थिर, अहङ्कारी, असूचित र मानसिकरूपमा अयोग्य व्यक्ति (ट्रम्प)लाई राष्ट्रपतिका रूपमा ह्वाइट हाउस प्रवेश गर्नबाट रोक्न सक्छ ।"
यसैबीच शुक्रवार हिलारी क्लिन्टनका लागि उत्साहवर्धक रहेको पनि दी गार्जियनले जनाएको छ । विभिन्न राज्यमा भएका मत संकलनमा हिलारी अगाडि छिन् । हिलारीलाई नेवादामा ६, फ्लोरिडामा ४ मिसिगनमा र न्यु ह्याम्पसायरमा ७ प्रतिशत बढी मतदाताको समर्थन प्राप्त भएको छ । यी सबै राज्यमा उनका समर्थकको संख्या अगिल्लो मत संकलनमा भन्दा बढेको हो ।