site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
दसैंका खसीबोका र च्याङ्ग्राको स्वास्थ परीक्षणका लागि टोली खटिए
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
काठमाडौं । सरकार तथा निजी क्षेत्रले दसैका लागि ल्याएका खसीबोका र च्याङ्ग्राको स्वास्थ्य परीक्षण गर्न राजधानीमा ८ टोली खटिएका छन् । 
सरकारले खसीबोका र च्याङ्ग्राको स्वास्थ्य परीक्षण गर्न कलंकीमा डा. रुमिना महर्जन, बिजुली बजारमा डा. नारायणप्रसाद घिमिरे र टुकुचामा डा. रामकुमार मण्डलको नेतृत्वमा टोली खटाउने व्यवस्था गरेको छ । यसैगरी साँगामा डा. मुकुल उपाध्याय, चोभारमा डा. रामकिशोर साह, नागढुंगामा डा. परशुराम भुषाल र बालाजुमा डा. बोधनाथ अधिकारीको नेतृत्वमा टोली परिचालन गर्ने निर्णय भएको छ । प्रत्येक टोलीमा टोली प्रमुख बाहेक थप दुई जना सहायक प्राविधिक कर्मचारी, एकजना नगरपालिका कार्यालयका कर्मचारी र एक सुरक्षाकर्मी गरी पाँचजना रहने व्यवस्था गरिएको छ ।
पशु सेवा विभाग, पशु पंछी बजार प्रवद्र्धन निर्देशनालय, भेटेरिनरी जनस्वास्थ्य कार्यालय, केन्द्रीय पशु क्वारेन्टाइन कार्यालय र केन्द्रीय पशु चिकित्सालयको संयुक्त आयोजनामा स्वस्थ्य र अस्वस्थ्य पशुको पहिचान गरिने भएको छ ।  मानव स्वास्थ्यलाई दृष्टिगत गर्दै सरकारले स्वस्थ खसीबोकाको सिङमा हरियो र अस्वस्थलाई रातो चिन्ह लगाउने अभियान घटस्थापना (शनिबार) देखि सुरु गर्दैछ । 
शनिबारदेखि खसीबोकाको स्वास्थ्य परीक्षण गर्ने निर्णय गरेको हो । बैठकले कलंकी, टुकुचा र बिजुली बजारमा एकरएक गरी तीन टोली र उपत्यकाका चारवटा नाका भक्तपुरको साँगा, काठमाडौंको चोभार, नागढुंगा र बालाजुमा पशु क्वारेन्टाइनको टोली परिचालन गर्ने निर्णय गरेको हो ।
सरकारले स्वस्थ खसीबोका र च्याङ्ग्राको सिङमा ‘हरियो’ रंङ लगाएका हुन्छ । हरियो रङ लगाएका खसीबोका खान योग्य हुने बताएको छन् । भेटेरिनरी जनस्वास्थ्य कार्यालयका प्रमुख डा. बोधनाथ अधिकारीका अनुसार चार्डवाडको समयमा पशुपंछीको स्वास्थ्यलाई मध्यनजर गरी टोली परिचालन गर्न निर्देशन दिएको थियो । सोही निर्देशनअनुसार मंगलबार टोली र कार्यक्षेत्र निर्धारण गरी खटाउने निर्णय गरिएको हो ।
टोलीले घटस्थापनादेखि नवमीसम्म उपत्यका भित्रिने नाका र बजारमा खसीबोका, राँगा, बंगुर, भेडाच्याङा, कुखुरा र हाँसको स्वास्थ्य परीक्षण गरेर मात्रै बिक्री गर्न अनुमति दिनेछन् । दसैंको समयमा अत्यधिक परिमाणमा भारतसहित स्वदेशकै विभिन्न स्थानबाट पशुपन्छी उपत्यका भित्रिने भएकाले निरोगितासम्बन्धी प्रमाणपत्र र ढुवानी मापदण्ड प्रमाणपत्रका आधारमा मात्र बजारमा लान अनुमति दिने व्यवस्था गरिएको डा. अधिकारीले जानकारी दिए ।
पशु चिकित्सकले खसीबोकाको बाहिरी रूपमा देखिने रोगका लक्षण, मुटुको ढुकढुकी र शंका लागेमा रगतको नमुना परीक्षण गरी स्वस्थ ठहरिएकाको सिङमा हरियो र अस्वस्थ्य खसीबोकाको सिङमा रातो चिन्ह लगाउने व्यवस्था गरिएको छ ।
बिक्रीस्थलमा हरियो र रातो चिन्न हेरेर खसीबोका खरिद गर्ने व्यवस्था पनि सोही दिनदेखि सुरू हुनेछ । पशु चिकित्सकले खसीबोकाको बाहिरी क्षेत्र नाक र मुखबाट सिगान ¥याल बगेको, मलद्वारबाट पातलो दिसा भएर शरीरको पछाडिको भागमा यत्रतत्र टाँसिएको, चोटपटक लागेर वा संक्रमण रोगबाट कानमा घाउ भएको वा रगत बगेको, शरीरको तापक्रमलगायतको लक्षण पहिचान गर्नेछन् ।
यसैगरी गिँजा र खुट्टाको खुरमा घाउ, झोक्राउने, सुस्त, दुब्लो, आँखामा चिप्रा र रातो आँखा, छिनछिनमै दिसा गर्ने, खुट्टाको सहयोगले भुइँ कोट्टयाउने, घरीघरी आकाशतर्फ फर्केर घुम्दै कराउने र लड्नेजस्ता लक्षणका आधारमा स्वस्थ्य र अस्वस्थको पहिचान गर्नेछन् । परीक्षणका क्रममा यस्ता कुनै लक्षण नभेटिने खसीबोकालाई स्वस्थ्य ठहर गरेर सिङमा नखुइलिने विशेष खालको हरियो रंग लगाएर व्यापारीलाई बिक्री गर्न अनुमति दिइनेछ ।
तस्बिर : रासस 
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज १४, २०७३  १६:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC