site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
महाबिर सी डिभिजनमा घटुवा
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौँ । काठमाडौँको महाबिर क्लब सी डिभिजनमा  घटुवा भएको छ । बि डिभिजन लिग अन्तर्गत शुक्रबार खुमलटार युथ क्लबसंग पराजित भएपछि महाबिर सी डिभिजनमा घटुवा भएको हो ।
एन्फा कम्प्लेक्स सातदोवाटोमा भएको खेलमा महाविर खुमलटारसंग ४–२ गोल अन्तरले पराजित भएको थियो । यो हारसंगै लिगमा मात्र ४ अंक जोडेको महाबिर एक खेलअघि नै सी डिभिजनमा झरेको हो । महाबिरले १२ खेल सकिदा १ खेलमा जित र एक खेल बराबरी खेल्दा ११ खेलमा पराजित भएको छ ।
खुमलटारको जितमा सुरज राउतले २ तथा निरेश दुलाल र सविन चौधरीले एक एक गोल गरे । महाबीरका लागि विकाश गुरुङ र  उमेश थापाले एक एक गोल फर्काए । जितसंगै खुमलटारले १५ अंक जोडेर लिगको सातौ स्थानमा उक्लेको छ । यस्तै शुक्रबार नै भएको अर्को खेलमा मध्यपुर युथ एसोसियसनले नयाँ बस्ती युवा क्लबलाई पराजित गरेको छ । मध्यपुरले नयाँबस्तीलाई २ – १ ले पराजित गरेको छ । मध्यपुरको जितमा निशान बस्नेत र विसन गुरुङले एक एक गोल गरे । नयाँ बस्तीका लागि मोहन गुरुङले एक गोल गरे । जितसंगै मध्यपुरले १३ अंक जोडेर ११ औ स्थानमा रहेको छ । पराजित नयाँबस्ती १३ अंक जोडेर १० औ स्थानमा रहेको छ ।
 
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज १४, २०७३  १८:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC