site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
भारत भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले राष्ट्रघात गरेको बाबुरामको भट्टराईको आरोप
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको क्रममा दुई देशबीच भएको २५ बुँदे  संयूक्त विज्ञप्ति खारेज गर्न माग गर्दै नयाँ शक्ति नेपालले शुक्रबार दिउँसो राजधानीमा १ घण्टा धर्ना दिएको छ । राजधानीस्थित भद्रकालीमा धर्ना बस्दै सो पार्टीका संयोजक बाबुराम भट्टराईले २५ बुँदे संयूक्त विज्ञप्तिले नेपालाई भुटानिकरणतर्फ लगेको बताएका छन् । 
विज्ञप्तिको ११ औं नम्बरको बुँदाले अन्य देशसँग सम्बन्ध राख्दा नेपाल र भारतबिच एकरुपता हुनु पर्ने व्यवस्था भएको उल्लेख गरेको भन्दै भट्टराईले सो सहमतिले नेपालको राष्ट्रिय स्वाधिनतामा आँच पु¥याएको बताएका छन् । उनले भने, “२५ बुँदे संयूक्त विज्ञप्तिले नेपालको राष्ट्रिय स्वाधिनतामा आँच मात्र पुर्याएको छैन । नेपाललाई भारतीय सुरक्षा क्षेत्रभित्र राख्दै नेपाललाई भुटानिकरण गर्ने दिशा तर्फ अगाडि बढाएको छ ।” भट्टराईले सो विज्ञप्तिको ७,१०,११,१२,१३ र १४ बुँदा खारेज गर्न माग गरेका हुन् ।
नयाँ शक्ति नेपालले सरकारले पुरानै इलाकाहरुलाई गाउँपालिका र नगरपालिका बनाउने गरी ऐन संशोधन गर्ने निर्णयको खारेजी गर्न माग गरेको छ । धर्ना समापन पछि पञ्चायतकालीन इलाकाहरुलाई व्युँताउने निर्णय गर्नु संघियताको मर्म विपरित भएको आरोप लगाएका हुन् । 
यातायात क्षेत्रमा भएको सिण्डिकेटको खारेजीको माग गर्दै नयाँ शक्ति नेपालले भूकम्प पिडितलाई ५ लाख राहत र सहुलियत रुपमा ५ लाख ऋण उपलब्ध गराउन माग गरेको छ  । नयाँ शक्ति नेपालले प्रत्यक्ष कार्यकारि प्रमुखले मात्र नेपालको विकास गर्न  सक्ने जनाउँदै सो को लागि चाँडै नै आन्दोलन गर्ने पार्टीका संयोजक भट्टराईले बताएका छन् । 
 
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज १४, २०७३  १६:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC