site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । थारु समुदायमा पाइने वशांणुगत रोग सिकलसेल एनिमिया र थाल्सिमिया रोगको पहिचान अब नेपालमै सुरु भएको  छ । 
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पहिलो पटक रोगको रगत परीक्षण गर्न सुरु गरेको हो । प्रयोगशाले रगत परीक्षणका लागि मेसिन खरिद गरेर रगत जाँच सुरु गरिसकेको छ । 
प्रयोगशालाले सेती अञ्चल अस्पतालमा रगत परीक्षणका मेसिन पठाइसकेको प्रयोगशालाका निर्देशक डा. गीता शाक्यले जानकारी दिइन् । उनका अनुसार भेरी अञ्चल अस्पतालमा एक महिनापछि सुरु हुनेछ भने लुम्बिनी अञ्चल अस्पतालमा आगामी वर्षबाट सुरु हुनेछ । 
सरकारले वजेट भाषणमा ५ वटा जिल्लाका २० हजार जनाको स्क्रिनिङ गरेर डीएनए परीक्षणको कार्ड उपलब्ध गराउने घोषणा गरेको थियो । त्यही अनुरुप रगतको परीक्षण गरेर रोगको पहिचान गर्ने शाक्यको भनाइ छ । 
प्रयोगशालाले ३ वटा मेसिन खरिदमा ४० लाख खच गरेको छ । सरकारले सिकलसेल एनिमिया र थाल्सिमिया रोग पहिचानका लागि २ करोड रकम छुट्याएको छ । 
सिकलसेल एनिमिया आमाबुबाबाट छोराछोरी सर्ने गर्दछ । सिकलसेल एनिमिया भएका व्यक्तिबीचको विवाह हुन नदिने र सन्तान जन्माउन नदिनुनै यस रोगबाट बच्ने उपाय हो । 
जोर्नी सुन्निने, हेमोग्लोबिनको कमी, रक्तअल्पता हुनु पेट बारम्बार दुखिरहनु, जन्डिस, पटकपटक रगत चढाउनुपर्ने अवस्था आउनु, छाती, कमर दुख्नु र बुढापाकामा पक्षघात हुनु, स्नायु रोग सम्बन्धी लक्षण देखा पर्नु सिकलसेल एनिमियाको लक्षण हुन् ।  
 
 
 
 
 
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज १४, २०७३  १८:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC