site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नेपाली बजारमा चिनियाँ ब्रान्डका ३३ प्रतिशत मोबाइल
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
काठमाडौं । कुल मोबाइल बजारमध्ये ३३ प्रतिशत बजार चिनियाँ ब्रान्डले ओगटेको पाइएको छ । नेपाल भित्रिने ३ दर्जन ब्रान्ड मध्ये एक दर्जनभन्दा बढी चिनियाँ ब्रान्डले ओगटेको पाइएको हो । नेपालमा हाल तीन दर्जनभन्दा बढी मोबाइल ब्रान्डले स्मार्टफोन बिक्री गरिरहेका छन् । जसमध्ये एक दर्जन त चिनियाँ ब्रान्ड नै छन् । नेपाली ग्याजेट मार्केटको चित्र पनि करिब विश्व बजारको जस्तै नै हो । 
गत आर्थिक वर्षमा अनुमानित ५० लाख मोबाइल सेट भित्रिएकोमा करिब ४५ लाख सेट मोबाइल चीनबाट मात्र भित्रेका छन् । गत साउन र भदौमा मात्र नेपालमा करिब १२ लाख थान मोबाइल सेट औपचारिक नाकाबाट भित्रिएको भन्सार विभागको तथ्यांक छ, जसमध्ये १० लाख थान चीनबाटै भित्रिएको छ ।
व्यापारीका अनुसार जिओनी, हुवावे, ओप्पो, एआईलगायत एक दर्जन ब्रान्डका नेपालमा स्थापित भइसकेका छन् । त्यसमध्ये निकट भविष्यमै नयाँ ब्रान्ड पनि नेपालमा भित्रिँदै छ । जियोनी पछि साओमी नेपालमा भित्रिन थाल्यो । यसै वर्ष वानप्लस, ओप्पो, जेडटीई र हालै मेजुले नेपाली बजारमा औपचारिक बजार प्रवेश गरिसकेको छ । अर्को ब्रान्ड युएमआई भित्रिने तयारीमा छ भने जोपो, लेटिभीजस्ता ब्रान्ड पनि नेपाली बजार ताकिरहेका छन् । नेपाली बजारमा बिक्री भइरहेको लेनोभो पनि चीनकै उत्पादन मानिन्छ भने ताइवानी कम्पनी एचटिसीका उत्पादन पनि चीन हुँदै नेपाल आउँछन् ।
विश्वव्यापारमा चिनियाँ ब्रान्डले विस्तारै आफ्नो प्रभाव बढाउँदै लगेका छन् । केही समयसम्म स्मार्टफोन निर्माता कम्पनी सामसङले बजारलाई आफ्नो प्रभावमा परे पनि अहिले त्यसको ठाउँ चिनियाँ ब्रान्डले ओकट्दै गएको छ । 
चिनियाँ कम्पनीले सस्तो मूल्यमा उच्च गुणस्तरीय मोबाइल उत्पादन गरेर पठाउन थालेपछि त्यसको असर सामसङमाथि परेको व्यापारीहरु बताउँछन् । 
कोरिया, भियतनाम, बेलायत, हङकङ, भारतलगायत मुलुकबाट व्यावसायिक कारोबारका लागि औपचारिक रूपमै नेपालमा माोबाइल आयात हुने गरेको देखिन्छ । औपचारिक र अनौपचारिक रूपमा ४३ देशबाट नेपालमा मोबाइल भित्रिएको सरकारी तथ्यांकले नै बताउँछ ।
आव ०६८र६९ मा १९ लाख ३६ हजार सेट फोन भित्रिएको तथ्यांक र हालको तथ्यांक हेर्दा नेपालमा मोबाइल बजार फैलँदो क्रममा देखिन्छ । फैलँदो बजारको मुख्य हिस्सामा चिनिया ब्रान्डको हिस्सा अधिक छ । 
नेपालमा मोबाइल सेट बिक्रीसम्बन्धी तथ्यांकको अभावले यसै भन्न सकिने अवस्था छैन । तर, बिक्रीको हिसाबले एक नम्बरमा सामसङ नै देखिन्छ । स्थापितकै भनाइलाई आधार मान्ने हो भने पनि सामसङ नम्बर एक भइरहँदा बिक्री हुने प्रमुख १० स्मार्टफोनमध्ये बाँकी चिनियाँ नै छन् । 
स्मार्टफोन बिक्रीमा नेपालमा सबैभन्दा पहिले प्रवेश गरेका ब्रान्ड हो हुवावे । हुवावेले बजार हिस्सा बढाउँदै गर्दा विश्वकै स्लिम फोन भन्दै दुई वर्ष अघि जियोनीले नेपाल प्रवेश गरेको थियो । 
अहिले नेपालमा आइनसकेको अन्य चिनियाँ ब्रान्ड जुक, अल्काटेल, जी फाइभ, एमोइ, जुक, कुलप्याड, हायर, इलफोन, ब्लुबो, हिसिनी र कोन्कालगायत ब्रान्ड पनि कुनै पनि बेला औपचारिक रूपमा भित्रन सक्छन् । 
 
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज १४, २०७३  १५:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC