site stats
बाह्रखरी :: Baahrakhari
पुनर्निर्माण
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
काठमाडौं । भूकम्पपीडितले घर निर्माणका लागि प्राप्त अनुदान रकम दसैं मान्न खर्च गरे कारवाही हुने भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले घर बनाउन दिएको अनुदान रकम अन्य क्षेत्रमा प्रयोग हुन थालेको गुनासो आएको र दसैं आउन लागेका बेला बैंकबाट रकम झिक्न भीड लागेको भन्दै  अन्य क्षेत्रमा खर्च गर्ने घरधनीमाथि कानुनी कारवाही हुने स्पष्ट पारेको छ । 
अनुदान रकम घर बनाउन प्रयोग नगर्नेलाई दोस्रो र तेस्रो किस्ताको अनुदान रकम समेत उपलब्ध नगराउने प्राधिकरणले बताएको छ । अनुदान रकम घर पुनःर्निर्माणमा बाहेक अन्य प्रयोजनमा खर्च नगर्न अनुदान सम्झौताका बेला गरिएको १५ बुँदे सम्झौताको परिपालन गर्न/गराउन समेत प्राधिकरण स्थानीय निकायलाई भनेको छ । 
अनुदान लिन विभिन्न जिल्लाका बैंकमा भूकम्पपीडितको भीड लाग्ने गरेको भन्दै आवश्यकता अनुसार घर बनाउने समयमा निर्माण सामग्रीहरु खरिदका लागि मात्र निकाल्न राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले अनुरोध गरेको छ । अनुदान रकम मौज्दात रहेको अवधिको बैंक तथा वित्तीय संस्थाहरुले व्याज उपलब्ध गराउने व्यवस्था भएको जानकारी दिदै प्राधिकरणले हतारमा अनुदान रकम ननिकाल्न र घर पुनःर्निर्माणको तयारी गरेर घर निर्माण गर्ने समयमा मात्र रकम निकाल्न भनेको छ । 
भूकम्पबाट क्षति भएका घर पुनःर्निर्माणका लागि हालसम्म ४ लाख ६ हजार ३९९ घरधनीको बैंक खातामा पहिलो किस्ताको ५० हजार रुपैयाँ जम्मा भइसकेको छ । 
हालसम्म २३ अर्ब २० करोड रुपैयाँ अनुदान घर बनाउन अनुदान पाएका छन् । भूकम्पपीडितले घर बनाउन पहिलो किस्ता ५० हजार, दोस्रो किस्ता १ लाख ५० हजार र तेस्रो किस्ता १ लाख रुपैयाँ गरी कुल ३० लाख रुपैयाँ अनुदान दिने सरकारले निर्णय गरेको छ । 
 
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज १४, २०७३  १७:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC